अपराध

तीनकुने घटनामा थप ७ जना पक्राउतीनकुने घटनामा थप ७ जना पक्राउ

तीनकुने घटनामा थप ७ जना पक्राउतीनकुने घटनामा थप ७ जना पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२१, चैत काठमाडौं । काठमाडौँको तीनकुनेमा गत शुक्रबार (चैत १५) भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा थप ७ जना पक्राउ परेका छन्। राज्य विरुद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा १ र उपद्रव कसुरमा ६ जना गरी ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार राज्य विरुद्धको कसूरमा रूपन्देशी देवदह नगरपालिका-९ घर भएका ४७ वर्षीय प्रेमथापा मगर पक्राउ परेका हुन् । अपराधिक उपद्रव कसूरमा झापा गौरादह नगरपालिका-१ घर भएका २१ वर्षीय समीर मगर, रामेछाप सुनापाति गाउँपालिका-१ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ नगरपालिका-३ का २३ वर्षीय सुशील बराल पक्राउ परेका छन् । सोही कसूरमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षीय रमेश राई, अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही र संखुसभा पाँचखपन नगरपालिका९२ घर भई हाल काठमाडौं कागेश...
तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पशुपतिमा दाहसंस्कार

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पशुपतिमा दाहसंस्कार

अपराध, ब्यानर-१, समाचार
१९ चैत,काठमाडौं ।१५ चैतमा तीनकुनेमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ । आज त्रिवि शिक्षण अस्पतालमा उनको शवको पोस्टमार्टम गरेलगत्तै परिवारले पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरेको हो । शवमा  बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिएका छन् । पोस्टमार्टमको क्रममा उनको शरीरिमा गोली लागेको खुलेको छ ।  ...
काठमाडौँको माकलबारीमा युवकको शव गाडिएको अवस्थामा भेटियो, ६ जना पक्राउ

काठमाडौँको माकलबारीमा युवकको शव गाडिएको अवस्थामा भेटियो, ६ जना पक्राउ

अपराध, ब्यानर-२, वातावरण, समाचार
१८, चैत काठमाडौं । हराएको चार दिनपछि गाडिएको अवस्थामा एक युवकको शव भेटिएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन् । उनीहरुले सर्लाहीको चक्रघट्टा(८ घर भइ काठमाडौं गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनी ११ चैतदेखि हराएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी समेत परेको थियो । खोजतलासको क्रममा उनको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा १५ चै...
विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
११, चैत काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उप्रेतीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । गत मंसिर १२ गतेको सर्वोच्चको फैसलाले उनलाई दुई करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिवाना र ६ महिना कैद ठहर गरेको थियो । त्यसयता फरार रहेका उनलाई हिजो (आइतबार) काठमाडौँ महानगरपालिका-१६ स्थित वनस्थलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुधीर राज शाहीले बताए । उप्रेतीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । उनलाई आजै डिल्लीबजार कारागार चलान गरिएको एसपी शाहीले बताएका छन् ।...
चार निर्माण कम्पनी कालोसूचीमा

चार निर्माण कम्पनी कालोसूचीमा

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
११, चैत काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखिएको हो । एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखिएको हो । ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना अर्घाखाँचीले सिफारिस गरेको थियो । यसैगरी रामशरण अधिकारी मुख्य व्यक्ति भएको आर.एस.ए.कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न नुवाकोटको पञ्चकन्या गाउँपालि...
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
७, चैत काठमाडौं । बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हतकडी खोलेर पठाउँदा उनी भाग्न सफल भएका हुन् । उनको खोजी तीव्र पारिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएकी १७ वर्षीय किशोरीसँग उनी लिभिङ टुगेदरमा बस्दै आएका थिए । उनीहरूबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरी अधिकृतहरू बताउँछन् । साउद १७ दिनदेखि प्रहरी हिरासतमा थिए ।...
भारतमा एक नेपालीलाई २० वर्ष जेल सजाय

भारतमा एक नेपालीलाई २० वर्ष जेल सजाय

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, वातावरण, समाचार
७, चैत काठमाडौं । भारतको एक अदालतले कपिलवस्तुको तौलिहवा निवासी एक व्यक्तिलाई २० वर्ष जेल सजाय तोकेको छ । भारतको उत्तर प्रदेश राज्यस्थित बलरामपुरको विशेष सत्र न्यायाधीश (पोक्सो एक्ट) दीप नारायण तिवारीले बलात्कार मामिलामा नेपाली नागरिक सुनिल पाठक उर्फ राज पण्डितलाई २० वर्ष जेल सजाय निर्धारण गरेका हुन् । अदालतले सुनिललाई ११ हजार रुपैयाँ जरिबानाको फैसलासमेत सुनाएको छ । २५ अक्टोबर २०२३ मा उनले एक नाबालिगलाई बलात्कार गरेको बताइएको छ । पीडित किशोरीका पिताले दिएका उजुरीका आधारमा प्रहरीले सुनिलविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको थियो । पीडित पक्षकातर्फबाट अदालतमा सात साक्षी उपस्थित गराइएको थियो । अदालतले सुनिललाई दोषी ठहर गर्दै २० वर्ष जेल र ११ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जरिबानाबापतको रकम तिर्न नसकेको खण्डमा थप एक वर्ष जेल सजाय हुने अदालतको फैस...
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, फागुन स्याङ्जा । जबरजस्ती करणीको आरोपमा नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
सेयर बजारमा उच्च वृद्धि

सेयर बजारमा उच्च वृद्धि

अपराध, ताजा अपडेट, वातावरण, समाचार
१८, फागुन काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक ९२.६७ प्रतिशत बढेर २८९० अंकमा पुगेको छ । बजारको यो अंक भदौ ९ यताकै उच्च हो । कारोबार रकम पनि बढेको छ । गत बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रह्यो । ४ वटा सेक्टर ४ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार १.०६ प्रतिशत बढे । हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दीखोला हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ९.२, बोटलर्...
नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबिच झडप,डीएसपी पौडेल घाइते,१२ जना प्रदर्शनकारी नियन्त्रणमा

नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबिच झडप,डीएसपी पौडेल घाइते,१२ जना प्रदर्शनकारी नियन्त्रणमा

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
१८ फागुन, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।भने १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भएको झडपमा डीएसपी पौडेल घाइते भएको जानकारी दिए । उनका अनुसार डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।  २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएका हुन्। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन्।...