अपराध

नाबालिका करणी आरोपमा एकजना पक्राउ

नाबालिका करणी आरोपमा एकजना पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, फागुन काठमाडों । गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय पर्शुराम पौडेल छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी १४ वर्षीय बालिकालाई करणी गरेको आरोप छ ।...
बनेपाको होटलमा एक किशोरी मृत फेला,हत्याको आशंका

बनेपाको होटलमा एक किशोरी मृत फेला,हत्याको आशंका

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
१६ फागुन,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक किशोरी मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार बिहीबार साँझ ५ः३० बजेको समयमा उक्त होटलमा  मृत अवस्थामा फेला परेकी हुन् । प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा,६ बस्ने बनेपाकै एक मेडिकलमा कार्यरत २३ वर्षीया शर्मिला श्रेष्ठ रहेको पाइएको प्रहरीले बताएको छ। घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।...
साहित्यिक महोत्सवमा कानुन विपरीतका सुर्तीजन्य पदार्थको प्रवर्धन, कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चेतावनी

साहित्यिक महोत्सवमा कानुन विपरीतका सुर्तीजन्य पदार्थको प्रवर्धन, कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चेतावनी

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५,फागुन काठमाडौं । सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्धन गर्न कानुनले बन्देज लगाए पनि प्रत्येक वर्ष हुने नेपाल साहित्य महोत्सवमा भने सुर्तीजन्य कम्पनीले प्रायोजन गर्ने गरेको पाइएको छ । कानुन अनुसार कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा बन्देज छ । फागुन १५ गते सम्पन्न हुने साहित्य महोत्सवमा सुर्तीजन्य कम्पनी सूर्य नेपाल प्रालिले प्रायोजन गरेको छ । सुर्तीजन्य कम्पनीले साहित्यिक कार्यक्रम प्रायोजन गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्सव,मेला तथा जात्राका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानुनविपरीत हुने बताएको छ । मन्त्रालयले यसरी जुनसुकै कार्यक्रममा सुर्तीजन्य कम्पनी संलग्न भए कानुनबमोजिम कारबाही गर्ने प्रस्ट पारेको छ । उक्त साहित्यिक महोत्सवमा नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपाल प्रायोजक भएको समाचार सार्वजनि...
इन्स्पेक्टर सन्तोषी महत मुत्यु प्रकरण : परिवारले दियो अर्का इन्स्पेक्टर विरुद्ध पनि आत्महत्या दुरुत्साहनको जाहेरी

इन्स्पेक्टर सन्तोषी महत मुत्यु प्रकरण : परिवारले दियो अर्का इन्स्पेक्टर विरुद्ध पनि आत्महत्या दुरुत्साहनको जाहेरी

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
१२ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले आत्महत्या दुरुत्साहनमा थप एक जनाविरुद्ध किटानी जाहेरी दिएको छ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको भनाई छ।उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको दाबी परिवारको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईम...
काठमाडौँको नागार्जुनमा यातना दिएर कुकुर मारेको आरोपमा दुई जना पक्राउ

काठमाडौँको नागार्जुनमा यातना दिएर कुकुर मारेको आरोपमा दुई जना पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
१२, फागुन काठमाडौं । काठमाडौँको नागार्जुनमा कुकुरलाई यातना दिएर मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई लखेटेर जालिभित्र तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सो घटना फागुन ९ को भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।...
काठमाडौंमा किशोरीमाथि जबरजस्ती करणी

काठमाडौंमा किशोरीमाथि जबरजस्ती करणी

अपराध, समाचार
 ८ फागुन काठमाडौं । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका,३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका,२ घर भएका २५ वर्षीय युवकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती युवकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।...
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ

बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
६, फागुन काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो । छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरिएको छ ।यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।...
नागार्जुनका मेयर बस्नेतविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

नागार्जुनका मेयर बस्नेतविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२७, माघ काठमाडौं । पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बस्नेतविरुद्ध आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँको भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्वको बस्नेतको परिवारका सदस्यका नाममा विभिन्न बैङ्क तथा वित्तिय संस्था र सहकारी संस्थामा रहेका खातामा सुरु मौज्दात बापतको रकम, पारिश्रमिक, दैनिक भ्रमण भत्ता लगायत निजका एकाघर परिवारका सदस्यको कुल आय १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपियाँ रहेको छ। आयोगका अनुसार बस्नेतको सोही अवधिमा जाँच गर्दा व्ययतर्फ जग्गा खरिद, घर निर्माण खर्च तथा मर्मत, अपार्टमेन्ट खरिदका लागि बुकिङ्ग प्रयोजनमा भएको खर्च तथा लगानी लगा...
ललितपुरबाट ४ वर्षीय बालकको अपहरण,भियतनामी नागरिक कलंकीबाट पक्राउ

ललितपुरबाट ४ वर्षीय बालकको अपहरण,भियतनामी नागरिक कलंकीबाट पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, माघ काठमाडौं । ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ । उनीमाथि बालबालिकालाई अपहरण गर्ने र कोठामा बन्धक बनाउने आरोप छ । प्रहरीको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।  
महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव

महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव

अपराध, ताजा अपडेट, बिशेष, समाचार
२५ माघ, काठमाडौं । नेपाल कानुन आयोगले महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव गरेको छ । हाल महिलामाथि हुने साइबर अपराधबारे ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था छ ।यसलाई बढाएर ९० दिन पुर्‍याउने गरी ऐन बनाउने प्रस्ताव कानुन आयोगको छ ।विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ७४ मा उजुरी गर्ने हदम्याद सम्बन्धी व्यवस्था छ । यसलाई बदलेर ९० दिने पुर्‍याउने आयोगको प्रस्ताव छ । आयोगले यसका लागि यौनजन्य हिंसाविद्धका केही नेपाल ऐन संशोधन विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।  ‘दफा ४७ को उपदफा ९३० बमोजिमको कसूरमा त्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले नब्बे दिनभित्र र यस ऐन बमोजिम अन्य कसूर ठहर्ने कुनै कार्य भएकोमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएकोमा त्यस्तो कसूर भए गरेको वा उल्लंघन भएको थाहा पाएको...