अपराध

झापाको एक होटलमा युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

झापाको एक होटलमा युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२५ माघ,काठमाडौं ।झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा एकजना युवक मृत फेला परेका छन् ।मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन्। उनी आफ्नी केटीसाथीसँग सो होटलमा गएका थिए ।बेहोस भएर ढलेका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका एक डीएसपीले बताए । घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी युवती र होटल सञ्चालकलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।  ...
गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
२३, माघ काठमाडौं । कनकाई नगरपालिका(४ स्थित भित्री सडक खण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । उनीहरूले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरूमाथि गोली चलाउनु परेको उनले बताए । प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । उनीहरूको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुँगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा ...
आशिका तामाङलाई बयानका लागि अदालत लगियो

आशिका तामाङलाई बयानका लागि अदालत लगियो

अपराध, वातावरण, समाचार
१८ माघ, काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले तामाङलाई बयानका लागि अदालत पेश गरिएको बताए । ‘बयानका लागि अदालत पेश गरेका छौं । बाँकी काम अब अदालतबाट हुनेछ’, नेउपानेले भने । उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो । मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ । तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं। १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ...
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता,ट्रोल गर्नेलाई  लाखौंको जरिवाना

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता,ट्रोल गर्नेलाई लाखौंको जरिवाना

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
१५ माघ, काठमाडौं। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।विधेयकको परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्था गरिएको छ ।जसमा साइबर बुलिङमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था राखिएको छ । साथै कसैको आईडी तथा सूचना ह्याक गर्न, फिसिङ वा इम्पोष्ट स्क्याम गर्न अश्लील मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न पनि बन्देज गरिएको छ ।फेक भिडियो अपलोड वा प्रसार गर्नु पनि दण्डनीय भएको उल्लेख गरिएको छ ।अनुमति पत्र नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नहुने,राष्ट्र हित प्रतिकूल हुने कार्य गर्न नहुने, लगायतका विषय छन् । साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक...
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

अपराध, ताजा अपडेट, वातावरण, समाचार
७, माघ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार ती असई गणेशस्थान बिटमा कार्यत बुद्धिबहादुर घर्ती भुजेल हुन् । उनले प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको मिश्रले जानकारी दिए । उनका अनुसार घटना गत पुस १५ गतेको हो ।...
फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँर्दैछ कारोबार ?

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँर्दैछ कारोबार ?

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३, माघ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० मा कारोबार भएको थियो ।...
काठमाडौँका  कैदीबन्दी धमाधम नुवाकोट कारागारमा स्थानन्तरण

काठमाडौँका कैदीबन्दी धमाधम नुवाकोट कारागारमा स्थानन्तरण

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२४, पुस नुवाकोट । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए । उनका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । हाल यस आसपासका जिल्लाबाट कैदीबन्दी ल्याउने क्रम जारी छ । उनले भने, “अबको केही दिनमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई अन्तिम चरणमा पुर्याइएको छ ।” कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भन्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य मिलाई क्रमशः अन्यत्र जिल्लाका कैदी ल्याउने क्रम जारी छ । यहाँको कारागारमा केन्द्रीय कारागार जगन्नाथदेवल, नक्खु कारागार ललितपुर, डिल्लीबजार ...
सामाजिक अपराधजन्य घटनामा वृद्धि

सामाजिक अपराधजन्य घटनामा वृद्धि

अपराध, ताजा अपडेट, वातावरण, समाचार
३, पुस काठमाडों । पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष ९२०८१/८२०को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै सामाजिक अपराधका घटनाहरु बढ्दो क्रममा रहेको जनाएको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्नुहुँदै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औैसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए। उनले आत्महत्याका दैनिक २० वटा घटना र जबरजस्ती करणीका दैनिक सात वटा मुद्दा दर्ता हुने गरेको बताउनुभयो । उहाँले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घटनाहरु बढेको बताए ।...
डलर साटिदिने भन्दै ९ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

डलर साटिदिने भन्दै ९ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२९ कार्तिक,काठमाडौं ।अमेरिकन डलर साट्ने बहाना बनाई ९ लाख रूपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा मंगलबार प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा बस्ने २६ वर्षीय एक व्यक्ति र २४ वर्षीय अर्का व्यक्ति रहेका छन् ।उनीहरूले मेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका–३ मा बोलाई ठगी गरेको प्रहरीले जनाएको छ । ठगी गरी फरार भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्‍यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।...
घुस लिएको आरोपमा जिल्ला अदालतका दुई कर्मचारी पक्राउ

घुस लिएको आरोपमा जिल्ला अदालतका दुई कर्मचारी पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ कार्तिक,काठमाडौं।सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका तहसिलदार  र कम्प्यूटर अपरेटर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालयबाट गएको टोलीले उनीहरुलाई २० हजार रुपैंया घुससहित पक्राउ गरेको हो। यसबारे अख्तियारस्रोत भन्छ — ‘ अदालतका कर्मचारीहरुले घुस मागेको उजुरी आएपछि हामीले आन्तरिक निगरानी र अनुसन्धान गरेका थियौं,त्यसपछि न्यायिक नेतृत्वलाई जानकारी गराएर उनीहरुलाई पक्राउ गरिएको हो’ अख्तियारस्रोतले भन्यो, ‘पक्राउ गरेपछि सबै प्रक्रिया पुरा गरेर उनीहरुलाई हिरासतमा लिइएको छ ।’ अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जिल्ला अदालत कपिलबस्तुमा अख्तियारले स्टिङ अपरेसन गरेको पुष्टि गरे।उनले भने, ‘यसवारेको विस्तृत विवरण संकलन गरिरहेका छौं ।’ सेवाग्राहीको उजुरीको आधारमा अख्तियारले अदालतका ती कर्मचारीलाई रंगेहात पक्राउ गरेको जनाएको छ ।...