प्रेरक प्रसङ्ग

प्रेरक प्रसंग : भोली भोग्नै पर्छ

ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।एक पटक कसैले एक जना साधुको गाई चोरेर लग्यो ।त्यो कुरा गाउँबस्तीमा फैलियो ।सबै जना साधुको कुटीमाा जम्मा भए। साधुले भने,‘मैले गाई लग्नेलाई देखेको थिएँ तर जपमा बसेको हुनाले म बोल्न सकिनँ। चोरले मलाई देखाइ –देखाई गाई लग्यो ।’ जम्मा भएका मानिसहरु चोरलाई गाली गर्दै थिए –गाईसम्म अब देख्न नहुने भइस्क्यो कसरी बाँच्ने ?यस्ता चोरलाई त समातेर चुट्नसम्म चुट्नुपर्छ ।अनि देख्छ अर्काको वस्तु चोर्दा कस्तो हुँदोरहेछ। कुटीमा जम्मा भएका मानिसहरुले विभिन्न कुरा सुनिसकेपछि साधुले सबैलाई चुप रहन संकेत गर्दै भने–त्यस चोरले मप्रति कुनै अन्याय गरेको छैन।गाई आजदेखि मेरो प्रारब्धमा थिएन त्यसैले उसले आएर लग्यो ।जे हुनु थियो,भयो । यस कामले त उसले आफूले आफैंप्रति अन्याय ग¥यो ।किनकि उसले चोरी काम ग¥यो । पाप काम ग¥यो । उसले गरेको पापको दण्ड आज नभोगे तापनि भोलि त अवश्य भोग्नै पर्छ,भगवानले प...

आज बुद्ध जयन्ती,बुद्धका उपदेशलाई मनन गरौं र जीवन धन्य बनाऔं

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतार सिद्धार्थ गौतमको पूजा अर्चना र आराधाना गरी मनाइँदै छ। इसापूर्व ५४३ मा सुन्दर भूमि नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको रुपमा उनको जन्म भएको थियो।राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेर २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए। विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरुप यो पर्व मनाउने गरिन्छ ।बुद्ध भन्नाले अन्तिम सत्यको साक्षात्कार गरेको माहामानव बुझिन्छ।संस्कृत शब्दमा बुद्ध शब्दको अर्थ बुध अर्थात जाग्नु भन्ने हुन्छ। बुद्धको जन्म,ज्ञान प्राप्ति र समाधि यहि वैशा...

प्रेरणै – प्रेरणा

ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।वर्तमान अवश्थामा भौतिक प्रगतिको क्रम भव्य रुपले अगाडि बढिरहेको छ तर यसले तीन नचिताइएका र नचाहिँदा नतीजाहरु देखाएको छ। पहिलो हाम्रो विश्वको सीमित साधनलाई हेर्दा हेर्दा प्रगतिको क्रम असीमित रहन सक्दैन । प्राकृतिक विजय प्राप्त गर्ने होइन बरु प्राकृतिलाई सहयोग पु¥याउनु आवश्यक छ।हामी आफूलाई प्राप्त भएको वातावरणलाई खाएर सिध्याइरहेका छौं । मानव स्वभाव अपेक्षा गरिए अनुसार बढी कारुणीक बन्न सकेको छैन ।किनभने हामीले आफ्नो आत्मालाई बिर्सिएका छौं ।हामीले आफ्ना चाहानाहरुलाई अनियन्त्रित रुपले बढ्न दिएका छौं।र,ती चाहानाहरुलाई कुन दिशातर्फ लैजानु पर्ने हो भन्ने कुरामा हामी अन्योल र भ्रमित छौं । व्यापारिक प्रतिष्ठानहरुको सहायाताबाट नयाँ–नयाँ चाहनाहरुको सृजना भइरहेको छ।जसमध्ये धेरै बिल्कुलै कृत्रिम छन्।हामी सबै यिनीहरुको पछि–पछि दौडिरहेका छौं ।तर परिपूर्ति भने हुन सकेको छै...
प्रेम विनाको हृदय एक अभिशाप

प्रेम विनाको हृदय एक अभिशाप

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-१, समाचार, स्वास्थ्य
मनिषा गुरूङ काठमाडौं ।एक मानिस निर्धन थियो।तर उसको मन प्रेम र करुणाले भरिएको थियो।उसलाई सबैले माया गर्थे ।ऊ प्रत्येक दिन ध्यान र प्रार्थना गथ्र्याे र सदा प्रसन्नचित्त रहन्थ्यो । कहिलेकाहीँ उनलाई पनि धनी हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।एक दिन वनमा गएको बेलामा त्यहाँ एक जना बूढा व्यक्तिसँग उसको भेट भयो।बूढाले भन्यो,‘म तिमीलाई आफ्ना सारा धन दिएर धनी बनाइदिन्छु,तर मेरो एउटा कुरा तिमीले मान्नुपर्छ ।’  ‘के कुरा ?’ त्यो निर्धन व्यक्तिले सोध्यो।धनी व्यक्तिले भन्यो,‘म तिम्रो प्रेमको हुदय लिएर आफ्नो बलियो ढुंगाको हुदय तिमीलाई दिन्छु ।त्यो हृदय पनि साँच्चिकै हृदय जस्तै चल्छ।’ गरीबले धनीको कुरा मान्यो र हृदयको साटासाट भयो।अब त्यस निर्धन व्यक्तिको घरमा धन आउन थाल्यो ।उसले जे गरेपनि धन आउँथ्यो ।तर उसले के अनुभव गर्न थाल्यो भने अब उसको मनमा ईश्वर वा मानिसप्रति प्रेम घट्दै गइरहेको छ।अनि उसले सत्य प...
मित्रको पहिचान कसरी हुन्छ ?

मित्रको पहिचान कसरी हुन्छ ?

ताजा अपडेट, प्रेरक प्रसङ्ग, मनोरन्जन, समाचार, साहित्य
मनिषा गुरुङ काठमाडौं । दुई जना साथी एक पटक साथसाथै भ्रमण गर्न निस्के । जंगलको बाटो थियो ।बाटोमा अनेक किसिमका जंगलि जनावरहरु आउने सम्भावना थियो । नभन्दै हिंड्दा हिंड्दै एक जाना साथीले आफूभन्दा अलि टाढाबाट आफैंतिर भालु आउँदै गरेको देख्यो । भालु आएको सुँइको पाउनासाथ नजिकैको साथीलाई समेत संकेत नगरी हत्तनपत्त नजिकैको रुखमा चढ्यो ।सँगै हिडेको साथी भने अक्क् न बक्क भयो ।उसलाई के गरुँ,कसो गरुँ भयो ।यस्तो अवश्थामा भागेर अब प्राणको रक्षा गर्न सकिने होइन जे हुन्छ होस् भन्ने सम्झी भूइँमा लम्पसार परेर सुतिदियो । उसले बुढापाकाका अनुभवहरुबाट सुनेको थियो कि,भालुले मरेको शवलाई खाँदैन।त्यसैले उसले मरेको जस्तै गरि सासै नफेरी बस्यो ।भालुले सबैतिर सूँ सूँ गरि सुघ्यो ।मान्छे बाँचेको आभास नपाएकाले एकैछिनमा छाडेर गइहाल्यो ।रुखमा बसेको साथीले यी सबै घटनाहरु एकटक लगाई हेरिरहेको थियो ।भालु आफ्नो बाटो लाग्नासाथ...
बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

जीवनशैली, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । आफ्ना बालकालिकालाई असल बनाउने रहर जो कोही बाबुआमालाई हुन्छ ।तर असल बनाउन बाबुआमाले के के गर्नु पर्दछ भन्ने सैद्धान्तिक विषयको ज्ञानको अभाव वा अज्ञानताका कारण पनि कतिपय बालबालिकामा खराब बानी विकसित हुँदै गएको पाइन्छ । खराब आचरण र लतमा पर्नुभन्दा अगाडि नै बालबालिकालाई सुर्धार्न,सामाजिकिकरण गर्न र असल बनाउने तर्फ लाग्नु जरुरी छ।बालबालिकालाई असल बनाउने धेरै उपाएहरुमध्ये उनीहरुका साथीप्रति सावधानी राख्नु पनि एक उत्तम विषय हो।बालबालिकाको जीवनमा जोडिएका साथीहरुले नै उसलाई राम्रो र नराम्रो व्यवहार निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा अभिभावकले यसतर्फ ध्यान दिनु पर्दछ।वास्तवमा बालबालिकाको व्यक्तित्व निर्माण र प्रतिभा विकासका लागि असल साथीको अति आवश्यक्ता पर्दछ। असल साथीको संगतले बालबालिकाले आफ्ना खराब आचरण पनि सुधार्दै जान सक्छन् भने खराब साथीको संगतले बा...
कुसङ्गतिको फल

कुसङ्गतिको फल

ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं।रोमका एक चित्रकार यस्तो व्यक्तिको चित्र बनाउन चाहन्थे,जसको अनुहार,सोझोपन,सरलता र दीनताको भाव स्पष्ट रुपले देखियोस् । वषौंको खोजपछि उनलाई त्यस्तै एउटा बालक फेला प¥यो र उनले त्यसको चित्र बनाए। चित्रको धेरै प्रसंसा भयो । उनको ख्याति चारैतिर फैलियो ।१५–२० वर्षपछ यस्तो व्यक्तिको चित्र बनाउने इच्छा भयो,त्यसको मुखबाट घोर क्रुरता र दृश्टताको भाव देखियोस्। यस्तो व्यक्ति कारागारमा नै पाइने धेरै सम्भावना भएकाले उनि कारागारमा गए । त्यहाँ उनलाई खोजे\जस्तै एक कैदी फेला प¥यो ।कलाकारले त्यस कैदीलाई भने,‘म तिम्रो तस्विर बनाउन चाहन्छु ।कैदीले अलि डराउँदै भन्यो,“मेरो चित्र किन?” चित्रकारले पहिले बनाएको चित्र देखाए र आफ्नो अभिप्राय स्पष्ट पारे। त्यो चित्र देखेर कैदीले ठूलो स्वरले रुँदै भन्यो,“यो चित्र त मेरै हो ।” चित्रकारले अश्चर्य मान्दै सोधे,“तिमी यस्तो अवश्थामा कसरी पुग्यौं”कैदिले पश्चत...

फिल्ममेकर आचार्यलाई दुई अवार्ड

कला, ताजा अपडेट, प्रेरक प्रसङ्ग, मनोरन्जन, समाचार
काठमाडौं ।नेपाली फिल्ममेकर रविन आचार्यलाई अमेरिकाको न्युयोर्कमा आयोजित क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई विधामा अवार्ड प्रदान गरिएको छ।फिल्म ‘रोटन ब्लड’बाट उनले छायांकन विधामा स्पेसल मेन्सन र ‘मनु’बाट फाउन्डर च्वाइस अवार्ड जितेका हुन्। छायांकन विधामा मार्सेल लोबेनविनको ‘कोडा’,लिओ काल्जोनीको ‘सिएला’,स्कट टी समर्सको ‘मिरान्डा अफ माइन्ड’ र विलियम मुरेको ‘द डार्क फरेस्ट’सँग आचार्यको प्रतिस्पर्धामा थियो।आचार्यले छायांकन गरेको फिचर फिल्म ‘डाइङ क्याण्डल’ले सन् २०१६ को फेस्टिभल संस्करणमा छायांकन विधा जितेको थियो। यो फिल्म युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ सिनेम्याटिक आर्टस’मा स्क्रिनिङ समेत गरिएको थियो।आचार्यले नेपाली कथानक फिल्म धुलो,केटीएम कक्टेल,चंगा,चक्कर,जयश्री राम छायांकन गरेका छन्।...

नागार्जुन समुहको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

प्रेरक प्रसङ्ग, ब्यानर-१, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को टौडोल,माइक्रोवसपार्कमा अवस्थित ‘नागार्जुन समुह’ ले नयाँ वर्ष २०८१ सँगै समुहको २५ औं स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। आज शनिबार टौडोलमा रहेको कार्यालय भवनको सभाहलमा वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको नागार्जुन समुहका अध्यक्ष प्रकाश बलामीले बताउनुभयो ।आज भन्दा २५ वर्ष अगडि वि.सं.२०५६ भाद्र १४ गते एक सामाजिक संस्थाका रुपमा स्थापना भएको नागार्जून समुहले यहि आउँदो भाद्र १४ गते आफ्नो रजत जयन्ती मनाउने तयारी गरेको अध्यक्ष बालामीको भनाई छ। समुहका सचिव राजेन्द्र राजबहाकका अनुसार समुहले हरेक वर्ष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको र यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएको हो। बिहान ८ बजेदेखि १० बजेसम्...