ब्यानर-१

यी तीन प्रदेशमा वर्षाको सम्भावना

यी तीन प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ। कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। उता आज राती पनि देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ । साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।भने, देशका उच्च पहाडी तथा हिमाल...
कपिलवस्तु मालपोतका सुब्बा घुस लिँदै गर्दा रंगेहात पक्राउ

कपिलवस्तु मालपोतका सुब्बा घुस लिँदै गर्दा रंगेहात पक्राउ

ताजा अपडेट, ब्यानर-१, समाचार
रुपन्देही।सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल रंगेहात पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धानआयोग बुटवल कार्यालयको टोलीले सोमबार घुस रकमसहित पक्राउ गरेको हो ।खनाललाई ३० हजार नगद घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । नायब सुब्बा जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद घुस लिँदैगर्दा पक्राउ परेका हुन् । प्रवक्ता घिमिरेका अनुसार खनाललाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।...
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण

यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।काठमाडौंबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण गरेको छ । सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ। कलाकार शान्ति श्री परियारले कठिन अवस्थामा जहाज जनकपुर अवतरण भएको बताएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘धन्यवाद क्याप्टेन लबिस चन्द,प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रयास जारी राख्नु भो र गन्तव्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जीवन त दिनुभयो नि।’ सोमबार साँझ राजधानीसहित देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको थियो। हिजोआज खराब मौसमको कारण कतिपय आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । सो आकस्मिक अवतरणबारे थप विवरण प्राप्त भइसकेको छैन। हाज क्याप्टेन लबिस चन्दले उडाएका थिए।...

बागमती प्रदेशमा आजदेखि नेपाल भाषा र तामाङ भाषा पनि सरकारी कामकाजको भाषा हुने

ताजा अपडेट, पर्यटन, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशमा आज सोमबारदेखि नेपाल (नेवारी) र तामाङ भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गरिएको छ।बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू भएको हो। गत बुधबार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा,तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।२०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक आरम्भ गरेको हो । आज बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्नुभएको छ ।  कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो  असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग...
प्रेम विनाको हृदय एक अभिशाप

प्रेम विनाको हृदय एक अभिशाप

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-१, समाचार, स्वास्थ्य
मनिषा गुरूङ काठमाडौं ।एक मानिस निर्धन थियो।तर उसको मन प्रेम र करुणाले भरिएको थियो।उसलाई सबैले माया गर्थे ।ऊ प्रत्येक दिन ध्यान र प्रार्थना गथ्र्याे र सदा प्रसन्नचित्त रहन्थ्यो । कहिलेकाहीँ उनलाई पनि धनी हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।एक दिन वनमा गएको बेलामा त्यहाँ एक जना बूढा व्यक्तिसँग उसको भेट भयो।बूढाले भन्यो,‘म तिमीलाई आफ्ना सारा धन दिएर धनी बनाइदिन्छु,तर मेरो एउटा कुरा तिमीले मान्नुपर्छ ।’  ‘के कुरा ?’ त्यो निर्धन व्यक्तिले सोध्यो।धनी व्यक्तिले भन्यो,‘म तिम्रो प्रेमको हुदय लिएर आफ्नो बलियो ढुंगाको हुदय तिमीलाई दिन्छु ।त्यो हृदय पनि साँच्चिकै हृदय जस्तै चल्छ।’ गरीबले धनीको कुरा मान्यो र हृदयको साटासाट भयो।अब त्यस निर्धन व्यक्तिको घरमा धन आउन थाल्यो ।उसले जे गरेपनि धन आउँथ्यो ।तर उसले के अनुभव गर्न थाल्यो भने अब उसको मनमा ईश्वर वा मानिसप्रति प्रेम घट्दै गइरहेको छ।अनि उसले सत्य प...
१ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरिदै

१ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरिदै

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १ अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ निष्काशन गर्ने भएको छ।आइतबार बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैदेशिक रोजगारीमा संलग्न नेपाली वा निजको परिवारको सदस्य तथा गैरआवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन्।वार्षिक ९ प्रतिशत ब्याजदर रहने सो बचतपत्रको अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी ऋणपत्रको व्यवस्था गरिएको जनाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ– “यो बचतपत्र मुलुकबाहिर रोजगारीमा सङ्लग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले आफू वा आफ्नो परिवारको सदस्य÷बुबा,आमा,श्रीमान्,श्रीमती, छोराछोरी मात्रको नाममा खरिद गर्न सकिनेछ”। यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय सं...
काठमाडौंका यी स्थानमा शुक्रबारसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा शुक्रबारसम्म विद्युत् अवरुद्ध हुने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर,कीर्तिपुर र जोरपाटी वितरण केन्द्रहरु अन्तर्गतका विद्युतीय लाइन वितरण कार्य शुक्रबारसम्म अवरुद्ध हुने जनाएको छ। विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न थालिएका कारण आइतबादेखि यी केन्द्रहरुमा विद्युत् लाइन अवरुद्ध  भएको हो। आज सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र,भोलि मङ्गलबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको प्राधिकरणले जनाएको छ। बुधबार ताहाचल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र,बिहीबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र विद्युत अवरुद्ध हुने भनिएको छ। शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकस...
काठमाडौंमा मेघ गर्जनसहित पानी प¥यो

काठमाडौंमा मेघ गर्जनसहित पानी प¥यो

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतबार साँझ पानी परेको छ ।लामो समयपछि काठमाडौँमा वर्षा भएको हो। पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका बेला मेघ गर्जनसहित पानी परेको हो।गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केही दिनयता मुलुकका धेरै स्थानमा केही दिनदेखि मौसम बदली हुन थालेको थियो। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आइतबार पूर्वको कोशीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र सोमबार र मङ्गलबार अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको थियो।मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको मौसमविद्हरुको भनाई छ। तराईका जिल्लामा पनि हिजो शनिबारबाट ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको र यो क्रमशः घट्दै जाने मौसम्विद्हरुले बताएका छन् ।केही दिनअघि यसपाली तापक्रम सबैभन्दा बढी भैरहवामा ४३.६ डिग्रीसम्म पुगेको थियो ।भोलि सोमबार र पर्सि मंग...
पाठेघरको र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराइएको छ : प्रधानमन्त्री

पाठेघरको र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराइएको छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामा हुने पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको स्मरण गराउनुभएको छ । आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको तथा नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको र  पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए। “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री प्रचण्डले...
डीभीको नतिजा प्रकाशित, कसरी हेर्ने नतिजा ?

डीभीको नतिजा प्रकाशित, कसरी हेर्ने नतिजा ?

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आएको छ । नेपालस्थित अमेरिकी दूतावासले उक्त कुराको जानकारी दिएको हो । आज शनिबार राति अघि ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बरमा  dvprogram.state.gov/ESC/ गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासको भनाई छ ।...