ब्यानर-१

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं)  घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिएको र घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले लेखा अधिकृतलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ।  अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।  ...
मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७ साउन,काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुुसार आज राति देशका हिमाली भूभागका थोरै स्थानम...
बझाङ केन्द्रविन्दु भएर भूकम्प

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बुधबार बिहान ४ः४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण ६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ४स्४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण भने, प्राप्त भएको छैन ।    ...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
४ साउन,काठमाडौं ।अर्जेन्टिनालाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बनेको छ । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए । टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए।निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात प...
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ

अर्थतन्त्र, कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३ साउन, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयको पहलमा सुरु गरिएको परीक्षण सफल भएपछि आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ। ई–टिकेटिङ प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीले सहज सेवा पाउने विश्वास लिइएको छ।...
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’ को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ । विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आपूmले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा ११ वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ । शुक्रबार सूचना जारी गर्दै विभागले सम्बन्धी सबै उत्पादक पैठारीकर्ता,...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

ताजा अपडेट, ब्यानर-१, समाचार
२ साउन,काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ । प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने कुरालाई मध्यनजर गर्दै सो कार्य अघि बढाएको टिकटकले जनाएको छ । आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । यसले एआई(जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने आशा लिइएको छ । टिकटकको ग्लोबल पब्लिक पोलिसी टीमका एआई प्रमुख टम वर्गिसले भने, ‘...
मौसम पूर्वानुमान : यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान : यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२ साउन,काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी र तराई भूभागको धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।उता राति पनि देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली...
अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-१, मनोरन्जन, समाचार
३२ असार, काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। आज बुधबार विहान अटलान्टा स्टेडियममा भएको रोमाञ्चक तथा सनसनीपूर्ण सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले फाइनलमा प्रवेश गर्न सफल भएको हो। ४० वर्षअघि सन् १९८६ को विश्वकपमा म्याराडोनाले खेलका क्रममा यी दुई टोलीबीच जुन २–१ को नतिजा निस्किएको थियो, ठीक त्यही स्कोरलाइनमा अर्जेन्टिनाले जितको फारम दर्ता गरेको छ। यो जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ   । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक रह्यो। दुवै टोलीले सुरुवाती चरणमा खासै ठूला अवसरहरू सिर्जना गर्न सकेनन्। तर,दोस्रो हाफको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले आकर्षक गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए । गोल खाएपछि अर्जेन्टिनाले ...
बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने

बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३१ असार,काठमाडौं ।नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ । ७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रुपमा प्रतिस्थापन नहुँदासम्म भने दुबै सिलिण्डरको बिक्री हुने निगमले जनाएको छ ।...