ब्यानर-२

यी नदीहरूमा आज आकस्मिक बाढीको जोखिम

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेका छन्। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी , नवलपरासी , पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरूमा बहाव बढ्ने तथा केही स(साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ । ...

सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा ल्याएको छ । सडक बत्ती बालेवापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो । प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो । प्राधिकरणका अनुसार विद्युतका बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको छ । त्यसका लागि सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।...
आज संसद् दिवस मनाइँदै

आज संसद् दिवस मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै लोकतन्त्रको प्रवर्द्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताउए । यस्तै उनले लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनु पर्ने बताएका छन् । यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि संसद् दिवसको अवसरमा शुभकामना व्यक्त गरे।...

आजदेखि एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ । असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए। ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।...

एमाले नागार्जुन नगर कमिटिका नवनिर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) नागार्जुन नगर कमिटीका नवनिर्वाचित अध्यक्ष बाहेकका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।सँगसँगै लेखा समितिका नवनिर्वाचित अन्य पदाधिकारीले पनि आजै शपथ ग्रहण गरेका छन्।    शनिबार नागार्जुन नगरपालिकाको वडा नम्बर–३ स्थित इचंगुनारायण मन्दिरको सभाहलमा एक समारोहकाबीच नवनिर्वाचित अध्यक्ष नन्दनहरि गौतमले नगर कमिटिका अन्य पदाधिकारी तथा सदस्य गरि ७४ पदका लागि गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।सो समारोहमा लेखा समितिमा निर्वाचित अन्य थप ४ जना सदस्यहरुलाई पनि  नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण खनालले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।एमाले नागार्जुनले ७५ सदस्यीय नगर कमिटि र ५ सदस्यीय लेखा कमिटि बनाएको हो ।  यहि असार ८ र ९ गते सम्पन्न एमाले नागार्जुन नगर कमिटिको दोस्रो ...

‘राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्छ’ : उपाध्यक्ष पोखरेले

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन् । बालचन्द्र स्मृतिसभा परिवार जनविचार पब्लिकेसनद्वारा शुक्रबार आयोजित प्रा घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले देश निर्माण, अखण्डता र राष्ट्रिय स्वाभिमानका लागि निर्णायक शक्ति बन्नुपर्ने बताए ।...

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही(चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खान्छन् । यसबेला दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । विक्रम सम्वत् २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।...

स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप यादवले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा। विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए । औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने उनको भनाइ छ ।...

रोटरी क्लब अफ कुपण्डोलको २४ औँ स्थापना दिवस : बोर्ड सदस्यहरुलाई सम्मान,शिर मेमोरियल अस्पताललाई ‘सिटी स्क्यान मेशिन उपलब्ध गराउने

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) ललितपुर ।रोटरी क्लब अफ कुपण्डोलले २४ औँ स्थापना दिवस मनाएको छ । बिहिबार क्लबले रोटी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा ललितपुर स्थित सांग्रिला ब्लु होटलको  सभाहलमा एक समारोहको आयोजना गरि आफ्नो २४ औँ स्थापना दिवस मनाएको हो । क्लबक अध्यक्ष नबराज बरालले स्थापना दिवसका दिन क्लबका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको जानकारी दिए ।सो स्थापना दिवसको अवसरम अध्यक्ष बरालले रोटा वर्ष २०२३ ÷२४ मा क्लबलाई गतिशिल बनाउनका लागि प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै बोर्ड सदस्यहरुलाई प्रशंसापत्रले सम्मान गरेका थिए।   साथै कार्यक्रममा रोटा वर्ष २०२४ ÷२५ को नयाँ कार्यसमितिमा अध्यक्ष लोचन जोशी सहितको नयाँसमितिले पदस्थापन समेत गरिएको थियो । औपचारिक रुपमा पदस्थापन गर्दै नवनिर्वाचित अध्यक्ष जोशीले निजी स्वा...

जलस्रोत विधेयक प्रतिनिधि सभामा प्रस्तुत

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । शुक्रबार बसेको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन् ।