वातावरण

हल गोरु पाल्ने २७५ किसानले पाए अनुदान

हल गोरु पाल्ने २७५ किसानले पाए अनुदान

ताजा अपडेट, वातावरण, समाचार
३, साउन तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु .चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिए । उनले भने, “गाउँपालिका मातहत रहेका सात वटा वडा कार्यालयमध्ये यस गत आवमा १ देखि ४ नम्बर वडाका उक्त सङ्ख्याका हलगोरु पाल्ने कृषकलाई अनुदान दिएका हौँ, अनुदानमा रु ११ लाख खर्च भएको छ ।” उनका अनुसार आव २०८२/८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै...
चौसठ्ठी हजारले लिए काठमाडौँ महानगरबाट निःशुल्क कानुनी  सेवा

चौसठ्ठी हजारले लिए काठमाडौँ महानगरबाट निःशुल्क कानुनी सेवा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३,साउन काठमाडौं । काठमाडौँ महानगरपालिकाबाट निःशुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । विसं २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या हालसम्म ६४ हजार पुगेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए । उपप्रमुख डङ्गोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानुनी सेवा लिने अत्यन्तै कमी थिए । कानुनी प्रक्रियामा जानकै लागि झन्झटिलो खर्च लाग्ने भएपछि नागरिकहरू सेवा दिनबाट वञ्चित हुनुपरेको थियो । अहिले निःशुल्क प्रदान गरिने सेवा लिन वडा कार्यालयमा भीड हुने गरेको छ । उनले भने, “लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शब्द, भाषा, वाक्य र ब्यहोरा शिष्ट, सभ्य, मर्यादित र कानुनमा तोकेबमोजिम बनाउनुपर्ने सहजकर्ताको मुख्य काम हो । कानुनी लिखतहरूको मस्यौदा गर्दा सेवाग्राहीसँग रहेको कागज प्रमाण, उनले व्यक्त गरेको तथ्यगत व्यहोरा र...
आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
साउन २,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने र कोशी,वाग्मती,गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,वाग्मती,गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावा हुरीको सम्भावना छ । त्यसैगरी,आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी प्रदेश,मधेस प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्...
चितवनको देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवनको देवघाटमा साउने मेला, भक्तजनको भीड

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१, साउन चितवन । देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ । भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । सोमबार अधिक भक्तजन आउने अपेक्षा छ । भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजा आराधना गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ ।...
मधेश सुक्खाग्रस्त भयो‚सबैले सहयोग गर्नुहोस् : मुख्यमन्त्री सिंह

मधेश सुक्खाग्रस्त भयो‚सबैले सहयोग गर्नुहोस् : मुख्यमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
३१असार,जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न संघीय सरकार र दातृनिकायसँग आग्रह गरेका छन्। मंगलवार बिहान सरोकारवाला मन्त्रालय र दातृनिकायसँग बैठकमा मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै  प्रदेश सरकार तथा दातृनिकायबाट गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न आग्रह गरे। प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै उनले प्रदेशका नागरिक समस्यामा रहेका वेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृनिकायका प्रतिनिधिलाई आग्रह गरे। अहिले सुक्खाका कारण धान रोपाइँ हुन नसके यसले आगामी दिनमा खाद्यान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अघि बढाउन मुख्यमन्त्री सिंहले सरोकारवाला मन्त्रालयलाई निर्देश गरे। उनले सुक्खा र...
तुइन चुँडिएर महाकालीमा एक युवक बेपत्ता,खोजी कार्य जारी

तुइन चुँडिएर महाकालीमा एक युवक बेपत्ता,खोजी कार्य जारी

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
३१ असार,कैलाली । महाकाली नदीमा तुइन चुँडिएर एक युवक बेपत्ता भएका छन्। दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चड्ने क्रममा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । मंगलबार दिउँसो  तुइनमार्फत भारततर्फ जाँदै गरेका बुढाथोकी चढेको तुइन अकस्मात चुँडिएपछि उनी सीधै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।  घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले खोजी कार्य थालेको छ।  दार्चुलाका सीमावर्ती बस्तीहरूमा अहिले पनि तुइनकै भरमा नदी पार गर्ने जोखिमपूर्ण बाध्यता छ।...
उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान

उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२९, असार काठमाडौं । ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ । प्रेमको प्रतीक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दहरैँचा नगरपालिकाले उत्कृष्ट १२ दम्पतीलाई १० हजार नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको छ । नगरपालिकाले बिहे गरेको १० वर्ष भएको र परिवारसँगै समाजमा पनि मिलेर बसेका उत्कृष्ट १२ दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको हो । आइतबार पालिकाले हरेक वडाबाट १-१ उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको पालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार सुन्दरहरैँचामा १२ वटा वडा छन् । १२ वटै वडाबाट एक एक जोडी छनोट गरी सम्मान गरिएको हो । ‘समाजमा परिवार विघटनका घटनाहरू बाहिर आइरहेका छन्, राम्रा जोडी छन् भन्ने सन्देश दिनका लागि ‘ढुकुर जोडी’ खोजी गरेर सम्मान गरिएको हो,’ ढकालले भने । नगरपालिकाले सभ्य र संवेदनशील पारिवारिक सम्बन्ध विकास गर्न र मेलमिलापपूर्ण परिवा...
रसुवा बाढी:११ जनाको शव फेला, १७ अझै बेपत्ता

रसुवा बाढी:११ जनाको शव फेला, १७ अझै बेपत्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२९, असार काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको र १७ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यो जानकारी दिएका हुन् । उनले भने, ‘अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन् । बेपत्ता १७ जना छ, घाइते एक जना ।’उनका अनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि उनले जानकारी दिए । प्राधिकरणका अनुसार बाढीमा परी २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरू बगेको तथ्यांक छ । दुई वटा पुलमा आ...
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२० असार काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ।  महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको  सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने महाशाखाको भनाई छ । छ। त्यसैगरी,आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश, बागमती  र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना ...
आज शनिबार साँझदेखि अति भारीसम्म वर्षा,कुन कुन ठाउँमा ?

आज शनिबार साँझदेखि अति भारीसम्म वर्षा,कुन कुन ठाउँमा ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१४ असार,काठमडौं।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझदेखि पश्चिम नेपालका विभिन्न प्रदेश र अन्य प्रदेशका केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने उल्लेख गरेको छ। महाशाखाद्धारा जारी मनसुन विशेष बुलेटिनमा  शनिवार साँझदेखि  १६ गते बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग,सुदूरपश्चिम प्रदेश,लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका केही स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। यस्तै यी बाहेकका अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमासमेत भारीदेखि धेरै अति भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। जसका कारण भू–क्षय,बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको,ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने,दैनिक जन–जीवन,कृषि, स्वास्थ्य,पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य...