वातावरण

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१ साउन,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा पनि साधरणतया बदली रहेको छ । आज दिउँसो कोशी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा साधरणतया बदली रहनेछ।लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।उता राति पनि देशभर साधरणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जना...
सुरु भयो लोथर–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना

सुरु भयो लोथर–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१८ साउन, चितवन ।चितवनको राप्ती नगरपालिका–१ लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको सुरु गरिएको छ । नेपाल आयाल निगमले सो परियोजनाका लागि शुक्रबार लोथरमा फिल्ड कार्यालय स्थापना गरेसँगै झण्डै १५ अर्बको परियोजना सुरु भएको जनाएको छ । परियोजना प्रमुख इन्जिनियर प्रदिपकुमार यादका अनुसार ५४ महिनाभित्र पाइपलाइन परियोजना सक्ने लक्ष्य रहेपछि ३६ महिनाभित्र नै सक्ने गरी काम अगाडि बढाइने छ। यो परियोजनाको निर्माण भारतीय आयल निगमले गर्नेछ । कुल १५ अर्ब रकम मध्ये ५ अर्ब भारतीय आयल निगमको र १० अर्ब नेपाल आयल निगमले खर्च गर्ने गरी २०८१ असोज १७ मा सम्झौता भएको थियो । पाइपलाइनका लागि ४ अर्ब २८ करोड ८० लाख र लोथरमा निर्माण हुने भण्डारगृहसहितको ग्रीन फिल्ट टर्मिनलका लागि ९ अर्ब ८० करोड ८० लाखभन्दा बढि खर्च लाग्ने निगमले जनाएको छ । भारतसँग २०८० जेठ १...
देशका केही स्थानमा लगातार वर्षाको सम्भावना,सावधानी अपनाउन महाशाखाको आग्रह

देशका केही स्थानमा लगातार वर्षाको सम्भावना,सावधानी अपनाउन महाशाखाको आग्रह

ब्यानर-२, वातावरण
१८ साउन,काठमाडौं। देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ ।नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ। रुकुमपश्चिमको ठूलो भेरी,रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यस्तै,म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र,कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले ले मध्यरातमा ...
फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी,एक जना पक्राउ,१३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी,एक जना पक्राउ,१३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा

अपराध, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
१३ साउन,काठमाडौं–फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–६ बस्ने दोलखा शैलुङ गाउँपालिका–२ घर भएका २८ वर्षीय युवकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। ती युवकलेले काठमाडौं महानगरपालिका–३१ क्षेत्रमा आफू काठमाडौं महानगरपालिकाको फोहोरमैलाको कर्मचारी हुँ भनी रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। उनले हाल सम्म १३ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  ...
रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कलामसीमा वृक्षारोपण,देशभर ५० हजार विरुवा रोपियो

रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कलामसीमा वृक्षारोपण,देशभर ५० हजार विरुवा रोपियो

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल (अर्चना) ११,साउन भक्तपुर।रोटरी क्लब अफ काठमाडौं नर्थले भक्तपुरको सूर्यविनायक नगरपालिका–६,कलामसी क्षेत्रमा वृक्षारोपण  गरेको छ। रोटरी वर्ष २०२५ ÷२६ को शुभारम्भको अवसरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिव २०० वटा विरुवा रोपिएको रोटरी क्लब अफ काठमाडौं नर्थका प्रेसिडेन्ट प्रदिप थापाले जानकारी दिए। ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले सामाजीक सेवामा प्राथमिकता दिएको सात प्रमुख कार्यक्षेत्रमध्ये वातावरण संरक्षण एक महत्वपूर्ण क्षेत्र हो।यस अभियानमार्फत वातावरण संरक्षण र प्रबद्र्धनका लागि समुदायमा हरियाली विस्तार र सचेतना फैलाउने हाम्रो उद्देश्य हो ’ प्रेसिडेन्ट थापाले भने। प्रेसिडेन्ट थापाका अनुसार जलवायु परिवर्तनका चुनौतीहरूलाई कम गर्ने थप उद्धेश्यकासाथ क्लबले यो अभियानलाई थप सशक्त बनाउँदै लगेको हो । क्लबले विगतका वर्षहरूमा पनि यस्ता कार्यक्...
चितवनमा आज ६ घण्ट लोडसेडिङ हुने,तालिका सार्वजनिक

चितवनमा आज ६ घण्ट लोडसेडिङ हुने,तालिका सार्वजनिक

जीवनशैली, बिशेष, वातावरण, समाचार
११ साउन, चितवन । नेपाल विद्युत प्राधिकरणले चितवनमा आज आइतबार हुने लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । भरतपुरस्थित १३२ः३३ केभी सब स्टेशनबाट वितरित विद्युत् लाइनमा अत्यधिक लोड भएको भन्दै तीनवटा मुख्य फिडरहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । अत्यधिक गर्मीका कारण वर्षा नभएपछि निम्नानुसारका तीन फिडरहरुमा विद्युत अवरुद्ध हुने जनाइएको छ । १) नारायणी (माडी) फिडरहरू – बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म २) मेघौली (विजयनगर, शुक्रनगर) फिडरहरू – बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म ३) जगतपुर (रामपुर) फिडरहरू – दिउँसो १२ देखि ३ र राति ९ देखि १२ बजेसम्म प्राधिकरणका अनुसार निर्धारित समयभन्दा अगाडि नै विद्युत आपूर्ति हुनसक्ने पनि बताएको छ ।...
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८ साउन,काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। आज दिउँसो कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमाआंशिक बदली रहनेछ छ। कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी,मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका एक–दुई ...
नारायणघाट–बुटवल सडक निर्माण : एक वर्ष म्याद थप्ने तयारी

नारायणघाट–बुटवल सडक निर्माण : एक वर्ष म्याद थप्ने तयारी

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिए । “निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उनले भने, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।”  निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ ।हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको छ । नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी इञ्जिनियर शिव खनालक...
अर्घाखाँचीमा बँदेल र बाँदरबाट खेती जोगाउन गाउँ गाउँमा हेरालु

अर्घाखाँचीमा बँदेल र बाँदरबाट खेती जोगाउन गाउँ गाउँमा हेरालु

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-१, वातावरण, स्थानीय
अर्घाखाँची । अर्घाखाँचीमा बँदेल र बाँदरबाट खेती जोगाउन गाउँ गाउँमा हेरालु खटाइएको छ । वन्यजन्तुजन्य क्षति न्यूनीकरण तथा किसानको श्रम सुरक्षाका लागि वन कार्यालयले बाँदर र बँदेलबाट खेती जोगाउन २० जना हेरालु नियुक्त गरेको हो । बाँदर र बँदेलको अर्घाखाँचीका किसानहरू मर्कामा परेका छन्। डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा वन व्यवस्थापन कार्यमा सक्रिय रहेका १० वटा सामुदायिक वन समूहसँगको सहकार्यमा सो कार्य गरिएको हो। खेतीबालीमा हरेक वर्ष जस्तो क्षति भइरहेपछि सामुदायिक वन समूहहरूको सहमतिमा आर्थिक साझेदारी हुँदै हेरालु नियुक्त गरिएको हो। हेरालुहरू बाँदर र बँदेल धपाउने कामका लागी साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा परिचालित हुने डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।...
बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३, साउन बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व संकलन हुने लक्ष्य लिएकोमा ...