अन्तर्राष्ट्रिय

‘एनआरएनए’अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

‘एनआरएनए’अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, समाचार
अमेरिका । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एकरएक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो । आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । सङ्घका अगुवाहरुले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले बुधबार जनाएको छ । निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल,...
अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन

अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
३, साउन काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष डा सितलकाजी श्रेष्ठले सम्बोधन गरे । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा जुलाई १८ मा भएको उक्त महासभामा डा श्रेष्ठबाट सार्क भेटेरिनरी एसोसिएसनको पनि प्रतिनिधित्व भएको थियो । महासभामा सम्बोधन गर्दै डा .श्रेष्ठले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरू सँग सहकार्यको आह्वान समेत गरे । साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि खालको कार्यक्रम नेपालले आयोजना गर्न सदैव तयार रहेको कुरा पनि उल्लेख गरे । सम्बोधनकै क्रममा डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्यता लिने प्रतिबद्धता समेत व्यक्त गरे । डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव समेत हुन् । जु...
नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, जेठ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ ९जुलाई १५० मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५० अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२स्०० देखि राति १२:०० बजेसम्म जम्मा १२ घण्टा मात्र विद्युत् निर्यात भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु...
मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक

मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक

अन्तर्राष्ट्रिय, ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
२८, जेठ काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले आज एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५० सार्वजनिक गरेको छ । प्रतिवेदनले मानव विकासका बहु आयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ रु र सम्भावना देखाएको छ, भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ । उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । यसका लागि कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर स्थापना, डिजिटल अर्थतन्त्र र प्रत्यक्ष विदेश...
कोरिया सरकारको सहयोगमा नेपालमा पहिलो पटक हरित ऋणपत्र निष्कासन

कोरिया सरकारको सहयोगमा नेपालमा पहिलो पटक हरित ऋणपत्र निष्कासन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८,जेठ काठमाडौं । कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक हरित ऋणपत्र निष्कासन भएको छ । आज आयोजित विशेष समारोहमा यस्तो जानकारी दिइएको हो । यसका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई ग्लोबल ग्रीनग्रोथ इन्स्टिच्युट (जीजीजीआई) र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी कोइकाको आर्थिक सहयोगमा नेपाल राष्ट्र बैंकलगायत नियामक निकायबाट स्वीकृति लिइएको जानकारी दिइयो । निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८/८९ शीर्षकमा निष्कासन गरिएको ऋणपत्र रु. पाँच अर्ब तीन करोड लाख अमेरिकी डलर बराबरको हुनेछ र सात वर्षको अवधिका लागि वार्षिक छ प्रतिशतका दरले ब्याज प्रदान गरिने छ । ऋणपत्रबाट प्राप्त हुने रकमले नवीकरणीय ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएर सहयोग गरिने र यसले नेपालमा स्वच्छ, हरियाली पूर्वाधार लगानीमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले न...
अमेरिकाबाट डिपोर्ट भएका ४० भन्दा बढी नेपाली चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै

अमेरिकाबाट डिपोर्ट भएका ४० भन्दा बढी नेपाली चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, जेठ काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ४० जनाभन्दा बढी नेपाली आजै चार्टर्ड विमानमार्फत काठमाडौं आउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उनीहरु सवार विमान आइतबार अपराह्न ४स्१५ बजे अवतरण गर्ने तालिका रहेको छ। विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आउने पुष्टि गरे पनि सङ्ख्या भने यकिन नभएको बताए। “हामीलाई १०–१२ दिनअघि नै नेपालीहरु डिपोर्ट हुनेबारे जानकारी आएको थियो, तर सङ्ख्या यकिन थिएन,” न्यौपानेले भने, “विमान अवतरणपछि मात्रै यकिन सङ्ख्या थाहा हुन्छ।” अध्यागमन स्रोतका अनुसार डिपोर्ट हुने नेपालीको सङ्ख्या ४० भन्दा बढी हुन सक्ने अनुमान छ। सुरुमा ४८ जनालाई डिपोर्ट गर्ने तयारी भए पनि केहीको प्रक्रिया रोकिएकाले सङ्ख्या घट्न सक्ने बताइएको छ। अमेरिकाले चार्टर्ड गरेको उक्त विमानले डिपोर्ट गरिए...
अमेरिकामा घरभित्रै मृत भेटिए ४ नेपाली

अमेरिकामा घरभित्रै मृत भेटिए ४ नेपाली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, समाचार
२४, जेठ काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेका छन् । प्रहरीका अनुसार एकै घरका उनीहरु घरभित्रै मृत फेला परेका हुन् । मृत्यु हुनेमा सन्तोष परियार ३८, अञ्जु श्रेष्ठ ३६ र उनका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् ।घटना बिहीबार राति पौने ११ बजेको हो । घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ । ‘हालसम्मको अनुसन्धानबाट हेर्दा यो घटना हत्या गरेर आत्महत्या गरिएको हुन सक्ने देखिएको छ’, मनासस पार्क प्रहरीले भनेको छ । तर, कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन ।छिमेकीहरूका अनुसार सन्तोषको परिवार करिब ६ महिनाअघि मात्र उक्त घरमा भा...
परराष्ट्र मन्त्री डा. राणाद्वारा कतारका विशेष दूतसँग विपिन जोशीको रिहाइबारे पुनः आग्रह

परराष्ट्र मन्त्री डा. राणाद्वारा कतारका विशेष दूतसँग विपिन जोशीको रिहाइबारे पुनः आग्रह

अन्तर्राष्ट्रिय, ताजा अपडेट, वातावरण, समाचार
३, जेठ काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा.राणाले सो आग्रह गरेकी हुन् । परराष्ट्र मन्त्री डा।राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।...
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
१, जेठ काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष सियाओ जी चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन् । १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार राति काठमाडौं आएका उनी नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’मा सहभागी हुनेछन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए । उपसभामुख इन्दिरा रानाको औपचारिक निमन्त्रणामा नेपाल आएका सियाओले काठमाडौं बसाइँको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर लगायतसँग भेट गर्नेछन् । सियाओको सम्मानमा उपसभ...
आज अन्तर्राष्ट्रिय परिवार दिवस

आज अन्तर्राष्ट्रिय परिवार दिवस

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१, जेठ काठमाडौं । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा दिगो विकासका लागि परिवारमुखी नीति नाराका साथ अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै छ । परिवार र परिवार लक्षित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुर्व्यवहार रोकथाम उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । सन् १९८० को दशकमा संयुक्त राष्ट्रसंघले परिवारसँग सम्बन्धित विषयहरूमा ध्यान केन्द्रित गर्न थालेसँगै १९८३ मा आर्थिक तथा सामाजिक परिषद्को सिफारिसको आधारमा सामाजिक विकास आयोगले विकास प्रक्रियामा परिवारको भूमिकासम्बन्धी महासचिवसमक्ष ...