अन्तर्राष्ट्रिय

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ असोज, काठमाडौं ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन्। सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख भएनुसार उनीसहित राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।...
‘हितैको माया’ लिएर नितेशजंग पुगे अमेरिकाको डलास

‘हितैको माया’ लिएर नितेशजंग पुगे अमेरिकाको डलास

अन्तर्राष्ट्रिय, कला, ताजा अपडेट, मनोरन्जन, समाचार
२६ असोज,काठमामडौं ।लोकप्रिय गायक तथा संगीतकार नितेशजंग कुवँरले अमेरिकाको डलासमा सांगीतिक प्रस्तुति दिने भएका छन् । ‘हितैको माया अमेरिका टुर २०२५’ नामक टूर लिएर उनले अक्टोबर २४ तारिखका दिन डलासमा लाइभ कन्सर्ट गर्न लागेका हुन् ।फेम नेपालको प्रस्तुतिमा हुन लागेको यो कार्यक्रम डलास नजिकैको अर्भिङस्थित ‘ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब’मा आयोजना हुने जनाइएको छ। कुँवरको अमेरिका टूरको व्यवस्थापन थ्रिई इन्टरटेनमेन्टले गरेको छ । कुँवरले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।कार्यक्रमको भेन्यू पार्टनरमा ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब रहेको छ भने नेप्रिन्ट्सले कार्यक्रमलाई सपोर्ट गरेको छ। डलास र यस वरपर बसोबास गर्ने नेपाली संगीतप्रेमीका लागि यो कार्यक्रम एक अविस्मरणीय सांगीतिक अनुभव हुने आयोजकको विश्वास छ।...
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेना भयो उत्कृष्ट

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेना भयो उत्कृष्ट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२६ असोज, लन्डन । संयुक्त अधिराज्यको वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ । ३ अक्टोबर देखि १२ अक्टोबर २०२५ सम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको हो ।उक्त अभ्यासमा कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए । नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० जनाको नेपाली टिम अभ्यासमा सहभागी थियो । लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहका अनुसार नेपाली सेनाले क्याम्ब्रियन पट्रोल एक्सरसाइजमा बर्सेनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । गत वर्ष पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । भने,यसअघि सन् २०१७ र २०१९ मा पनि नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । सन् १९६० बाट वार्ष...
अमेरिकी राष्ट्रपति ट्रम्पका मित्र चार्ली कर्कको हत्या

अमेरिकी राष्ट्रपति ट्रम्पका मित्र चार्ली कर्कको हत्या

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
२६ भदौ,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मित्र मानिने चार्ली कर्कको हत्या भएको छ।युटामा आयोजित कार्यक्रममा कन्जभर्टिभ अभियन्ता कर्कको गोली लागेर मृत्यु भएको हो।  कर्क अमेरिकाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा बहस कार्यक्रमका लागि परिचित थिए।कर्कले अमेरिकामा हुने सामूहिक हत्याबारे बोलिरहेका वेला नै घरको छतबाट प्रहार भएको गोली लागेको थियो।   कर्कको हत्याको घटनालाई राष्ट्रपति ट्रम्पले गम्भीररूपमा लिएका छन्। राजनीतिक हिंसाको संज्ञा दिँदै ट्रम्पले संलग्नलाई जसरी पनि खोज्ने पनि बताएका छन्। ...
थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन हुँदै

थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन हुँदै

अन्तर्राष्ट्रिय, ब्यानर-१, समाचार
२० भदौं,काठमाडौंं । थाइल्यान्डमा नयाँ प्रधानमन्त्री चयन गर्न  संसद्‌मा आज मतदान गरिने भएको छ।   देशमा जारी राजनीतिक संकट समाधानका निम्ति ठूला पार्टीहरूले नयाँ प्रधानमन्त्री चयन हुनासाथ चाँडै नै संसद् विघटन गरी आमनिर्वाचन गराउने प्रतिबद्धता गरिरहेका बताइएको छ। देशको संविधानअनुसार सन् २०२० को आमचुनावमा छनोट भएका पाँच उमेदवार मात्र प्रधानमन्त्री पदका निम्ति योग्य छन्। गएको साता थाइल्यान्डको संवैधानिक अदालतले फू थाई पार्टीकी नेता पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाएको थियो।     ...
आज अन्तर्राष्ट्रिय परोपकार दिवस

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौँ ।आज अन्तर्राष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।असमानता,गरिबी र विभिन्न प्रकारका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो । पारदर्शी ढङ्गले निर्धनलाई सहयोग,युवा नेतृत्व विकास,विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवं गरिबीका कारण गाँस,बास र कपासको व्यवस्था नभएकाहरुलाई उदार मनले मद्दत गर्न उक्त विश्व संस्थाले जोड दिएको छ ।  तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ...
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
भदौ १९,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईका अनुसार चिनियाँ राष्ट्रपति सी जिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) समिट तथा विश्वयुद्धको ८० औं वर्षको विजयोत्सवका क्रममा आयोजित सैन्य परेडमा सहभागी हुन प्रधानमन्त्री सपत्नीसहितको टोली स्वदेश फर्किएको छ ।  ...
नेपालका प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता,ससिओ प्लसको शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

नेपालका प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता,ससिओ प्लसको शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६ भदौ,थियानजिन ।सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओस जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा,पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा,परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए। चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा हिजो आइतबार शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरक...
महिला सांसदको घाँटीबाटै सिक्री तानेर लुटेरा फरार

महिला सांसदको घाँटीबाटै सिक्री तानेर लुटेरा फरार

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
१९ साउन,नयाँ दिल्ली।भारतको राजधानी नयाँ दिल्लीको ‘भीआईपी’ एरियामा सोमबार एक महिला सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार लोकसभा सांसद आर सुधा सोमबार ‘मर्निङ वाक’ मा रहेको समयमा उक्त घटना भएको हो । उनले आफ्नो घाँटीबाट सिक्री तानेर लुटेराले लगेको बताएकी छन् ।लुटेरा स्कुटरमा आएको र उसले हेलमेटले अनुहार ढाकेका कारण आफूले पहिचान गर्न नसकेको उनको भनाइ छ। प्रतिकारका क्रममा आफूलाई विभिन्न ठाउँमा चोटसमेत लागेको पनि उनले उल्लेख गरेकी छिन् । घटना लगत्तै उनले गृहमन्त्री अमित शाहलाई पत्र लेखेर जानकारी गराएकी छन् ।उनले चाणक्यपुरीजस्तो दिल्लीको सुरक्षित क्षेत्रमा एक महिला सांसदमाथि यसप्रकारको घटना हुन्छ भने महिलाहरू कहाँ सुरक्षित हुन सक्छन् भनेर प्रश्नसमेत गरेकी छन्। दिल्ली प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ।समाचार स्रोत ः एजेन्सी ...
एम्बुलेन्समै महिलामाथि बलात्कार,चालकसहित २ जना पक्राउ

एम्बुलेन्समै महिलामाथि बलात्कार,चालकसहित २ जना पक्राउ

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
११ साउन,काठमाडौं । बिहार । बिहारको गयामा होमगार्ड भर्ती प्रक्रियामा सहभागी एक महिलामाथि एम्बुलेन्सभित्रै बलात्कार भएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले एम्बुलेन्सका चालक र थप एक जनालाई नियन्त्रणमा लिएको छ। गयाका सहर प्रहरी सुपरिटेन्डेन्ट रामानन्द कुमार कौशलका अनुसार बोधगयास्थित बीएमपी–१७ को परिसरमा होमगार्ड भर्तीका लागि दौड परीक्षण हुँदै थियो। दौडका क्रममा एक महिला उम्मेदवार बेहोस भएपछि उनलाई तत्कालै एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो। ‘महिला उम्मेदवार बेहोस भएपछि त्यहाँ उपस्थित प्रहरी र अन्य व्यक्तिहरूको सहयोगमा उनलाई अस्पताल लैजाने व्यवस्था गरियो,’ एसपी कौशलले भने। तर अस्पताल पुगेपछि दिउँसो करिब २ः३० बजे ती महिलाले एम्बुलेन्समा बलात्कार र दुर्व्यवहार भएको बताइन्। दुवै शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ तर प्रहरीले आरोपितहरुबाट सन्तोषजनक जवाफ नपाएको...