जीवनशैली

आज ३ सय रुपैयाँले बढ्यो सुन

आज ३ सय रुपैयाँले बढ्यो सुन

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१३ माघ,काठमाडौं ।मंगलबार पनि सुनको भाउ बढेको छ ।भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।अघिल्लो दिन सोमबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो । त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।    ...
नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर

नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
१२ माघ ,काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्। सम्झौताले नेपाली श्रमिकहरूको सेवा सुविधा,सुरक्षा,सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साउदीको रियादमा साधारण श्रमिक  (General Workers)  को सुरक्षित,व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।...
काठमाडौं–ल्हासा पुनः बस सञ्चालन सहमति

काठमाडौं–ल्हासा पुनः बस सञ्चालन सहमति

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, राजनीति, वातावरण, समाचार
१० माघ,काठमाडौं । नेपाल–चीन वाणिज्य सचिव स्तरीय बैठकले काठमाडौं–ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने सहमित गरेको छ । बैठकले पूर्वाधार निर्माणलाई गति दिने सहमति पनि गरेको छ ।हालै चीनको ल्हासामा सम्पन्न तेस्रो वाणिज्य सचिव स्तरीय बैठकमा द्विपक्षीय व्यापार,लगानी,पारवहन,भन्सार सहजीकरण,प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकास सम्बन्धी विविध विषयमा बृहत छलफल भएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले गरेका थिए ।चीनियाँ प्रतिनिधिमण्डलको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंक, ल्हासास्थित नेपाली महावाणिज्यदूतावास, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी थिए । चिनियाँ प्रतिनिधिमण्डलमा सिजाङ स...
पातलो प्लास्टिक झोला उत्पादन गर्ने र बेच्ने ४ उद्योगलाई जरिबाना

पातलो प्लास्टिक झोला उत्पादन गर्ने र बेच्ने ४ उद्योगलाई जरिबाना

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२३ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण प्रदूषण न्यूनीकरणका लागि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि बजारमा यसको प्रयोग नरोकिएपछि विभागले उद्योगमै पुगेर अनुगमन थालेको छ । विभागले गरेको निरीक्षणका क्रममा ती उद्योगहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ ९२० ९क० र दफा ३८ ९ङ० बमोजिमको कसुर गरेको ठहर भएको थियो ।कारबाहीमा पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ स्थित औद्योगिक क्षेत्रमा रहेका प्रज्ञा प्लास्टिक उद्योग र श्री विन्दवासिनी प्लास्टिक उद्योग रहेका छन् । यी दुवै उद्योगलाई विभागले जनही २ लाख रुप...
टोखाका व्यापारी चाकु बनाउन व्यस्त

टोखाका व्यापारी चाकु बनाउन व्यस्त

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्थानीय
२२ पुस, काठमाडौं । माघे संक्रान्ति नजिकिंदै गर्दा काठमाडौंको टोखा क्षेत्रका उद्योगी व्यवसायीहरू चाकु बनाउन व्यस्त देखिन्छन् । विशेष गरि माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन रहिआएकोले यो समय त्यस क्षेत्रमा सञ्चालित चाकु उत्पादन गर्नै उद्योगहरुमा कर्मचारीहरुलाई भ्याइनभ्याइ हुने गर्दछ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यस्’ को अर्थ ‘फल्ने ठाउँ’ भन्ने बुझिन्छ । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । नेवारी समुदायको बहुल्यता रहेको टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । यो समयमा चाकुको माग अत्यधिक हुने गर्दा बजारसम्म पुर्‍याउन भ्याइनभ्याइ हुने गरेको उद्योगीहरूको भनाई छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेत...
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर मनाइँदैछ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको छ ।यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर...
राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ असोज, काठमाडौं ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन्। सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख भएनुसार उनीसहित राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।...
बैंकहरूले सीएसआरको रकम जेनजी आन्दोलन पीडितमाथि खर्च गर्न पाउने

बैंकहरूले सीएसआरको रकम जेनजी आन्दोलन पीडितमाथि खर्च गर्न पाउने

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२९ असोज,काठमाडौं ।बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा भएको रकम जेनजी आन्दोलनका घाइते र पीडितको हितमा खर्च गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सीएसआर मार्गदर्शन संशोधन गरी जेनजी आन्दोलन घाइतेको उपचार तथा रोजगारका लागि पनि खर्च गर्न पाउने भएका हुन्। केन्द्रीय बैंकले मार्गदर्शनमा थप गर्दै सीएसआरको रकमबाट जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी अस्पताललाई उपलब्ध गराइने खर्च पनि गणना गर्न सकिने बनाएको छ। त्यसैगरी जेनजी आन्दोलनमा शहीद भएका व्यक्ति, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउन संस्थामा समेत लगानी गर्न सक्ने व्यवस्था थप गरेको छ ।  ...
फेसबुक अकाउन्ट अब ह्वाट्सएपसँग जोड्न सकिने

फेसबुक अकाउन्ट अब ह्वाट्सएपसँग जोड्न सकिने

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, विचार, शिक्षा, समाचार
२९ असोज, काठमाडौं। सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ। यसै क्रममा मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ। यसअघि केवल इन्स्टाग्राम मात्रै लिंक गर्ने सुविधा रहेकोमा अब ह्वाट्सएपमा फेसबुक पनि जोड्न सकिनेछ। यो फिचरले प्रयोगकर्तालाई आफ्नो पहिचान सत्यापित गर्न तथा अरुसँग सहज रुपमा जोडिनका लागि सहयोग गर्नेछ। यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सनमा मात्रै सुरुवात गरिएको छ । बिटा भर्सन परीक्षण गर्ने कतिपय प्रयोगकर्ताले यसको पुष्टि गरेका छन् । यसअघिसम्म यो सुविधा केवल ह्वाट्सएप बिजनेस अकाउन्टहरुमा मात्रै सीमित थियो, जहाँ भेरिफाइड सोसल मिडिया लिंक्स मात्रै देखिन्थे । अब चाहीँ सामान्य प्रयोगकर्ताले पनि आफ्नो फेसबुक प्रोफाइललाई ह्वाट्सएपमा ...
उच्च मनोबलका साथ व्यवसाय सञ्चालन गर्ने उद्योगीलाई सरकारको आग्रह

उच्च मनोबलका साथ व्यवसाय सञ्चालन गर्ने उद्योगीलाई सरकारको आग्रह

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
३१ भदौ,काठमाडौँ । निजी क्षेत्रलाई उच्च मनोबलका साथ आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गरेको छलफलपश्चात सोमबार एक विज्ञप्ती जारी गर्दै  मुलुकलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् । उनले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि बताएका छन् । आउँदै गरेको चाडपर्वलाई मध्य्नजर गर्दै आवश्यक खाद्यान्नलगायतका सामग्री पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने पनि विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयले माग,आपूर्ति र प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न तथा नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, बिक्रेतालगायत सरोकारवाला सबैलाई...