२६भदौ, काठमाडौं ।नेपाली सेनाले काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको छ ।
सेनाले यी तीन जिल्लामा अत्यावश्यक कार्यको लागि आवागमन गर्न सकिने समय पनि निर्धारण गरेको छ ।
हेर्नुहोस् ः नियम
भदौ १५, २०८२, ०८:२७ मा प्रकाशितभदौ १५, २०८२, ०८:२७ मा प्रकाशितभदौ १५, २०८२, ०८:२७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५ भदौ,सुदूरपश्चिम प्रदेश। खासगरी सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ ।
हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला(आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको छ।
सरकारले गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।
बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा(विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन्।हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन्।जानकारहरुका अनुसार तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यस अवसरमा महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्।
गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ।
गौराको उत्पत्ति...
साउन २७, २०८२, १२:४७ मा प्रकाशितसाउन २७, २०८२, १२:४७ मा प्रकाशितसाउन २७, २०८२, १२:४७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२७ साउन,काठमाडौं ।नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन्।
दर्ता गरिएको संशोधन प्रस्तावले विधेयकमा समावेश अस्पष्ट प्रावधानहरू सच्याउने अपेक्षा गरिएको छ। विधायन व्यवस्थापन समितिले सोमवारदेखि विधेयकमाथि छलफल थालेको छ।
विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोवास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने’ व्यवस्था राखिएको छ।
त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्थ...
साउन २१, २०८२, ०८:३९ मा प्रकाशितसाउन २१, २०८२, ०८:३९ मा प्रकाशितसाउन २१, २०८२, ०८:३९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२१ साउन,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ।
जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा पनि साधरणतया बदली रहेको छ ।
आज दिउँसो कोशी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा साधरणतया बदली रहनेछ।लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।उता राति पनि देशभर साधरणतया बदली रहनेछ ।
कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जना...
साउन १८, २०८२, ०७:५३ मा प्रकाशितसाउन १८, २०८२, ०७:५३ मा प्रकाशितसाउन १८, २०८२, ०७:५३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१८ साउन,काठमाडौं ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्षसम्म रहने भएको छ ।यो विषय सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।
जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।
संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने र लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्याइएको छ ।
यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।...
साउन १८, २०८२, ०७:३४ मा प्रकाशितसाउन १८, २०८२, ०७:३४ मा प्रकाशितसाउन १८, २०८२, ०७:३४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१८ साउन,काठमाडौं ।हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिँदै आएकोमा
अब सेयर कारोबारमा ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी) लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशनसँगै नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको छ ।
अब ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने छ ।
साथै यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेका सेवाग्राहीलाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउने गरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले समेत नयाँ खाता खोल्नेलाई राष्ट्रिय परिचयपत्र नम्बर ...
साउन ११, २०८२, ०८:२७ मा प्रकाशितसाउन ११, २०८२, ०८:२७ मा प्रकाशितसाउन ११, २०८२, ०८:२७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
सीता पौडेल (अर्चना) ११,साउन भक्तपुर।रोटरी क्लब अफ काठमाडौं नर्थले भक्तपुरको सूर्यविनायक नगरपालिका–६,कलामसी क्षेत्रमा वृक्षारोपण गरेको छ।
रोटरी वर्ष २०२५ ÷२६ को शुभारम्भको अवसरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिव २०० वटा विरुवा रोपिएको रोटरी क्लब अफ काठमाडौं नर्थका प्रेसिडेन्ट प्रदिप थापाले जानकारी दिए।
‘रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले सामाजीक सेवामा प्राथमिकता दिएको सात प्रमुख कार्यक्षेत्रमध्ये वातावरण संरक्षण एक महत्वपूर्ण क्षेत्र हो।यस अभियानमार्फत वातावरण संरक्षण र प्रबद्र्धनका लागि समुदायमा हरियाली विस्तार र सचेतना फैलाउने हाम्रो उद्देश्य हो ’ प्रेसिडेन्ट थापाले भने।
प्रेसिडेन्ट थापाका अनुसार जलवायु परिवर्तनका चुनौतीहरूलाई कम गर्ने थप उद्धेश्यकासाथ क्लबले यो अभियानलाई थप सशक्त बनाउँदै लगेको हो ।
क्लबले विगतका वर्षहरूमा पनि यस्ता कार्यक्...
साउन ११, २०८२, ०६:२१ मा प्रकाशितसाउन ११, २०८२, ०६:२१ मा प्रकाशितसाउन ११, २०८२, ०६:२१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
११ साउन, चितवन । नेपाल विद्युत प्राधिकरणले चितवनमा आज आइतबार हुने लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।
भरतपुरस्थित १३२ः३३ केभी सब स्टेशनबाट वितरित विद्युत् लाइनमा अत्यधिक लोड भएको भन्दै तीनवटा मुख्य फिडरहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो ।
अत्यधिक गर्मीका कारण वर्षा नभएपछि निम्नानुसारका तीन फिडरहरुमा विद्युत अवरुद्ध हुने जनाइएको छ ।
१) नारायणी (माडी) फिडरहरू – बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म
२) मेघौली (विजयनगर, शुक्रनगर) फिडरहरू – बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म
३) जगतपुर (रामपुर) फिडरहरू – दिउँसो १२ देखि ३ र राति ९ देखि १२ बजेसम्म
प्राधिकरणका अनुसार निर्धारित समयभन्दा अगाडि नै विद्युत आपूर्ति हुनसक्ने पनि बताएको छ ।...
साउन ९, २०८२, ११:५४ मा प्रकाशितसाउन ९, २०८२, ११:५४ मा प्रकाशितसाउन ९, २०८२, ११:५४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं ।काठमाडौंको तारकेश्वर नगरपालिकाले ज्येष्ठ नागरिकको भावना सम्बोधन गर्न एउटा नविनतम सोचसँगै ज्येष्ठ नागरिक विद्यालय स्थापना गरेको छ।
नगरपालिकाले ज्येष्ठ नागरिक विद्यालय बनाउने प्रस्ताव संघ सरकारसमक्ष राखेपछि संघ सरकारको विशेष अनुदानमा ज्येष्ठ नागरिक विद्यालय बनाउन नगरपालिका सफल भएको छ ।
नगरपालिकाको वडा नम्बर ६ स्थित पैंयुटार,बङ्गलामुखी मन्दिर नजिक जेष्ठ नागरिक स्कुलको पहिलो भवन बनिसकेको छ ।दोस्रो भवन बनाउने काम भइरहेको नगर प्रमुख कृष्णहरि महर्जनले बताए।
नगर प्रमुख महर्जनका अनुसार संघ सरकारको कुल ३ करोड बजेटबाट भवन बनाउन लागिएको हो। ‘ज्येष्ठ नागरिकले एक्लो महसुस गर्नु नपरोस् भनेर विद्यालय खोल्न लागेका हौँ,’ महर्जनले भने ।
विद्यालय निर्माणको काम सकिएपछि नगर भित्रका ज्येष्ठ नागरिक विद्यालय जानेछन्।
‘ज्येष्ठ नागरिकलाई लिन घरघरमै बस जान्छ ।विद्यालय आएपछि उहाँहरूलाई मन लाग...
असार ३१, २०८२, १९:३३ मा प्रकाशितअसार ३१, २०८२, १९:३३ मा प्रकाशितअसार ३१, २०८२, १९:३३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
सीता पौडेल (अर्चना)
३१ असार,काठमाडौं । अजिमा समर स्काउट मिट - २०८२ सञ्चालन भएको छ ।अजिमा स्काउट क्रृयुले मानसिंह धर्म स्काउट ट्रुपसँगको सहकार्यमा काठमाडौंको तारकेश्वर नगरपालिकाका विभिन्न विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
नगरपालिकाको वडा नं. १० स्थित मानसिंह धर्म माध्यामिक विद्यालय (मा.वि.)मा ट्रुपका स्काउटरहरुलाई लक्षित गरेर क्रृयुले यहि असार ३१ गतेदेखि सप्ताहव्यापी समर मिट संचालन गरेको अजिमा स्काउट क्रृयुका अध्यक्ष एवं मानसिंह धर्म स्काउट ट्रुपका सदस्यसचिव जितेन श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा सञ्चालन भइरहेको सो कार्यक्रम आउँदो श्रावण ५ गतेसम्म जारी रहनेछ ।सो कार्यक्रममा मानसिंह धर्म स्काउट ट्रुप र कालिकाशरण स्काउट ट्रुपबाट गरी कुल ८० जना स्काउटरहरुले सक्रिय सहभागीता जनाइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
हरेक दिन दुई चरणमा सञ्चालन ह...