जीवनशैली

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

जीवनशैली, ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
२७, जेठ काठमाडौं । गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता थपिन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पुर्‍याइरहेको हुन्छ । पसिना धेरै आउने भएकाले गर्मीयाममा दिनदिनै नुहाउनु पनि पर्ने हुन्छ । यसका साथै छालालाई स्वस्थ राख्न अन्य विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ । नुहाइसकेपछि शरीरमा बडी लोसन लगाउनुपर्छ । जसले छालालाई सुख्खा हुन दिंदैन । यसले घामबाट हुने एलर्जी, छालामा हुने सुख्खापनबमाट जोगाउँछ र छालालाई मुलायम बनाइराख्छ । हरेक दिन बिहान र बेलुका दुईपटक फेसवासले अनुहार धुने गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको दिनभरिको धुलोमैलोलाई सफा गर्छ भने छालालाई फ्रेस बनाउँछ । सादा पानीले मात्र मुख धुँदा मुखमा जमेका फोहोर नपाल्न सक्छ । जसकारण मुखमा डन्डीफोर, एलर्जी जस्ता समस्या निम्त्याउन सक्छ ।छालालाई मुलायम बनाइराख्न मोइस्चराइजर क्रिम प्रभावकारी ह...
अबको दुई दिन अत्याधिक गर्मी हुने,लुम्बिनीमा तातो हावाको लहर फैलन सक्ने

अबको दुई दिन अत्याधिक गर्मी हुने,लुम्बिनीमा तातो हावाको लहर फैलन सक्ने

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१० वैशाख,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तराईका क्षेत्रमा आगामी २ दिन अत्याधिक गर्मी हुने जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा तातो हावाको लहरसमेत फैलन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।तातो हावाको लहरसम्बन्धी महाशाखाले बुधवार राति विषेश बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो। महाशाखाले आगामी दुई दिनसम्म मधेश प्रदेशलगायत बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायतका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी २ दिन लुको समेत सम्भावना रहेको हुनाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।...
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’

सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’

जीवनशैली, ताजा अपडेट, बिशेष, विचार, समाचार
३ बैशाख ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताएका छन् । मन्त्रालयमा बुधबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले शिक्षा क्षेत्रको व्यवस्थापनका लागि विधेयक ल्याउनु अनिर्वाय रहेको बताए । मन्त्री गुरुङले शिक्षकको समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै ‘फास्ट ट्र्याक’ अपनाएर विधेयक पास गर्ने सरकारको तयारी रहेको जानकारी दिए । “शिक्षा क्षेत्रमा थुप्रै समस्या छन्, त्यसको व्यवस्थापन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विधेयक पास गर्ने तयारीमा छौँ”, मन्त्री गुरुङले भने ।मन्त्री गुरुङका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल शिक्षक महासङ्घले उठाएका मागप्रति नेपाल सरकार संवेदनशील रहेको र मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा...
बालाजु बाइसधारा मेलाको तयारी पुरा,चिटिक्क प¥यो बालाजु बाइसधारा क्षेत्र

बालाजु बाइसधारा मेलाको तयारी पुरा,चिटिक्क प¥यो बालाजु बाइसधारा क्षेत्र

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल (अर्चना)२८ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेलाको तयारी पुरा भएको छ ।यस अवसरमा बालाजु बाइसधारा परिसर सरसफाई,रंगरोगन र सजावट गरि चिटिक्क पारिएको छ । बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले आज बिहिबार बाइसधारा परिसरमा पत्रकार सम्मेलन गरेर पर्सि ३० गते शनिबार,चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा मेला व्यवस्थापनको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाश बलामीले काठमाडौं महानगरपालिका वडा नं १६ को बालाजुमा रहेको बाइसधारा धार्मिक,सांस्कृतिक,पर्यटकीय एवम् ऐतिहासिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको बताए। उनले बालाजु बाइसधारालाई नेवार समुदायले ल्हुती पुन्ही मेलाका रुपमा मान्दै आएको पनि उल्लेख गरे । वि.सं. १८१२ तिर (नेपाल संवत् ८७५ ) मा कान्तिप...
जेरी बनिन् योगमाया सखी,नागार्जुनको नागभूषण महादेव मन्दिरमा हुने महायज्ञमा पहिलो पटक कथा वाचन गर्दै

जेरी बनिन् योगमाया सखी,नागार्जुनको नागभूषण महादेव मन्दिरमा हुने महायज्ञमा पहिलो पटक कथा वाचन गर्दै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, विचार, समाचार
सीता पौडेल ९ माघ,काठमाडौं ।चर्चित लोकदोहोरी गायिका बबिता बानिया (जेरी) कथाबाचक ‘योगमाया सखी’ बनेकी छन् । पछिल्लो समय अध्यात्मको बाटोलाई आत्मसाथ गर्दै उनले आफ्नो गायीकाको परिचयमा अर्का एक परिचय थप्दै ‘योगमाया सखी’ का रूपमा पनि आफूलाई चिनाउन लागेकी हुन् । काठमाडौंको नागार्जुन नगरपालिका–१,रानीवनस्थित नागभूषण महादेवको मन्दिर परिसरमा श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपालको आयोजनामा हुन लागेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा उनले पहिलो पटक कथा वाचन गर्दै छन् । यहि माघ २२ गतेदेखि माघ ३० गतेसम्म हुने सो महायज्ञमा २० हजार भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।    ...
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जीवनशैली, ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
१९, मंसिर काठमाडों । जाडोमा छाला सुक्खा हुने, फुट्ने, घाउ हुने सम्भावना बढी रहन्छ । छाला का यी समस्याबाट बच्न छालाको हेरविचार गर्नु पर्ने आवश्यक हुन्छ । जाडो महिना भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चराइजेर छालामा लगाईराख्ने । तेल भएका मोइस्चराइजेरले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाई राख्छ । अल्कोहल र पानी भएका मोइस्चराइजेर लगाउनु हुन्न । यिनीहरुले छाला झन् सुक्खा बनाउने गर्दछन् ।जाडो याममा मनतातो पानीले थोरै समय लगाएर नुहाउने र नुहाउने बेला मा धेरै तातो पानीले लामो समय लगाएर ननुहाउने । धेरै तातो पानीले छालामा भएका प्राकृतिक तेलहरु लाई नाश गर्दछ र तेलको मात्रा घटाई छालालाई थप सुक्खा बनाउँछ । धेरैै मानिसहरु जाडोमा न्यानो रहनको लागि घण्टौ घाम ताप्छन् । लामो समय घाम ताप्नाले घामले छाला ढड्न गइ चायाँ पोतो समेत आउन सक्छ।यी जोखिमवाट बच्न जाडोमा धेरे बेर घाम नताप्ने, घाम ...
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको ढिलाईमा बोल्यो सरकार : प्रधानमन्त्रीले दिए ठेक्का तोड्ने चेतावनी

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको ढिलाईमा बोल्यो सरकार : प्रधानमन्त्रीले दिए ठेक्का तोड्ने चेतावनी

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
३० कात्तिक,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा ढीलाई भएको भन्दै आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन्। रुपन्देही,नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरु सहित हिजो बिहिबार भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्। उनको सचिवालयले जनाएनुसार सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुग्ने बताएका छन् ।छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा बाध्यतावस ठेक्का तोड्नुको विकल्प नहुने बताएका छन्। उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट गलत भएको जिकिर गरेका छन्। ‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन।त्यस क्षेत्रका बासिन्...
नेपालमा दर्ता भयो टिकटक,‘भाइबर’ र ‘वी टक’पनि दर्ता,अन्य दर्ताको प्रकृयामा

नेपालमा दर्ता भयो टिकटक,‘भाइबर’ र ‘वी टक’पनि दर्ता,अन्य दर्ताको प्रकृयामा

जीवनशैली, ताजा अपडेट, मनोरन्जन, समाचार
२२ कार्तिक,काठमाडौं।सामाजिक सञ्चाल ‘टिकटक’ नेपालमा आधिकारिक रुपमै दर्ता भएको छ। मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक रूपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचीकरण भएको हो।सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने,व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ। मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो। मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले मङ्गलबार टिकटक प्लेटर्फम विधिवत रूपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिइन्।...
फोहोरबाट मोहोर कमाउँदै मध्यविन्दु नगरपालिका

फोहोरबाट मोहोर कमाउँदै मध्यविन्दु नगरपालिका

कृषि, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
२२ कार्तिक,नवलपरासी।नवलपरासी (बर्दघाट –सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले फोहोरलाई मोहोर बनाउन शुरु गरेको छ। पालिकाले सङ्कलित फोहरमध्ये कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको हो। पालिकामा स्थापित केन्द्रबाट फोहर व्यवस्थापनसँगै हाल परीक्षणका रूपमा उत्पादन गरिएको र जैविक मल बिक्री सुरु गरेको नगरपालिकाकाले जनाएको छ। नगरपालिकाले उत्पादन गरेको जैविक मल नगरस्तरीय सरसफाइ प्रवर्द्धन समितिको निर्णयअनुसार प्रतिकिलोग्राम रु २२ मा बिक्री सुरु गरिएको छ।नगरपालिकाको सरसफाइ कार्ड लिनेका लागि भने एक सय किलोसम्म मल खरिद गर्दा प्रतिकिलो रु पाँच छुट प्रदान गर्ने नियम बनाइएको छ। उत्पादित मल चोरमारामा रहेको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ।सो नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नाइट्रोजन, फस्फोरस र पोटासियमलगायत अन्य तत्वको मापदण्ड तो...
सुरु भयो छठ पर्व,आज नहाय खाय

सुरु भयो छठ पर्व,आज नहाय खाय

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२० कात्तिक,काठमाडौं।सूर्यदेवको उपासना गर्दै चार दिनसम्म मनाइने छठ पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको छ । आज पहिलो दिन नहाय खाय मनाइँदै छ।आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने चलन छ । त्यस्तै दोस्रो दिन भोलि खरना गर्ने चलन छ । यस क्रमममा भोलि साँझ ब्रतालुले चामल,सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना गर्नेछन् ।भने,तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो ।यो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा छ। अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । यस दिनलाई पारन् भन्ने गरिन्छ । पारिवारिक सुख,शान्ति,समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने छठ पर्वमा प्रसादको रुपमा ठकुवा,भुसुवा, केरा,खाजा,उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि चढाउने गरिन्छ । यस अवसरमा नदी,पोखरी तथा ज...