जीवनशैली

महाशिवरात्रीका दिन बिहान २ बजे पशुपति मन्दिरका ४ वटै ढोका खोलिने

महाशिवरात्रीका दिन बिहान २ बजे पशुपति मन्दिरका ४ वटै ढोका खोलिने

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
२९ माघ,काठमाडौं ।पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको पूर्वसन्ध्यामा बिहीबार पत्रकार सम्मेलन गर्दै महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको जानकारी दिएको छ । पाशुपत क्षेत्रमा मदिरा,गाँजा,भाङ,चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्नरनगराउन समेत कोषले सचेत गराएको छ । महाशिवरात्री मनाउन पशुपतिनाथ मन्दिरमा बिभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको पनि कोषले जनाएको छ । कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।महशिवरात्री फाल्गुन ३ गते आइतबार मनाइदैछ ।...
निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता,प्रथम पुरस्कार ५० हजार,अन्य कति ?

निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता,प्रथम पुरस्कार ५० हजार,अन्य कति ?

जीवनशैली, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२७ माघ,काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ। निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ।प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ ।पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगको भनाइ छ।भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ। भिडियोमा निर्वाचन प्रचारप्रसार,आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ।एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ।त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल मा पठाउनु पर्ने आयोगले स्पष्ट पारेको छ।  ...
आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय : गृहमन्त्री

आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय : गृहमन्त्री

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२२ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता सङ्कटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । सेवा विस्तारसँगै डिजिटल सेवा,डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पुर्‍याएको उनको भनाइ छ ।  “नविनतम प्रविधिको आधारमा गुणस्तरीय सेवा प्रवाह गर्नु समयको आवश्यकता भएको छ,” उनले भने,“नयाँ–नयाँ प्रविधिमा आधारित सेवाको विकास गर्दै सार्वजनिक दायित्व र नवप्रवर्तनलाई सन्तुलनमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउनु सेवाग्राहीको हक र अधिकार हो ।” सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले...
बेनीदेखि दिल्लीसम्म बस सेवा सुरु

बेनीदेखि दिल्लीसम्म बस सेवा सुरु

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार, स्थानीय
२१ माघ,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्लीसम्म बस सेवाको सुरुवात भएको छ।मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आज बुधबारदेखि देखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ,भैरहवा,अयोध्या,आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बस सेवाको शुभारम्भ गरेका छन्। “बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ”,उनले भने,“बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ।” बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ । ४५ जनाको बसको क्षमता रहेको छ।बेनी–दिल्लीको दूरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् ।यसअघि म्याग्दीबाट भारत ...
एकैदिन १४ हजार ४०० ले बढ्यो सुन

एकैदिन १४ हजार ४०० ले बढ्यो सुन

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ माघ,काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको भाउ फेरि हावात्तै बढेको छ ।बुधबार अघिल्लो दिनको तुलनामा  १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।हिजो मंगलबार प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी,आज चाँदी पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ ।मूल्य बढेसँगै  प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
आज विश्व क्यान्सर दिवस : विश्वमा हरेक वर्ष १० लाखको मृत्यु

आज विश्व क्यान्सर दिवस : विश्वमा हरेक वर्ष १० लाखको मृत्यु

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
२१ माघ,काठमाडौं ।आज विश्व क्यान्सर दिवस हो ।क्यान्सर रोगप्रति चेतना अभिवृद्धि गर्ने,यसको रोकथाम,समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर ‘विश्व क्यान्सर दिवस’ विविध चेतनामूलक कार्यक्रमहरु गरि मनाउने गरिन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान,तमाखु सेवन,अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् । अन्य कारणमा एचआइभीरएड्स, हेपाटाइटिस बी,एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन्।विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने,रंग्याउने रसायन,एसबेस्टस तथा प्रदूषित वातावरण प...
आमाको नामबाट पहिलोपटक नागरिकता

आमाको नामबाट पहिलोपटक नागरिकता

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१९  माघ,सर्लाही ।सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ । नेपाल नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली,२०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो। लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई सोमबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले अंगीकृत नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कडरियाका अनुसार यसअघि कानुनी अस्पष्टता र प्रक्रियागत जटिलताका कारण बाबुको पहिचान नखुलेको वा बाबु विदेशी भएको अवस्थामा नागरिकता प्राप्त गर्न कठिनाइ हुँदै आएको थियो । तर पछिल्लो संशोधित कानुनी व्यवस्थाले आमाको नागरिकता,वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातका आधारमा नागरिकता प्रदान गर्ने बाटो खुलेपछि यो प्रकृया सहज भएको उनको भनाई छ।...
स्वस्थानी व्रत कथा समापन गरिँदै

स्वस्थानी व्रत कथा समापन गरिँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
१८ माघ,काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिदैछ । पौष शुक्ल पूर्णिमादेखि सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।त्यस दिनदेखि स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिएको थियो। विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी,१०८ पान,१०८,  १०८ फलफूल,१०८ अक्षता विभिन्न थरिका फूल,धुप,बत्ती,नैवेद्य,श्रीखण्ड,रक्तचन्दन,सिन्दूर, वस्त्र,भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिन्छन् र चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई,पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मि...
मट्टितेल र डिजेलको मूल्य बढ्यो

मट्टितेल र डिजेलको मूल्य बढ्यो

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
१७ माघ,काठमाडौं ।नेपाल आयल निगमले मट्टितेल र डिजेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले मट्टितेल र डिजेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो । नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।  ...
आज ३ सय रुपैयाँले बढ्यो सुन

आज ३ सय रुपैयाँले बढ्यो सुन

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१३ माघ,काठमाडौं ।मंगलबार पनि सुनको भाउ बढेको छ ।भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।अघिल्लो दिन सोमबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो । त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।    ...