जीवनशैली

अनलाइनखबरले आज ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक गर्दै

अनलाइनखबरले आज ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक गर्दै

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२३ चैत, काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची आज सोमबार सार्वजनिक गर्दैछ । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष आम निर्वाचन (फागुन २१) को चटारोका कारण केही समय ढिलो गरी सार्वजनिक गर्न लागिएको हो । अनलाइनखबर ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण हो । ललितपुरको द प्लाजामा आयोजना हुने विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गर्नेछिन् । यस सूचीमा नेपाली राजनीति, समाज, कलारसाहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् । अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान गरेको थियो ।...
वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

जीवनशैली, ताजा अपडेट, पर्यटन, समाचार, स्थानीय
२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । साझा यातायातसँगको सहकार्यमा यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।...
पेट्रोलको मूल्य २०० नाघ्यो, डिजल १८० रुपैयाँ

पेट्रोलको मूल्य २०० नाघ्यो, डिजल १८० रुपैयाँ

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२० चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । आज शुक्रबार बिहानैदेखि लागू हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजल र मट्टीतेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ ।  ...
यी २४ जना सांसदले मातृभाषामा शपथ लिने

यी २४ जना सांसदले मातृभाषामा शपथ लिने

जीवनशैली, ताजा अपडेट, बिशेष, राजनीति, शिक्षा, समाचार
१० चैत,काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित २४ सांसदले मातृभाषामा शपथ लिने भएका छन् । पर्सि चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा उनीहरुले आफ्नो भाषामा शपथ लिने संसद सचिवालयले उल्लेख गरेको छ । संघीय संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेलाई ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो ।उनीहरुले रोजेको मातृभाषाको संख्या ११ रहेको छ । यी हुन् मातृभाषामा शपथ लिने सांसदहरूः १. तामाङ भाषा परशुराम तामाङ २. नेपाल भाषा  अनुष्का श्रेष्ठ कृष्णभक्त शाक्य गंगालक्ष्मी अवाल मदनकृष्ण श्रेष्ठ रुकेश रञ्जित विराजभक्त श्रेष्ठ ३. डोटेली भाषा आकृति अवस्थी दीपकराज बोहरा हरिनादेवी कामी ४. मैथिली भाषा उज्जवलकुमार झा दीपककुमार साह महोत्तरी दीपककुमार साह सुनसरी प्रमोदकुमार महतो मातृका यादव सीताराम साह ५. भोजपुरी भाषा कन्हैया बनिया ६. थारु भाषा गीता चौधरी प्रमिलाकुमा...
भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
६ चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्सपो सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा एक्स्पो सुरु भएको हो । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ बिहिबारदेखि सुरु भएको फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल–११, प्रतिस्पर्धा स्टल–दुई, फुड स्टल–दुई, ल्यान्डस्केप स्टल–एक, सेल्फी स्टल–एक, बी वाई डी इभी कारको स्टल एकसहित गरी जम्मा ८३ ओटा स्टल रहेको आयोजकले जनाएको छ । एक्स्पो आइतबाररसम्म सञ्चालन हुने जनाइएको छ ।...
तोलामा २ हजार २ सयले घट्यो सुन,आज कतिमा हुँदैछ कारोबार ?

तोलामा २ हजार २ सयले घट्यो सुन,आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
४ चैत, काठमाडौं ।आज बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ५ हजार ३३५ रुपैयाँ थियो । गत माघ १५ गते सुनचाँदीको भाउ सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो । रेकर्ड मूल्यबाट सुनको भाउ करिब ३२ हजार घटिसकेको छ ।...
ग्लोबल आइएमई बैंकले ल्यायो विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकले ल्यायो विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२ चैत, काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको छ। बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनी विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसात गरी यही मार्च १६ देखि मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ । यसका साथै,बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजीक सञ्जालमार्फत् पनि प्रसारण गर्नेछ। वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यो आर्...
आजदेखि बैंकहरुमा नयाँ ब्याजदर लागू,कुन बैंकमा कति ब्याजदर ?

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर लागू,कुन बैंकमा कति ब्याजदर ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१ चैत,काठमाडौं ।आज चेत्र १ गतेदेखि लागू हुने गरी प्रकाशन गरिएको ब्याजदरमा फागुन महिनाको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ । चैत महिनाका लागि बैंकहरुको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ।जबकि यस्तो ब्याजदर फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक,कुमारी बैंक,प्राइम कमर्सियल बैंक,कृषि विकास बैंक,स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन्।...
सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

जीवनशैली, ताजा अपडेट, वातावरण, समाचार
२१ फागुन, काठमाडौं ।सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए ।जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । सो जहाज ग्राउन्डेड गरेर राखिएको बताइएको छ । यो सँगै सुर्खेत–काठमाडौं उडान रद्द भएको जनाइएको छ ।...
पशुपतिमा नागा बाबाको बिदाइ,कति दिइन्छ दक्षिणा ?

पशुपतिमा नागा बाबाको बिदाइ,कति दिइन्छ दक्षिणा ?

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
५ फागुन,काठमाडौं ।महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ। महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहेनुसार संस्थान र कोषले पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ गरेको हो । बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको थियो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५ हजार ५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गर्न गरिएको संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए। पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उनले बताए ।संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थप...