जीवनशैली

गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडादर

गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडादर

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, समाचार
जेठ,१७ पोखरा । गण्डकी प्रदेश दुई पांग्रे र चार पांग्रे राइड सेयरिङ साधनहरुको भाडा दर तोकेको छ । सो दर राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । दोस्रो पटक नियमावली पारित गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेशमा चल्ने राइड सेयरिङ सवारी साधनको भाडादर निर्धारण गरेको हो। निर्धारित भाडादर अनुसार चार पांग्रे र दुई पांग्रेमा पनि पेट्रोल र विद्युतीय सवारी साधनमा दर फरक फरक छ । चार पांग्रे पेट्रोलबाट चल्ने सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ ।त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ छ ।२ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ छ ।आधार भाडा सुरुवाती र २ किलोमिटरसम्मको दुरीका लागि तोकिएको हो। सो भाडा १५६.५ रुपैयाँ हुन्छ।तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था ...
खोज/उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा

खोज/उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३ जेठ,काठमाडौँ । सरकारले एक सय ३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुनेछन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्य योजनासमेत तयार पारी लागू भइसकेको छ। उनले निकायहरूलाई जिम्मेवारी तोकिइसकेको पनि बताइन् । मनसुनी विपद्का बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४,नेपाल प्रहरीका १० हजार ५८५ र सशस्त्र प्रहरीबाट १३४ गोताखोरसहित आठ हजार ११० जना तयारी अवस्थामा राखिएको र उनीहरू आवश्यकताका आधारमा ७७ वटै जिल्लामा खोज तया उद्धारका लागि जनशक्ति तयार पारिएको उनको भनाइ ...
खुल्यो कालंगा हाइड्रोपावरको आईपीओ

खुल्यो कालंगा हाइड्रोपावरको आईपीओ

अपराध, जीवनशैली, ताजा अपडेट, समाचार
८ जेठ, काठमाडौं । आम सर्वसाधारणका लागि शुक्रबारदेखि कालंगा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका नेपाली, म्युचुअल फन्ड, कर्मचारी लगायतलाई निष्कासनपश्चात बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर आम सर्वसाधारणलाई निष्कासन भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।...
काम नरोक्नुस्, तपाईँलाई हामी हेर्छौँ :पूर्वाधार विकासमन्त्री लम्साल

काम नरोक्नुस्, तपाईँलाई हामी हेर्छौँ :पूर्वाधार विकासमन्त्री लम्साल

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, राजनीति, समाचार
८ जेठ, काठमाडौं ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मूल्यवृद्धिकै कारण निर्माण नरोक्न व्यवसायीलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको पूर्वाधार विकास समिति बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि यस्तो आग्रह गरेका हुन्। निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको बताए। बैठकमा व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो गरेका थिए। मन्त्री लम्सालले निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गरे। ‘अहिले हाम्रो अगाडि रहेको यो मूल्यवृद्धि सामान्य होइन। यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो। लगभग ३७ अर्ब जति घाटा भइसकेको थियो। त्यतिवेला डिजेलको मूल्यमा पनि एकदमै धेरै वृ...
डाबरकाे मह गुणस्तरहीन,बजारबाट फिर्ता गर्न विभागकाे आदेश

डाबरकाे मह गुणस्तरहीन,बजारबाट फिर्ता गर्न विभागकाे आदेश

अपराध, कानुन, कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
७ जेठ,काठमाडौँ । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको महको गुणस्तर मापदण्डअनुसार नभएको भेटिएको हो । ब्याच नम्बर  ‘NB00477’  रहेको उक्त मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार डाबर नेपाल प्रा. लि. जितपुर सिमरा बाराका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउन समेत निर्देशन दिएको जनाएको छ ।    ...
नेपाल तामाङ घेदुङ अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित

नेपाल तामाङ घेदुङ अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
४ जेठ, काठमाडौं ।नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन तामाङ निर्वाचित भएका छन् । घेदुङको १०औं संघीय महाधिवेशनबाट ब्लोन अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए । ३०६ मत प्राप्त गर्दै अध्यक्षमा ब्लोन निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू कुमारसिंह घिसिङले ९८, मित्रसेन योन्जनले ५९,अमिर लामा मोक्तानले ३२ र मानबहादुर तामाङले २७ मत प्राप्त गरे । सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी हरिजङ तामाङले १३२ मत प्राप्त गरेका छन् पाँच खुल्ला उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा काजिमान थिङ ३७८ मत,रुपबहादुर योन्जन २४६ मत,दिनेश कुमार लो १८३ मत, प्रेम लो तामाङ १८१ मत तथा पासाङदोर्जे लामा १७६ मतसहित निर्वाचित भएका छन् । ...
रुपामा समुदाय विपद स्वयंसेवक तालिम सम्पन्न

रुपामा समुदाय विपद स्वयंसेवक तालिम सम्पन्न

जीवनशैली, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार, स्थानीय
२३ बैशाख,कास्की। कास्कीको रुपा गाउँपालिकामा ‘समुदाय विपद् स्वयंसेवक’ तालिम मंगलबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्यमा १८ दिनको तालिम आयोजना गरि सम्पन गरिएको हो। ३५ जनाको सहभागिता रहेको सो तालिमपश्चात ५ नं वडाको सभाहलमा समापन कार्यक्रम गरि सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रशिक्षार्थीहरूलाई विपद्को परिचय र विशेषता,नेपालमा विपद् व्यवस्थापन प्रणाली,मेडिकल फस्ट रेस्पोन्डर,बाढी, पहिरो तथा डुबान,अग्नि नियन्त्रण तथा वन डढेलो,रोप रेस्क्यु बाट गरिने उद्धार,भूकम्पीय जोखिम न्यूनीकरण,सडक दुर्घटना र जोखिम न्यूनीकरणको परिचय सुरक्षा सावधानीद्वारा सामग्री प्रयोग सम्बन्धी जानकारी विभिन्न किसिमका गाँठाहरूको परिचय,काम विभिन्न किसिमको बेस बनाउने तरिका,वाटर रेस्कु टेक्निक जस्ता विविध विषयहरुमा सैद...
सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२९ चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रालयको निर्णयअनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ । मन्त्रालयका अनुसार चैते धानको यो समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागू हुनेछ । यदि धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ । किसानहरूलाई उत्पादनमा प्रोत्साहन गर्न र बजारमा उचित मूल्यको ग्यारेन्टी गर्न सरकारले हरेक वर्ष बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।...
सार्वजनिक गाडीको भाडा बढ्यो,उपत्यकामा न्यूनतम कति ?

सार्वजनिक गाडीको भाडा बढ्यो,उपत्यकामा न्यूनतम कति ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ चैत,काठमाडौं । पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ। बागमती प्रदेश सरकार अन्तर्गतको श्रम,रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ भाडादर निर्धारण गरेको हो। संशोधित भाडादर शनिवारदेखि लागू भइसकेको छ।नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको न्यूनतम भाडा अब २४ रुपैयाँ कायम गरिएको छ,जुन यसअघि १९ रुपैयाँ थियो। दूरीका आधारमा भाडा समायोजन गरिएको छ।पाँच किलोमिटरसम्म २४ रुपैयाँ,१० किलोमिटरसम्म ३३ रुपैयाँ,१५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ निर्धारण गरिएको छ।२० किलोमिटरभन्दा माथिको दूरीका लागि ५० रुपैयाँ भाडा कायम गरिएको मन्त्रालयले जनाएको छ। इन्धन मूल्य वृद्धि तथा सञ्चालन खर्च बढेकाले भाडा समायोजन गरिएको वागमती सरकारको भनाइ छ। यद्यपि,विद्युतीय माध्यमबाट सञ्चालन हु...
प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदै

प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदै

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, मनोरन्जन, समाचार, स्थानीय
२७ चैत, भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । आज साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ । बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहि...