जीवनशैली

लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति
१२ असार,काठमाडौं । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ । लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले सो कुरा बताएका हुन् । गृहसचिव श्रेष्ठले लागुऔषध नियन्त्रण र रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन विभाग स्थापना गर्ने तयारी भएको स्पष्ट पारे । लागुऔषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न सम्बन्धित पक्षलाई उनले निर्देशन समेत दिएका छन् । गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन् ।...
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
 १० असार, काठमाडौं । निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ ।आयोगका अनुसार पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता थपिएका हुन् । उक्त निर्वाचनपछि १८ हजार छ सय २२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम थिए । आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनलगायत कार्य सञ्चालन गरिरहेको जनाएको छ ।    ...
पुनः प्रभावशाली बन्दै सिंहदरबार वैद्यखाना

पुनः प्रभावशाली बन्दै सिंहदरबार वैद्यखाना

कृषि, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
४ असार, काठमाडौं । देशकै पुरानो आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखाना पुनः प्रभावशाली बन्दै छ । वषौंदेखि अस्तित्वको लडाइँ लड्दै गरेको यो आयुर्वेद औषधालयमा औषधी उत्पादन र प्याकेजींग भइरहेको छ । यतिवेला वैद्यखानाका निर्देशक डा. प्रदीप केसी छन् । योसँगै उनको नेतृत्वले सो कम्पनीलाई पुनःजीवित गराएको छ ।संस्थागत संरचना, निर्णय प्रक्रिया र व्यवस्थापनका कमजोरी,नेतृत्व स्थायित्वको अभाव,राजनीतिक हस्तक्षेप र अधिकारहीन व्यवस्थापनले यसमा चुनौती थपेको निर्देशक डा. केसीको ठहर छ । उनका अनुसार वैद्यखानाको पुनर्जागरणको एउटा महत्वपूर्ण मोड कोशी प्रदेशसँगको सरकारी–सरकारी (जीटुजी) सम्झौता पनि हो ।प्रदेशका स्वास्थ्य संस्थालाई आवश्यक आयुर्वेदिक औषधि उपलब्ध गराउने जिम्मेवारी पाएपछि संस्थाले आफ्नो उत्पादन क्षमता प्रमाणित गर्ने अवसर पायो ।  ...
१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, स्वास्थ्य
२८ जेठ,काठमाडौं ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपन्न,असहाय तथा बेवारिसे नागरिकलाई निःशुल्क उपचार सेवा सुनिश्चित गर्न नयाँ कार्यविधि लागु गरेको छ। मन्त्रालयले देशभर सञ्चालनमा रहेका अस्पतालहरूलाई आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था गर्दै ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि,२०८३’ जारी गरेको हो । स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत उक्त कार्यविधि स्वीकृत गरेकी हुन् । कार्यविधिअनुसार १० प्रतिशत निःशुल्क शय्यामा उपचाररत बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिन पाइने छैन । मन्त्रालयका अनुसार प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका सरकारी, निजी तथा सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत शय्या विपन्न तथा लक्षित वर्गका बिरामीको निःशुल्क...
दूधमा रसायन मिसावट : भान्साको ‘मन्द विष,स्वास्थ्यप्रति खेलवाड,गम्भीर अपराध

दूधमा रसायन मिसावट : भान्साको ‘मन्द विष,स्वास्थ्यप्रति खेलवाड,गम्भीर अपराध

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
२६ जेठ,काठमाडौं ।पछिल्लो समय सरकारी निकायका प्रतिवेदन र प्रयोगशालाका परीक्षणहरूले बाहिर ल्याएको तथ्यले दूधका माध्यमबाट हाम्रो भान्सामा ‘मन्द विष’ भित्रिरहेको देखाइरहेको छ। बजारमा उपलब्ध दूध धेरै समयसम्म नबिग्रिने बनाउन र अत्यधिक नाफा कमाउनका लागि केही दुग्ध उद्योगी र संकलकहरूले मानव स्वास्थ्यमाथि गम्भीर अपराध गरिरहेका छन् । नेपाली बजारमा प्राकृतिक दूधको बदलामा कृत्रिम दूध तयार गरी बिक्री–वितरण भइरहेकोतथ्य भेटिएको छ । हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एउटा दुग्ध उद्योगमा गरेको अनुगमन क्रममा यस्तै गम्भीर लापरबाही फेला पारेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र प्रहरी वृत्त जगातीको एउटा संयुक्त टोलीले सूर्यविनायक नगरपालिका सञ्चालित एक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अनुगमन गर्दा उद्योगको प्रशोधन कक्षबाट दूधमा मिसावट ग...
निजामती सेवा विधेयक : ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको प्रस्ताव

निजामती सेवा विधेयक : ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको प्रस्ताव

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२६ जेठ, काठमाडौं ।सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रायका लागि कानुन मन्त्रालय पठाइएको विधेयकमा ५५ वर्ष उमेर पूरा भएका निजामती कर्मचारीहरूलाई अवकाश दिने प्रस्ताव उल्लेख गरेको छ ।जसमा सेवा अवधि ३० वर्ष पुगेकाहरू पनि अवकाश हुनेछन ३० वर्षे योजना कार्यान्वयन भए २०५३ सालअघि संघीय निजामती सेवामा रहेका कर्मचारीहरू स्वतः अवकाश हुनेछन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एकदेव अधिकारी का अनुसार सरकारले तय गरेको रणनीति कार्यान्वयन भए संघीय निजामती सेवामा करिब ५५ सय जति कर्मचारीहरू अवकाश हुने अनुमान छ । उनीहरूले अवकाश हुँदा अतिरिक्त सुविधा पाउने छैनन् । निजामती किताबखानाले मन्त्रालयमा पठाएको विवरण अनुसार, अहिले संघीय निजामती सेवामा ५५ वर्ष उमेर कटेका ४ हजार १३५ जना कर्मचारी छन् ।त्यसमा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको संख्या ...
डलर, युरो, रियाललगायत सबै विदेशी मुद्राको भाउ बढ्यो

डलर, युरो, रियाललगायत सबै विदेशी मुद्राको भाउ बढ्यो

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार सबै विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलर,युरो,पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ ।जापानी येन, चिनियाँ युआन, थाइ भाट, क्रोनर, दिराम, दिनार, रिङ्गेट, रियाल र साउथ कोरियन वनको पनि भाउ  बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको थियो। आज युरोपियन युरोको मूल्य पनि आज बढेको छ । आज युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९ पैसा छ । हिजो युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा थियो । युके पाउण्ड स्ट्रलिङको मूल्य...
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, स्वास्थ्य
२० जेठ,मधेस प्रदेश । दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले ‘लु’ को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालय,जनकपुरले जनाएको छ । ‘लु’ का कारण मानिसमा अत्यधिक थकान, कमजोरी, बेहोस र बान्ता हुने तथा अधिक तिर्खा लाग्ने,लगायतका लक्षण देखिन्छ । डाक्टरहरूले ‘लु’ बाट बच्न तिर्खा नलागे पनि दिनको आठ गिलास पानी पिउन,घरभित्र वा चिसो ठाउँमा रहन,घाममा हिँडडुल नगर्न,हलुका लुगा लगाउन,घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न,पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएका छन् । पानीको सट्टा बियर,कफी,सोडाजस्ता पेयपदार्थ झनै हानिकारक हुने हुँदा पानीमा नै जोड दिन पनि डाक्टरहरुले सुझाएका छन् ।...
संसद्‌मा अमर्यादित गविविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

संसद्‌मा अमर्यादित गविविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१९ जेठ,काठमाडौँ। संसद्‍मा अमर्यादित गतिविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन भएको छ ।  सभामुख डोलप्रसाद अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्ने गरी समिति गठन भएको जानकारी गराए। सदन अवरोध गर्दा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गरेका हुन्। सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरिएको हो। सदनमा सभामुखले भने, ‘प्रतिनिधि सभाको मिति २०८२ जेठ १७ गतेको बैठकमा सभाका केही माननीय सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानी नोक्सानी र क्षति समेत रहेको व्यवहोरा प्रतिनिधिसभा नियमावली २०८३को नियम ३३ को उपनियम ४ बमोजिम सभामुखलाई विस्तृत जानकारी हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तया...
सडक सुरक्षा एउटा निकायको प्रयासले सम्भव हुँदैन : आईजीपी कार्की

सडक सुरक्षा एउटा निकायको प्रयासले सम्भव हुँदैन : आईजीपी कार्की

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१९ जेठ, काठमाडौं ।आईजीपी दान बहादुर कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार आयोजना गरेको ‘इन्टिग्रेटेड ट्राफिक मेनेजमेन्ट सिस्टम’ सम्बन्धी एक दिवसीय कार्यशालामा बोल्दै कार्कीले भने, ‘सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भिरतापूर्वक लिएर उच्चस्तरको समन्वय गरेपछि मात्र सडकको यात्रालाई सुरक्षित बनाउन सकिन्छ ।’ आईजीपी कार्कीले वैज्ञानिक ट्राफिक व्यवस्थापन र सड्क सुरक्षालाई थप व्यवस्थित बनाउन प्रविधिको उच्चतम प्रयोग आवश्यक रहेको बताए । कार्यक्रममा उनलेले उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रकाशन गरेको ट्राफिक पुलिस मिरर–२०२६ को लोकार्पण गरे । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सड्क सुरक्षाबारे सरोकारवाला निकायहरूसँगको समन्वय र वैज्ञानिक ट्राफिक व्यवस्थापनबारे सो कार्यशाला आयोजना गरेको बताए । &nb...