जीवनशैली

रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय, स्वास्थ्य
१० साउन,काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थले २०० वटा फलफूलका बिरुवा रोपेको छ । “आजको एउटा बिरुवा,भोलिको सुन्दर भविष्य।” भन्ने नाराका साथ हरिशयनी एकादशीको अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनको सन्देश दिन क्लबले काठमाडौंको तारकेश्वर नगरपालिका ५, तिनपिप्लेमा ४ वटा रोट्¥याक्ट कलबसँगको सहकार्य र ग्रीन भ्याली ग्रीन नेपालसँगको समन्वयमा शनिबार सो वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको क्लब प्रेजिडेन्ट सीता पौडेलले जानकारी दिइन् । प्रेजिडेन्ट पौडेलका अनुसार रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालित राष्ट्रव्यापी  “१ लाख बिरुवा रोपण अभियान ” लाई समेत सफल पार्न क्लबले अम्बा,अमला,लप्सी,जामुन,अबोगाडो लगायतका विभिन्न प्रजातिका फलफूल र ज्याक्राण्डा,तेजपत्ता,कपुर,चाँप,कल्की,पारिजात लगायतका फुल तथा वनस्पतिजन्य २०० वटा विरुवा रोपेको हो। सो वृक्षारोपणमा रोटेरियन,रोटर्याक्टर र स्थान...
बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१० साउन, काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउन सक्ने विपत्तिबारे यथार्थ र प्रमाणित जानकारी अपडेट गराउन नयाँ सर्च गाइड सुरु गरेको छ । प्राकृतिक विपद्को बेला प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन पहिल थालिएको टिकटकले विज्ञप्तिमार्फत जनाएको छ । अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । उक्त सर्च गाइडमार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपत् सूचना पोर्टल, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्रयाजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ । मानिसले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्...
श्रावणको पहिलो सोमबारः पशुपतिनाथमा भक्तजनको घुँइच

श्रावणको पहिलो सोमबारः पशुपतिनाथमा भक्तजनको घुँइच

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
४ साउन,काठमाडौं । हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको घुँइचो लागेको छ। भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार बिहानैदेखि श्रद्धा र भक्तिपूर्वक दर्शन गर्न भक्तालुहरुको घुँइचो लागेको हो । सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा रहँदै आएको छ। साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास छ। धर्मशास्त्रमा यो महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ। साउन महिना भगवान् शिवलाई प्रिय हुनुको धार्मिक विश्वास समुद्रमन्थनसँग जोडिएको छ। पुराणअनुसार देवता र दानवहरूले अमृत प्राप्तिका ल...
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’ को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ । विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आपूmले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा ११ वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ । शुक्रबार सूचना जारी गर्दै विभागले सम्बन्धी सबै उत्पादक पैठारीकर्ता,...
बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने

बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३१ असार,काठमाडौं ।नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ । ७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रुपमा प्रतिस्थापन नहुँदासम्म भने दुबै सिलिण्डरको बिक्री हुने निगमले जनाएको छ ।...
नागढुंगा सुरुङमार्ग साउनमा सञ्चालन गरिने ,प्रयोग दस्तुर कति ?

नागढुंगा सुरुङमार्ग साउनमा सञ्चालन गरिने ,प्रयोग दस्तुर कति ?

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३१ असार,काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा सुरुङमार्ग’ यही साउनभित्रै सञ्चालनमा आउने भएको छ। सडक विभागअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार अब केही दिनभित्रै उद्‌घाटनको मिति तय हुनेछ। सुरुङमार्गको सम्पूर्ण काम सकिएकाले अहिले सञ्चालनको तयारी भइरहेको आयोजनाले जनाएको छ। काठमाडौंको नागढुंगाबाट धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग दुई हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ। सुरुवाती ठेक्का सम्झौतानुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन सकेको थिएन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते यो सुरुङमार्गको शिलान्यास गरेका थिए। हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको थियो। जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरक...
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित,१५ वर्षमुनिका छ जना

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित,१५ वर्षमुनिका छ जना

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, स्वास्थ्य
२६ असार, बागलुङ। बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् ।  १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार ११४ महिला र १०० जना पुरुष रहेका छन् । सङ्क्रमितले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उनको भनाइ छ । असुरक्षित यौन सम्पर्क, रगत लिँदारदिँदा तथा लागुऔषध प्रयोगकर्ताबाट एचआइभी सर्ने उनको भनाइ छ । समाजमा लाञ्छना र भेदभाव हुने हुँदा सङ्क्रमित पहिचान गर्न समस्या हुने गरेको छ ।  ...
सानो भन्दाभन्दै ठूलै गल्ती गरियो र यो अवस्थामा आइपुगियो : प्रचण्ड

सानो भन्दाभन्दै ठूलै गल्ती गरियो र यो अवस्थामा आइपुगियो : प्रचण्ड

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२२ असार,काठमाडौं ।नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले विगतमा पार्टी राजनीति र देशको लागि ठूलै गल्ती गरेका कारण अहिलेको अवस्थामा आइपुगेको स्वीकार गरेका छन् । पार्टीको उपत्यका प्रदेश समितिको कार्यक्रममा प्रचण्डले संघमा प्रधानमन्त्री,मन्त्री तथा प्रदेशमा मुख्यमन्त्री र मन्त्री बन्ने लोभ र बिचौलियाहरूसँगको साँठगाँठका कारण आफूहरू अहिलेको अवस्थामा आइपुगेको स्वीकार गरेका हुन्। उनले विगतमा ठूलो क्रान्ति र त्याग गरे पनि पुराना संसदीय दलको सिको गर्दा अहिले यो अवस्थामा पुगेको बताएका छन् ।कार्यक्रमा उनले एउटा सानो पार्टीको सांसदको रूपमा बस्नुपर्दा लज्जाबोध हुने गरेको दुखेसो पोखे। ‘हामीलाई लाग्यो ( अरुले गरेका छन् भने हामीले गर्न किन नहुने? ’, उनले भने, ‘पदका लागि, प्रतिष्ठाका लागि, पैसाका लागि दलालसँगको साँठगाँठमा लाग्यौँ। त्यसैले जनतामा हामीप्रति वितृष्णा उत्पन्न भयो। हामी अ...
ट्राफिक देखिनँ नभन्नुहोला, प्रविधिले चिट काट्छ

ट्राफिक देखिनँ नभन्नुहोला, प्रविधिले चिट काट्छ

कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१
१६ असार, काठमाडौँ। शनिबार, आइतबार वा अन्य सार्वजनिक बिदाका दिन थापाथली चोकमा ‘ट्राफिक प्रहरी छैन’ भन्दै तपाईंले ट्राफिक नियम त मिच्नुभएको छैन ? रातो बत्तीमै हुइँकिने वा लेन मिच्ने त गर्नुभएको छैन ? ट्राफिक प्रहरी छैन भनेर यस्तो गरिरहनुभएको छ भने तपाईं गल्ती गर्दै हुनुहुन्छ वा जसबापत कि कारबाही परिसक्नुभयो वा पर्ने सम्भावना छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले पछिल्लो समय थापाथली चोकमा सार्वजनिक बिदाका दिन ‘ट्राफिकमुक्त अभियान’ चलाएको छ। अन्य दिनभन्दा सार्वजनिक बिदाको समयमा सवारी चाप कम हुने र त्यस दिन निगरानी गर्न सहज हुने भन्दै सार्वजनिक बिदाको दिन थापाथली चोकमा पोसाकरहित ट्राफिक व्यवस्थापन सुरु गरिएको छ। अहिले सादा पोसाकमा सडकमा ट्राफिक प्रहरी खटिएका हुन्छन् भने युनिफर्म लगाएका केही ट्राफिक प्रहरी भने थापाथली चोकका केही घरका छतमा बसेर समेत निगरानी गरिरह...
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा,आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा,आवेदन खुल्ला

कला, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
१४ असार,काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने भएको छ । लघु, साना तथा मझौला व्यवसाय विश्व दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरुबाट आवेदन आह्वान गरेको जानकारी दिइएको छ । यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरुलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आवद्ध व्यवसायहरुलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु रहेको बैंकले जनाएको छ । बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंक...