जीवनशैली

अभिनेत्रीलाई बेहोस बनाएर यौन शोषण, हिन्दी फिल्म निर्देशक पक्राउ

अभिनेत्रीलाई बेहोस बनाएर यौन शोषण, हिन्दी फिल्म निर्देशक पक्राउ

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२६ साउन,काठमाडौं । एक हिन्दी फिल्मका निर्देशकलाइ यौन उत्पीडन र दुष्कर्मको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ। एक ३३ वर्षीया अभिनेत्रीले उनीमाथि यौन शोषण र ब्ल्याकमेलिङसहितको आरोप लगाउँदै उजुरी दर्ता गराएपछि निर्देशकलाई पक्राउ गरिएको हो। मुम्बई प्रहरीमा दर्ता भएको उजुरीअनुसार ती अभिनेत्री र सोही निर्देशकवीचको पहिलो भेट सन् २०१६ मा लोखण्डवालास्थित एक अवार्ड कार्यक्रमका क्रममा भएको थियो। बृद्ध निर्देशकले अभिनेत्रीसँग आगामी प्रोजेक्टका बारेमा कुरा गर्दै कामका लागि सम्पर्क गर्न भनेका थिए। त्यसपछि अभिनेत्री स्क्रिप्ट पढ्नका लागि उनका घरमा गएकी थिइन्। त्यहाँ उनले सफ्ट ड्रिङ्क पिउन दिएका थिए, जुन पिएपछि उनी बेहोस भएको विभिन्न एजेन्सी समाचारहरुमा उल्लेख छ । जाहेरीमा आरोप लगाएअनुसार अभिनेत्रीले आफ्नो पोल अखोलुन भनेर उनले होस आएपछि उनले आफ्नो मोबाइलमा उनको भिडियो देखाएका थिए। प्रहरीलाई खब...
ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

अपराध, अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२२ साउन, काठमाडौं ।खाना पकाउने ग्यास लुकाउने,कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई सरकारले कडा कारबाही गर्ने भएको छ। वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा जारी सूचनामा कालोबजारी गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुने उल्लेख छ। विगत केही समयदेखि बजारमा ग्यास सहजरुपमा नपाएर उपभोक्ताहरु मर्कामा छन्।ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाइछिपाइ आफूनिकट व्यक्ति,होटल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरिरहेको उजुरी आएपछि विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘खाना पकाउने एलपी ग्यास जस्तो अत्यावश्यक वस्तु सहज रूपमा तोकिएको मूल्यमा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो,’ विभागद्वारा जारी सूचनामा छ,‘ग्यास सिलिन्डर लुकाइछिपाइ बिक्री वितरण गर्नु, कृत्रिम अभाव सिर्जना गर्नु,कालोबजारी गर्...
१३ अंक घट्यो सेयर बजार, ६४ कम्पनीको मूल्य बढ्यो

१३ अंक घट्यो सेयर बजार, ६४ कम्पनीको मूल्य बढ्यो

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२१ साउन,काठमाडौं।बिहीबार सेयर बजारमा ६४ कम्पनीको मूल्य बढेको छ भने २०२ को घटेको छ ।कारोबार भएका अरु १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । समग्रमा बजार परिसूचक नेप्से १३.८२ अंक घटेको छ।यो कमीपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज दिनभर बजार ओरालोमा रह्यो । कारोबार रकम केही बढेको छ।अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको भयो । आज व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्।सो समूहगत सूचक ०.५९ प्रतिशत बढ्यो। यस्तै अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो । त्यस्तै कालंगा हाइड्रोको ४.६२, सानीगढ हाइड्रोको २.४६ प्रतिशत मूल्य बढ्यो ।आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।  ...
आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ साउन, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो।जसमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए। अन्तिम तीनको प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो । अहिले देशभरि ग्यास नपाएर उपभोक्ता मारमा छन् ।भने,पेट्रोलियम पदार्थको चर्का मुल्यबृद्धिको मारमा पनि नागरिक छन् ।यसको तत्काल समाधान गर्नुपर्ने जिम्मेवारी उनीसामु...
उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना तर्जुमा

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना तर्जुमा

कानुन, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
२१ साउन,काठमाडौं । उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा भएको छ सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ । काठमाडौँको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने संरचना निर्माणमा विशेष ध्यान दिइने र खासगरि उत्तर–पूर्वी खण्डबाट पूर्व र पश्चिमलाई जोड्ने वैकल्पिक मार्ग तथा प्रमुख चोकको पुनःसंरचनाले भविष्यमा यातायात व्यवस्थापनलाई सहज बनाउन मद्धत पुग्ने ठहर गरिएको छ । भने कार्यान्वयनपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या सम्बोधन हुने विश्वास लिइएको छ । योजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम तथा १३ वटा कार्यक्रम सार्वजनिक यातायात सुधारका प्रस्...
ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो,थप एक शव फेला

ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो,थप एक शव फेला

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
१८ साउन, काठमाडौं ।पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ।ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहरूमा निर्मल पुर्जा (निम्स दाइ),वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा ‘किलु’ रहेका छन्। क्लबका अनुसार यसअघि तीन शव उद्धार भइसकेका छन् भने पहिचान भएका थप चार पर्वतारोहीलाई उद्धार टोलीले क्याम्प–१ (सी–१) तर्फ झार्ने काम गरिरहेको छ। उद्धारकर्ताहरूले उच्च उचाइमा थप एक शव रहेको पुष्टि गरेका छन्। तर,प्रतिकूल मौसमका कारण हाल उक्त शव उठाउने सम्भावना न्यून रहेको जनाइएको छ। अल्पाइन क्लब अफ पाकिस्तानले कठिन परिस्थितिमा उद्धार अभियानमा खटिएका पाकिस्तानी र नेपाली उद्धार टोलीको साहस,व्यावसायिकता र समर्पणको प्रशंसा गरेको छ...
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१३ साउन,काठमाडौं । गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर:  । गुरुःसाक्षात्परंब्रम्ह तस्मै श्रीगुरवे नम: ।। अर्थात गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ । आज श्रावण १३ गते अर्थात तिथिका आधारले गणना गर्दा आषाढ शुक्ल पूर्णिमा । हरेक वर्ष आजकै दिन मनाइने यो पर्व हिन्दु,बौद्ध र जैन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक,सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको पर्व हो । गायत्री मन्त्र, धर्मशास्त्र, वेद मन्त्र सुनाउने र आधारभूत शिक्षा तथा उच्च शिक्षा दिने र जन्मदेखि मृत्यु नहुँदासम्म संस्कार सिकाउने गुरुजनहरूलाई नमन गर्ने, पूजा गर्ने, सामाजिक सञ्जाल तथा टेलिफोनको माध्यमबाट सम्झदै कृतज्ञता प्रकट वा सम्मान गर्दै आर्शीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमा पर्व मनाइछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । अज्ञानत...
संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘शिन्तामणि मुस्ताङ’

संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘शिन्तामणि मुस्ताङ’

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
१२ साउन, काठमाडौं ।मुस्ताङस्थित लक्जरी होटल ‘शिन्तामणि मुस्ताङ’ संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो स्थानमा सूचीकृत भएको छ । सन् २०२६ का लागि रब रिपोर्टस्‌ले तयार पारेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीको पहिलो नम्बरमा शिन्तामणि परेको हो । संसारका प्रमुख २४ ट्राभल अगुवाको प्यानलले शिन्तामणिलाई पहिलो नम्बरमा सूचीकृत गरेको हो । तल्लो मुस्ताङमा रहेको शिन्तामणि बिल बेन्स्लेले डिजाइन गरेका हुन् । यती समूहको शेर्पा हस्पिटालिटी ग्रुपले विगत ३ वर्ष देखि शिन्तामणि सञ्चालन गर्दै आएको छ ।शिन्तामणि सम्भवतस् नेपालकै सबैभन्दा महँगोमध्ये पर्छ । यो होटलमा २९ कोठा छन् । यसमा बास बस्न स्वदेशी वा विदेशी जो भए पनि कम्तीमा पाँच दिनसम्मको बुकिङ गर्नुपर्छ । शिन्तामणिमा बास बस्ने रातको न्यूनतम १ हजार ८०० अमेरिकी डलर भाडा तिर्नुपर्छ । दुई जनाका लागि बनाइएको यो प्याकेजमा कोठा, वेलनेस प्रो...
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१२ साउन, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ।  मंगलबारदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध गराइएको छ। सुविधाहरू लिनका लागि ग्राहकले आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरेर वा नेपाल टेलिकमको एप तथा वेबसाइटमार्फत जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन्।...
साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
११ साउन, काठमाडौं ।साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएसँगै पशुपति क्षेत्र मा साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेवलगायत देशभरका सानाठूला शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।...