स्थानीय तहका यी ४४ पदमा हुँदैछ उपनिर्वाचन,थपिए ५ पद
२१ कार्तिक,काठमाडौं।आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुदै छ ।यी ४४ पदमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले पनि व्यवस्थित तयारी गरिरहेको जनाएको छ ।
यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि थप ५ पद रिक्त हुन पुगेपछि ४४ पुगेको आयोगले जनाएको छ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले राजीनामा दिएसँगै आयोगको कात्तिक ११ गतेको निर्णयबाट उपनिर्वाचन गर्ने निर्णय भएको छ ।
सोही मितिमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा पनि अध्यक्ष पदमा उपनिर्वाचन गर्ने निर्णय भएको छ । सो वडाका अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष, रुकुम (पूर्वभाग) स्थित पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ।ती स्थानी...








