बूढानीलकण्ठ नगरपालिकाले उन्नत बोका वितरण गर्ने
२५, जेठ काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले चालू आर्थिक वर्ष २०८/८२ अन्तर्गत सञ्चालन हुने उन्नत बोका वितरण कार्यक्रममा सहभागी हुन इच्छुक किसान, फार्म, समूह तथा सहकारी संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ । पशु सेवा शाखाले सार्वजनिक सूचना जारी गर्दै ५० प्रतिशत लागत साझेदारीमा आधारित उक्त कार्यक्रमका लागि सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो ।
नगरपालिकाभित्र व्यावसायिक बाख्रापालन गरिरहेका किसान, दर्ता भएका निजी फार्महरू तथा सहकारी संस्थाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ । पशु सेवा शाखाले गुणस्तरीय उन्नत बोका वितरणमार्फत बाख्रापालन व्यवसायलाई व्यवसायिक र आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याएको जनाएको छ।
आवेदन दिन चाहनेहरूले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, व्यवसाय दर्ता तथा नविकरण प्रमाणपत्र, प्यान दर्ता तथा कर चुक्ता प्रमाणपत्र, संक्षिप्त कार्ययोजना, कार्यान्वयन क्षेत्रको जग...









