समाचार

नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

ताजा अपडेट, ब्यानर-१, समाचार
१६ असोज,काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ। अख्तियारले आज क्यानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको नयाँ भवनमा छापा हानेको हो।उक्त भवन निर्माणमा अरबौंको भ्रष्टाचार भएको उजुरीपछि अनुसन्धान थालेको थियो। अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण समेत हाता लिएको स्रोतले बताएको छ।...
राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय,पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन निर्देशन

राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय,पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन निर्देशन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, समाचार
१६ असोज काठमाडौं ।नेकपा (एमाले)ले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ। महासचिव शंकर पोखरेलले हिजो मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको बताए । साथै बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको पनि जानकारी दिए ।बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा एमालेले जोड दिएको उनको भनाई छ। एमालेले क्षतिको यकिन विवरण संकलन गर्न र कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्नेमा पनि जोड दिएको जनाएको छ ।  ...

बाढीपहिरो प्रभावितलाई कर्णाली सरकारले पनि ग¥यो ५० लाख सहयोग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
१६ असोज सुर्खेत ।कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को हिजो मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले बताएका छन् । त्यस्तै बैठकले प्रदेशसभाको चालू अधिवेशन पनि अन्त्य गरेको उनको भनाई छ।प्रदेशसभाको चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको जनाएको छ। केही दिन अघिदेखि परेको वर्षाले काठमाडौं उपत्यका लगायत मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ।    ...

प्रधानमन्त्री उद्धार कोषमा झण्डै साढे तीन करोड थपियो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६ असोज काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग सङ्कलन भएको छ।वाणिज्य बैंक,भाटभटेनी र युनिलिभरको तर्फबाट उपलब्ध भएको रकमबाट सो संख्यामा रकम संकलन भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोडको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा एक करोड ११ लाख ११ हजार एक सय ११ र युनिलिभर नेपाल लिमिटेडले २० लाखको आर्थिक सहयोग प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्‍ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रधानमन्त्री ओलीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण,उद्धार र पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न आह...
आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, असोज काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरवारमा बस्नेछ । बैठकमा देशभर बाढी पहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे नै सिंहदरवारमा बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुनेछ । छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आमन्त्रण गरिएको छ । यस्तैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी व...
एमाले काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ७ समन्वय कमिटीले ग¥यो बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन,२० घर उच्च जोखिममा

एमाले काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ७ समन्वय कमिटीले ग¥यो बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन,२० घर उच्च जोखिममा

ब्यानर-२, वातावरण, समाचार, स्थानीय
सीता पौडेल (अर्चना)१५ असोज, काठमाडौं । नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ७ समन्वय कमिटी काठमाडौंले आफ्नो निर्वाचन क्षेत्रभित्रका बाढीपहिरो प्रभावित क्षेत्रको विशेष स्थलगत अनुगमन गरेको छ । कमिटीका संयोजक प्रेमलाल श्रेष्ठले अनुगमनका क्रममा नागार्जुन नगरपालिका वडा नं ३ को कुवाखोलामा बाढी— पहिरोले बढी जनधनको क्षती भएको र तारकेश्वर नगरपालिका वडा नं ५ मा ठाउँठाउँमा सडक अवद्ध भएको पाइएको जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार केही दिन अघिको अविरण वर्षाका कारण नागार्जुनको सो स्थानमा ६ वटा घर पूर्ण रुपमा नष्ट भएका थिए।पहिरोमा पुरीएर ५ जनाको मृत्यु भएको थियो ।भने,२ जना घाइते भएका थिए।यस्तै १ जनालाई सकुशल उद्धार गरिएको थियो । मृत्यु हुनेमा ४७ वर्षीय सचिन शाह,१५ वर्षीय आयुष शाह,१८ वर्षीया सुनिता दोङ,१० वर्षीय राजन मिङमा र ६ वर्षीया अद्दवी श्रेष्ठ रहेका छन्।  घाइते...
पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
 १५असोज,काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ। मूल्य घटेपछि चारआली, विराटनगर,जनकपुर,अमलेखगञ्ज, भलबारी,नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ।काठमाडौं,पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ।...
दाउन्नेमा सडक भासियो,राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो,राजमार्ग अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
१५ असोज काठमाडौं ।नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सोमबार साँझ बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्नेमा सडक भासिएपछि बाटो अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ। सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । यस्तै बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युतको ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीले प्रयास गरिरहेको बताइएको छ । आज १० बजेसम्ममा बाटो खुलाउने प्रयास गरेको पनि उनले बताए।  ...
सरकारद्वारा राष्ट्रिय शोकको घोषणा,झण्डा आधा झुकाइने,‘राहत कोषमा’१अर्ब रुपैयाँ दिइने

सरकारद्वारा राष्ट्रिय शोकको घोषणा,झण्डा आधा झुकाइने,‘राहत कोषमा’१अर्ब रुपैयाँ दिइने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
मनिषा गुरुङ १५ असोज,काठमाडौं ।सरकारले बाढी,पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आज मंगलबारदेखि तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। हिजो सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को‍ बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री  गुरुङका अनुसार प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले ‘प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा’ सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय समेत गरेको छ ।उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् । मन्त्रिपरिषद्‍ बैठकले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने पनि निर्णय गरेक...
विपद् व्यवस्थापन कार्यकारिणी समिति बैठक बस्दै

विपद् व्यवस्थापन कार्यकारिणी समिति बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१४, असोज काठमाडौं । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक जारी छ । असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो ।...