समाचार

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१८ असोज,काठमाडौं। बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रह्मचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौंथो दिन कुष्माण्डा,पाँचौ दिन स्कन्दमाता,छौटौं दिन कात्यायनी,सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप,त्याग,वैराग्य,सदाचार,संयमको वृद्धि हुन्छ भन्ने धार्मिक मान्यता छ।  ...
स्वास्थ्य बीमा बोर्डको पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक

स्वास्थ्य बीमा बोर्डको पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१८ असोज,काठमाडौं।स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । संरचनागत सुदृढीकरण तथा सुशासनलाई बोर्डले पहिलो प्राथमिकतामा राखेर ९ वटा रणनीति तय गरेको छ । मार्गचित्रमा स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण दोस्रो र बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि तेस्रो रणनीतिमा परेका छन् । यसैगरि, स्वास्थ्य बीमा सन्चालनमा दिगो वित्तीय व्यवस्थापन, सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवामा सुधार, बीमा व्यवस्थापन सूचना प्रणालीको सुदृढीकरण, दाबी व्यवस्थापन प्रणालीको परिमार्जन, अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य छन् । हालसम्म स्वास्थ्य बीमा कार्यक्रम देशका सबै जिल्लाहरुका सबै स्थानीय तहसम्म बिस्तार भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ स...

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१८ असोज,काठमाडौं। छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ ।त्रिभुवन विश्व विद्यालय,जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले आउँदो मंसिर १२-१५ सम्म गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका कम्तीमा ५ सय प्रतिनिधि सहभागी हुनेछन् । शुक्रबार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा छैटौं सम्मेलनको तयारी र यसका उद्देश्यबारे जानकारी दिइएको छ । यो सम्मेलनमा विभिन्न देशका जनसंख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर करिब ४ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने छन् । विश्वको जनसाङ्ख्यिक परिदृश्य,जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतीमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरिनेछ ।सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताए ।   ...

नेपाल– भारत पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१७ असोज,काठमाडौं ।नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। बिहिबार आयोजित एक समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरे। नेपाल निगमका अनुसार सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको छ। सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ। यस्तै,अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ। ...
५ मुख्य राजमार्ग अझै अवरुद्ध

५ मुख्य राजमार्ग अझै अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१७ असोज,काठमाडौं ।पाँच वटा मुख्य राजमार्गमा अझै पनि यातायात सुचारु हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार अरनिको राजमार्ग,बिपी राजमार्ग,पुष्पलाल (मध्यपहाडी) राजमार्ग,कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन सकेको छैन।जसमा अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ। लार्चामा ह्युमन पाईप,पेनस्टक पाइप र लिपिङ बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिने मन्त्रालयले उल्लेख गरेको छ। यस्तैगरि पुष्पलाल(मध्यपहाडी) राजमार्गको दोलालघाट राकथुम खण्डमा ८० किलोमिटर सडक मध्ये धेरै ठाउँमा पहिरो गएर सडक समेत वासआउट भएको,दुबै तर्फबाट पहिरो पन्छाउने काम भइरह...
शुरू भयो बडादशैँ,दशैंघर लगायत घरघरमा घटस्थापना गरि जमरा राखियो

शुरू भयो बडादशैँ,दशैंघर लगायत घरघरमा घटस्थापना गरि जमरा राखियो

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१७ असोज,काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ। आज हनुमानढोका दरवार स्क्वायरको दशैं घर लगायत नेपालीहरुका घरघरमा वैदिक विधिपूर्वक दियो,कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। नदी वा चोखो स्थलबाट बालुवा,माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको दशैँ घर र घरघरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको छ ।शुभसाइत पारेर विधिपूपर्वक जौ,मकैको जमरा छरेर दशैंको शुरुवात गरिएको हो । आजैदेखि नवरात्र पनि शुरु भएको छ ।नवरात्र शुरुभएसँगै दशैँ घरमा शक्तिकी देवी दुर्गाको आवाह्न गरी पूजा आरम्भ गरिएको छ।नवदुर्गाका नौ वटा स्वरुप अन्तर्गत आज शैलपुत्रीदेवीलाई सम्झेर भरे साँझ धुमधामका साथ शैलपुत्रीदेवीको पूजाआराधाना गर्ने गरिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले जमरामा जौं अनिवार्य मानिन्छ ।आज यो रोपण गरी दुर्गाल...
पुँजीबजारको ओरालो यात्रा  : नेप्से परिसूचक २६ अङ्कले घट्यो

पुँजीबजारको ओरालो यात्रा : नेप्से परिसूचक २६ अङ्कले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१६ असोज,काठमाडौं।पछिल्लो दुई दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से )परिसूचकले आज ओरालो रोकिएको छ।नेप्से परिसूचक आज २६.०७ अङ्कले घटेर २ हजार ५ सय ९७ दशमलव ४९ को विन्दुमा कायम भएको हो। ३ सय १० कम्पनीको आज एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ बराबरको कारोबार भएको छ। आज वित्त समूहको उपसूचक एक दशमलव ७५ प्रतिशतले बढेको छ ।तर अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ। बैंकिङ शून्य दशमलव ७१, विकास बैंक एक दशमलव ३८, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव ७४, लगानी एक दशमलव ५२ र जीवन बिमा शून्य दशमलव ४० प्रतिशतले घटेको छ। त्यस्तै,उत्पादन तथा प्रशोधन एक दशमलव ७९, लघुवित्त एक दशमलव १२, म्युचुअल फण्ड शून्य दशमलव ४१, व्यापार एक द...
विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस् : स्वास्थ्यमन्त्री पौडेल

विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस् : स्वास्थ्यमन्त्री पौडेल

ताजा अपडेट, समाचार, स्वास्थ्य
१६ असोज,काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन सक्ने भन्दै यसो हुन नदिन सतर्कताका सबै उपाय अपनाउन तीनवटै तह,खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध अधिकारीलाई आग्रह गरेका छन्। मन्त्रालयमा बसेको विशेष बैठकमा बोल्दै उनले बाढी पहिरोपछि पानीका श्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला,हैजा तथा डेंगुलगायतका संक्रामक रोग फैलन सक्ने भन्दै रोग लाग्न नदिन आ–आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोग बारे जानकारी गराउन आग्रह गरेका छन्। उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।...

चोरीको जाहेरी दिएकी महिलालाई झुक्याएर बलात्कार गर्न खोजेको आरोपमा सहायक हवल्दार पक्राउ

ताजा अपडेट, बिशेष, समाचार
१६ असोज,काठमाडौं। प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी सहायक हवल्दार अनिलकुमार दाहाल चोरी मुद्दामा जाहेरी दिन आएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। स्वयम्भूमा बस्दै आएकी जाहेरवालाले कोठामा चोरी भएको भन्दै प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिन गएकी थिइन्।उनका अनुसार स्थानीय प्रहरीले लैनचौर प्रहरी वृत्तमा पनि उजुरी दिनु भनेपछि उनी त्यहाँ उजुरीका लागि गएकी थिइन् । चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर छोडेर उनी कोठामा फर्किइन्।केही दिनपछि बुझ्न जाँदा दाहालसँग कुराकानी भएको र चोर भेटिए आफूले खबर गरिदिने भन्दै नम्बर मागेको जाहेरीमा उल्लेख छ। जाहेरी अनुसार भदौ २९ गते राति ९ बजे दाहालले ‘चोर पक्राउ परेको छ तुरुन्त आउनु’ भन्दै ती महिलालाई फोन गरेका थिए।‘आफ्नो ८ वर्षको बच्चा छ,भोलिपल्ट आउँछु’ भन्दा दाहालले नआए चोरलाई छाडिदिन्छु भन्दै तत्काल आउन बाध्य बनाएक...
तारकेश्वर धामको प्रतिक्षालयमा एक महिला मृत अवश्थामा फेला

तारकेश्वर धामको प्रतिक्षालयमा एक महिला मृत अवश्थामा फेला

ताजा अपडेट, ब्यानर-२, समाचार
१६ असोज, काठमाडौं । बालाजु वाइपास नजिक एक महिला मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका वडा नं १६ बालाजुको बाइपास नजिक गुणस्तर पछाडीको तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा एक महिला मृत भेटिएकी हुन् । प्रहरी वृत्त बालाजुका अनुसार अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।घटनाबारे अनुसन्धान अघि बढाएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बालाजु प्रहरीले बताएको छ ।  ...