समाचार

दशैँ अघि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउँछु : खानेपानीमन्त्री यादव

दशैँ अघि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउँछु : खानेपानीमन्त्री यादव

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२२ असोज,काठमाडौँ ।खानेपानीमन्त्री प्रदीप यादवले दशैँ अगाडि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई दशैँभन्दा अगाडि नै खानेपानी खुवाउने लक्ष्यअनुसार काम भइरहेको बताए। मन्त्री यादवले भने,“काठमाडौँवासी पानीका लागि निकै तड्पिएका छन्, मेलम्चीका नागरिकसँग आग्रह गरेर दशैँ अगाडि काठमाडौँवासीका घरमा पानी पुर्‍याउँछौँ” साथै काठमाडौँमा मेलम्चीको पानी ल्याउन र मेलम्ची खानेपानीको अवरोध खुलाउनका लागि आफू मेलम्चीवासीका घरमै पुगेर अनुरोधसमेत गर्ने उनले बताएका छन्। उनले भनेका छन— “मेलम्चीबासीका समस्या के हुन्, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मसहित सिङ्गो मन्त्रालय तयार छ। मेलम्ची खानेपानीको अवरोध खुलाउन र काठमाडौँका पानी ल्याउन म उहाँहरूको घरैमा पुग्छु।” मन्त्री यादव...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२२ असोज,काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा,युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा,स्वीस फ्रयांक एकको खरिददर एक सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम भएको छ। त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा,क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा,सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।...
नवरात्रको छैटौँ दिन तर आश्विन शुक्ल पञ्चमी,स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन तर आश्विन शुक्ल पञ्चमी,स्कन्दमाताको पूजा आराधना गरिँदै

ताजा अपडेट, ब्यानर-१, समाचार
२२ असोज,काठमाडौं ।बडादशैँ अर्थात् नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ।अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएनुसारा यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने भएको हो।मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि रहेको र त्यसपछि बल्ल षष्ठी तिथि लागेको छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यि भवानीको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ।यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ।कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ। मार्कण्डेय पुराणअन्तर्गतको देवीमाहात्म्यमा नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् भनि उल्लेख गरिएको छ । बडादशैँक...
नेपालबाट बाहिरिन थाल्यो मनसुन

नेपालबाट बाहिरिन थाल्यो मनसुन

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२१ असोज, काठमाडौं ।नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको छ।महाशाखाकाले  लुम्बिनी प्रदेशका थोरै भागबाट पनि मनसुन बाहिरिएको जनाएको छ ।  मनसुन बाहिरिने क्रम अन्य प्रदेशतिर पनि क्रमशः फैलिँदै गएको र त्यसलाई अद्यावधिक गर्दै जाने पनि महाशाखाले जनाएको छ । भारतको मौसम विज्ञान विभागले सेप्टेम्बर २३ तारिक ९असोज ७ गते० देखि नै भारतका विभिन्न स्थानबाट मनसुन बहिर्गमन सुरु भइसकेको जनाएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यस वर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८) गते मनसुन भित्रिएको थियो । मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ ।साधारणतःपूर्वी नेपालबा...
नवरात्रको पाँचौँ दिन आज पनि कुष्माण्डा देवीकै पूजा आराधना,किन ?

नवरात्रको पाँचौँ दिन आज पनि कुष्माण्डा देवीकै पूजा आराधना,किन ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२१ असोज,काठमाडौं ।बडा दशैंको पाँचौ दिन आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गरिदै छ  । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ०६ः १६ बजेसम्म चौथी तिथि रहेकाले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा,आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको छ। नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा,आराधना भने मङ्गलबार आश्विन शुक्ल पञ्चमीमा सूर्योदयपछि गर्नुपर्ने समितिले जनाएको छ। यस वर्ष चौथी तिथि वृद्धि भएको र नवमी तिथि टुटेको हुनाले तिथि घटबढका कारण यसो हुन पुगेको समितिको भनाई छ। यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको पनि समितिले उल्लेख गरेको छ। असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि समितिले जनाएको छ।...
आजदेखि खसीबोका बिक्री खुला

आजदेखि खसीबोका बिक्री खुला

अर्थतन्त्र, कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२० असोज,काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ। कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुुला गरेको हो। यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुुला गरिएको कम्पनीले जनाएको छ। कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले हेटौँडाबाटखसीबोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याएको बताइन्। उनका अनुसार चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ। यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने तयारी भएको पनि उनले बताइन्। निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुर...
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने

ताजा अपडेट, ब्यानर-२, समाचार
२० असोज,काठमाडौं ।नेपाल पत्रकार महासङ्घको निर्वाचन आउँदो मङ्सिर २८ गते हुने भएको छ। भक्तपुरको मध्यपुरथिमिको बोडेमा शनिबार भएको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा सो भेला भएको थियो। महासङ्घका महासचिव रोशन पुरीका अनुसार भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ। भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय समेत गरेको उनले बताएका छन्। साथै उनले सदस्यताको विवाद भएमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरे...
दुर्गापक्षको चौथो दिन : कुष्माण्डादेवीको पूजाआराधना गरिँदै

दुर्गापक्षको चौथो दिन : कुष्माण्डादेवीको पूजाआराधना गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२०असोज,काठमाडौं ।नवरात्रको चौथो दिन आज दसैँघर लगायत घरघरमा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक,आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको शास्त्रमा उल्लेख छ।कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। श्री दुर्गा सप्तशती(चण्डी)को देवी कवचमा भनिएको छ,‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ,त्यही भगवती कूष्माण्डाका रूपमा चिनिन्छिन्। बडा दसैँको पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रह्मचा...
परराष्ट्रमन्त्री राणाको विदेश भ्रमण अनुभव : जुन देश पुगेँ,नेपालीलाई राम्रो भने

परराष्ट्रमन्त्री राणाको विदेश भ्रमण अनुभव : जुन देश पुगेँ,नेपालीलाई राम्रो भने

ताजा अपडेट, ब्यानर-२, समाचार
१९ असोज,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्केकी छन्।मन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रवार अपरान्ह स्वदेश फर्केकी हुन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन्। आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताइन्।  ...
नवरात्रको आज तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

नवरात्रको आज तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१९ असोज,काठमाडौं ।बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। देवी चन्द्रघण्टाको पूजाआराधनाले शक्ति प्राप्त हुने विश्वासले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिन्छ ।मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको र यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन् भन्ने विश्वास गरिन्छ। चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित ...