राष्ट्रिय नाचघरमा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुँदै
सीता पौडेल(अर्चना)
२ भदौ,काठमाडौं।काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)मा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुने भएको छ।
संस्कृति सम्बन्धी नेपाल सरकारको आधिकारिक निकायका रुपमा रहेको सो संस्थानको आयोजनामा संस्थानको मेघा प्रेक्षालयमा भोलि भदौ ३ गते सोमबार जनैपूर्णिमाको दिनदेखि गाईजात्रा महोत्सव हुन लागेको हो।भोली ३ गतेदेखि शुरु हुने उक्त महोत्सव भदौ १० गतेसम्म सञ्चालन हुने संस्थानले जनाएको छ।
संस्थानले मंगलबार ४ गते भने दुईवटा चरणमा कार्यक्रम गर्न लागेको छ।पहिलो चरणमा १ः३० बजेदेखि ५ बजेसम्म र दोस्रो चराणमा ५ बजेदेखि कार्यक्रम गर्ने जनाएको छ।
‘सांस्कृतिक पर्व संरक्षणका लागि हाम्रो यात्रा ,सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयो गाईजात्रा’ भन्ने नाराका साथ आयोजना गरिएको सो गाइजात्रा भोली साँझ ५ बजदेखि शुरु हुँदै छ।गाईजात्रा महोत्सवमा सिताराम कट्टेल(ध...









