समाचार

म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण

म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
म्याग्दी । आर्थिक वर्ष २०८०–८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन् । झोलुङ्गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले रु २० करोडभन्दा बढीको लागतमा ती पुल निर्माण सकिएका र निर्माण भएका बताए । मालिका गाउँपालिका–६ को म्याग्दीखोलामा एक सय १४ मिटर, मङ्गला गाउँपालिका–५ पिपलबोटको म्याग्दीखोलामा ७३ मिटर, धवलागिरि गाउँपालिका–७ को म्याग्दीखोलामा एक सय एक मिटर, धवलागिरि–४ खोलाखर्कमा एक सय १२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर र ठूलोखोलामा ६४ मिटर लामो पुल निर...
आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
३२ साउन,काठमाडौं ।परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा आइतबार भारतले भ्रमण गर्न जाँदै छिन् । तीन दिने भारत भ्रमणमा मन्त्री राणाले भारतीय समकक्षी डाक्टर एस. जयशंकरसँग भेटघाट गर्ने कार्यसूची रहेको जनाइएको छ ।तर उनलेभारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीलाई भने गर्ने नगर्ने जनाइएको छैन । यता परराष्ट्र मन्त्रालायबाट भारत भ्रमणको औपचारिक जानकारी पनि सार्वजनिक भएको छैन।केही दिन अगाडि भारतीय विदेश सचिव विजय मिश्री नेपाल आएका बेला उनको निमन्त्रणामाा राणा भारत जान लागेको बताइएको छ ।...
नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद राति ४ घण्टा बन्द हुने

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद राति ४ घण्टा बन्द हुने

ताजा अपडेट, ब्यानर-२, समाचार
३२ साउन,काठमाडौं।नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ।  टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ ।आज राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले एक ससूचना जारी गरि जानकारी गराएको छ।  यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति टेलिकमले क्षमायाचना गरेको छ। सेवा सम्बन्धी समस्याका लागि  टेलिकमले सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि  अनुरोध गरेको छ ।...
बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने प्रधानमन्त्री ओलीको घोषणा

बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने प्रधानमन्त्री ओलीको घोषणा

ताजा अपडेट, बिशेष, राजनीति, शिक्षा, समाचार
३२ साउन,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ बनाउने घोषणा गरेका छन्। उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन लागेका हुन्। ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन्। लेखकहरुलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित प्रदान गर्न पनि उनले आग्रह गरेका छन्। त्यसको समन्वय र समायोजनका लागि प्रधानमन्त्री पत्नी शाक्यले हप्ताको ६ दिन एक एक घण्टा छुट्याएको पनि उनले उल्लेख गरेका छन्। उनले लेखेका छन् –  ‘ पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास ! बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो — यहाँ पिपुल्स लाइब्रेरी बनाऔं। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ। ...
डोटीमा बस दुर्घटना, १७ जना घाइते

डोटीमा बस दुर्घटना, १७ जना घाइते

ताजा अपडेट, समाचार, स्वास्थ्य
३२ साउन,काठमाडौं ।डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका–४​ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको थियो। बसमा सवार सबै यात्रु घाइते भएका हुन्। बस सडकबाट करिब ३५ मिटर तल खसेको थियो।घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको बताइएको छ। दुर्घटना कसरी भयो भन्नेबारे बताइएको छैन।  ...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको संभावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको संभावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३२ साउन,काठमाडौं । आज देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। आज शुक्रबार दिउँसो सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।तर,बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै पानी पर्ने सम्भावना छ । भने,राति कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।      ...
‘ईचङ्गुनारायण काष्ठ उद्योग’आगलागी अपडेट : ४० लाखको फर्निचर र काठको क्षति,छिमेकीका घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट

‘ईचङ्गुनारायण काष्ठ उद्योग’आगलागी अपडेट : ४० लाखको फर्निचर र काठको क्षति,छिमेकीका घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) ३२ साउन,काठमाडौं ।काठमाडौको नागार्जून नगरपालिका वडा नम्बर–२ को सानोभर्‍याङ स्थित काष्ठ उद्योगमा भएको  आगलागीमा लाखौंको क्षति भएको अनुमानित आँकडा निकालिएको छ । व्यवसायी पृथ्वीबहादुर थापाको ‘ईचङ्गुनारायण काष्ठ उद्योग’मा गत मंगलबार राती करिब पौने नौ बजेको समयमा भएको आगलागिबाट करिब ४० लाख बराबरको फर्निचर र काठको क्षतिसँगै छिमेकीका दुुई घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट भएको व्यवसायी पृथ्वीबहादुर थापाले बताए । विद्युत्‌ लाइन सर्ट भएर आगलागी हुँदा थापाको टिनको ट्रस्ट र टिनले बारेको दईतले काठको कारखानामा आगलागी भएर पुर्ण रुपमा क्षति भएको छ।भने,उत्तरतर्फ रहेको छिमेकीको तीन तले घरको दुई वटा झ्याल,पर्दा र जुत्ता ¥याग पनि पुर्ण क्षती भएको छ ।त्यस्तै अर्का छिमेकीको तीन तले घरको पछाडीको पुरै भित्तामा पनि आगलागिले क्षति पु¥याएको छ ।  पीडित थापाका अनुसार ट्रष्टक...
भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

बिशेष, वातावरण, समाचार
काठमाडौं। काठमाडौँ स्थित भारतीय राजदूतावासमा आज भारतको ७८ औँ स्वतन्त्रता दिवस मनाइएको छ। सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गरेका थिए ।कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड ५० लाख र कम्बल वितरण गरी सम्मान गरेका थिए। साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् एक सय सात मृतक सदस्यका निकटतम नातेदारका लागि रु १२ क...
महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रिय सभामा पेस

महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रिय सभामा पेस

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महालेखा परीक्षकको ‘६१औँ वार्षिक प्रतिवेदन(२०८१’ सभासमक्ष पेस गरेका हुन् । सञ्चार मन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरेका हुन् । आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएकाका छन् ।...
विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए ।विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो । अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।  ...