एमाले नेतृ पद्मा अर्याललाई महावीर पुनको सुझाब : स्वाँठ र मूर्ख नबन्नूु
८ चैत,काठमाडौँ ।नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ एवं समानुपातिक सांसद पद्मा अर्यालमाथि आक्रोश व्यक्त गरेका छन्।
नयाँ राजनीतिक शक्ति र युवा नेताहरूलाई तह लगाउने भन्ने अर्यालको अभिव्यक्तिप्रति लक्षित गर्दै पुनले सामाजिक सञ्जालमार्फत यस्तो सुझाब दिएका हुन्।
पुनले अर्याललाई आफ्ना नेताले सिकाए जस्तो स्वाँठ र मूर्ख नबन्न सुझाव दिँदै अहिलेका युवाहरू पुराना नेताहरूभन्दा सयौँ गुणा जान्ने र चलाख भएको दाबी गरेका छन्।
पुनले लेखेका छन्, तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरूलाई राम्रोसँग थाहा छ।उनले गत आम निर्वाचनमा जनताले पुराना दलहरूलाई तह लगाइसकेको स्मरण समेत गराएका छन्।
पुनले अर्यालको राजनीतिक हैसियतमाथि प्रश्न गर्दै उनलाई चाकरी गरेर समानुपातिक कोटामा...








