समाचार

एक सातामा सुनको मूल्यमा तीन हजार आठ सयको गिरावट

एक सातामा सुनको मूल्यमा तीन हजार आठ सयको गिरावट

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । एक सातामा सुनको मूल्यमा तीन हजार आठ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको प्रतितोला एक लाख ४५ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४४ हजार ३०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४० हजार ५०० रुपैयाँ कायम छ । यो साता आइतबारदेखि नै सुनको मूल्य घट्न थालेको थियो । शुक्रबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रह्यो । यस्तै, बुधबार ६०० ले बढेर बिहीबार पनि सोही मूल्य कायम रह्यो । शुक्रबार भने तोलामा ४०० रुपैयाँले घटेर एक लाख ४२ हजार २०० कायम भएको हो । यसैगरी यो साता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो सा...
एक सय टहरा हटाउने तयारी गर्दै पशुपति क्षेत्र विकास कोष

एक सय टहरा हटाउने तयारी गर्दै पशुपति क्षेत्र विकास कोष

समाचार, स्थानीय
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पक्की तथा कच्ची एक सय टहरा हटाउने तयारी गरेको छ । कोषले तिलगंगा क्षेत्रका घर, टहरा हटाउने तयारी गरेको हो ।  तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएरपनि घर जग्गा खाली नगर्नेहरूका लागि कोषले १५ दिने सूचना जारी गरेको हो । सो क्षेत्रका झन्डै एक सय सङ्ख्याका पक्की तथा कच्ची घर टहरा हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती अधिकारीले बताए। पशुपति क्षेत्र विकास कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले बताएको छ ।...
काठमाडौं उपत्यकामा आज मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा आज मेघगर्जनसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । आज काठमाडौं उपत्यकामा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने विभागका मौसमविद् सरोज पुडासैनीले बताए । उनका अनुसार आज अपराह्न र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसमविद् पुडासैनीका अनुसार मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए। शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुनेछ। आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसबीच रहने विभागको पूर्वानुमान छ। शुक्रबार अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो।...
लुम्बिनी प्रदेशको बजेट आज प्रस्तुत हुँदै

लुम्बिनी प्रदेशको बजेट आज प्रस्तुत हुँदै

अर्थतन्त्र, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१–०८२ को बजेट आज प्रस्तुत गरिने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले ३५ देखि ४० अर्बको बिचमा बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेको थियो। राजश्व सङ्कलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने भएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०८०–०८१ मा कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो।...

डेंगुको संक्रमणः सबैभन्दा बढी बागमती प्रदेशमा

ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं । देशभरका सातवटा प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी डेंगु रोगको संक्रमण देखिएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए । गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको उनको भनाइ छ । मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशमा मात्र तीन सय ९० जनामा डेंगुको संक्रमण देखिएको छ । कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको उनले बताए । हालसम्म डेंगु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिसकेको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लाम...

आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

बिशेष, समाचार
काठमाडौं । आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका आज बिहान ४ बजेबाट गरिएको छ । दर्शनार्थीको घुँइचोलाई मध्यनजर गर्दै बिहान ४ बजेबाट मन्दिरको ढोका खुला गरिएको हो । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको हो । ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो,’ उनले भने । चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उ...
अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

ताजा अपडेट, बिशेष, समाचार
बारा । बारामा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ । कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ। अज्ञात समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभावले आज देशको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौँ ।बझाङमा गएराति दुई पटक भूकम्प गएको छ ।पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो। बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

स्मार्ट युवा गृहमन्त्रीको स्मार्ट काम : क्युआर कोडबाटै गुनासो संकलन

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीको गुनासो सुन्नको लागि ‘क्युआर कोड’उपलब्ध गराएका छन् । यसबाट अब सेवाग्राहीले जुनसुकै ठाउँबाट पनि गृहमन्त्री वा गृहमन्त्रालयसमक्ष गुनासो पु¥याउन सक्ने छन् ।गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’ स्क्यान गरेर सेवाग्राहीले आफ्नो गुनासो राख्न पाउने प्रणाली विकास भएसँगै सेवाग्राहीलाई यो सुविधा प्राप्त भएको हो। बिहिबार मन्त्रालय समालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो बारे जानकारी गराएका  हुन् । मातहतका निकायहरूमा समेत ‘गृहमन्त्रीलाई भन्नुहोस्’ भन्ने सूचना सहितको क्युआर राखिने उनको भनाई छ । यस्तो प्रावधानसँगै देशभरि क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई भन्नुहोस् भन्ने सूचना सहितको क्युआर मार्फत अब गुनासो लिएर गृहमन्त्रालय धाइरहन नपर्ने भएको छ।  ...