विद्यालयका सटर नहटाउन काठमाडौं महानगरलाई उच्च अदालतको आदेश
काठमाडौं ।उच्च अदालत पाटनले व्यवसाय सञ्चालन गरिरहेको सटरहरूमा जबरजस्ती हटाउने वा बन्द गर्ने कार्य नगर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ।
उच्चले न्यायाधीश लेखनाथ पौडेलेको एकल इजलासमा तुलसीप्रसाद अगस्तीको रिटमा पहिलो सुनुवाइ गर्दै महानगरको नाममा अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई असार ७ गते छलफलमा बोलाएको छ ।
काठमाडौं महानगरले पटक–पटक निर्देशन गर्दा पनि अटेरी गरेको भन्दै ठमेलको जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल)सहित सात विद्यालयको सटरमा ताला लगाएको थियो ।शिक्षा विभागका अधिकारीहरूको नेतृत्वमा गएको नगरप्रहरीको टोलीले विद्यालयको स्वामित्वमा रहेको सम्पत्ति भाडामा लगाएर व्यापार गर्दै आएका ती विद्यालय मातहतमा रहेका सटरमा ताला लगाएको हो ।
महानगरले सामुदायिक विद्यालयको स्वामित्वमा रहेको भवनलाई व्यापारिक प्रयोजनमा नलगाउन पटक–पटक पत्र लेख्दै आएको थियो ।शिक्षा अधि...






