समाचार

शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं।  शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।

ललितपुर महानगरपालिकामा २५ दिने योग शिविर सञ्चालन

ताजा अपडेट, समाचार, स्थानीय
ललितपुर । ललितपुर महानगरपालिका वडा नं १४ का सहयात्राको आयोजनामा २५ दिने योग शिविर सञ्चालन भएको छ । उक्त वडाको आर्थिक सहयोगमा गत जेठ ५ गतेदेखि सो वडाका सामुदायिक तथा संस्थागत १३ विद्यालयमा योग कार्यक्रम भएको हो ।सोका वडाध्यक्ष अमृतजंग महतले सानैदेखि बालबालिकामा योगको संस्कारलाई विकास गर्नु आफूहरुको चाहाना रहेको बताएका छन् । उनले भने, “योगलाई कसरी संस्कारमा रुपान्तरण गर्ने भन्ने सोचमा हामी लागेका छौँ । हालको आधुनिक समयसँगै मानिसका हात हातमा भएको स्मार्ट फोन र वरिपरि भरिभराउ घरैघरका कारण आज मानिसले आफ्ना स्वास्थ्यमा खासै ध्यान दिएको देखिदैन । यी कुराबाट केही समय पर रहेर मानिसले स्वास्थ्य सुधारका काममा पनि लाग्नुपर्ने देखिएको छ ।” योगलाई हरेक उमेरका मानिसले दैनिक संस्कारमा ल्याए निरोगीका साथै तन्दुरुस्त बन्न सफल हुने महतको भनाइ छ । हरेक मानिसको जीवनमा योग तथा ध्यान र प्रणायामको उति...
नेपाल पत्रकार महासंघको चुनाव स्थगित

नेपाल पत्रकार महासंघको चुनाव स्थगित

ताजा अपडेट, ब्यानर-१, ब्यानर-२, समाचार
जमुना धमला काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ ।महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी २७औं महाधिवेशनले जेठ २६ गतेका लागि तय गरेको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।  विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ।मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।’  साथै निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति,एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनसमेत अध्यक्ष  पोखरेलले आग्रह गरेका छन् । पछिल्लो समय महासंघको सदस्यता शुद्धीकरणबारे निकै विवाद देखिएको छ । यस...

एमाले नुवाकोटको अध्यक्षमा मैनाली पुनः निर्वाचित

ताजा अपडेट, राजनीति, समाचार
मनिषा गुरुङ नुवाकोट।नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली पुनः निर्वाचित भएका छन् । हालै सम्पन्न पार्टीको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधान र माधवप्रसाद तिवारीलाई पछि पार्दै उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। निर्वाचित मैनालीले जम्मा ५ सय ९२ मतमध्ये ३ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन्।भने,उनका प्रतिष्पर्धी प्रधानले २ सय ३७ र तिवारीले जम्मा १० मत प्राप्त गरेका थिए । त्यस्तै गरि उपाध्यक्षमा राजेन्द्ररमण खनाल निर्वाचित भएका छन् ।,उनले ३४७ मत पाएका छन् ।भने ,उनका प्रतिस्पर्धी सुदर्शन नेपालले २४५ मत  पाएका छन् । त्यस्तै सचिवमा शिव चित्रकार,उप–सचिवमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काले जानकारी दिएका छन् । निर्वाचन अधिकृत खड्काका अनुसार अधिवेशनब...
क्रोधकला शिरोमणि कालु कुमाले सम्मानीत

क्रोधकला शिरोमणि कालु कुमाले सम्मानीत

ताजा अपडेट, समाचार
ललितपुर । मूर्तिकार तथा क्रोधकला शिरोमणि कालु कुमाले सम्मानीत भएका छन् । हार्ट क्लब नेपाल तथा नेपाल हार्ट फाउण्डेसन र हार्ट टु हार्ट सेन्टर नेपाल ललितपुरको आयोजनामा शुक्रबार उहाँलाई सो क्षेत्रमा गर्नुभएको योगदान स्वरुप आफ्नै नीजि निवासमा सम्मान गरिएको हो । कार्यक्रममा क्लब ललितपुरका महासचिव मोहन नाथ मास्केले राष्ट्रका मुर्धन्य व्यक्तित्व कुमालेलाई सम्मानीत गर्न पाउँदा आफूहरु पनि गौरवान्वित भएको भनाइ राखे ।   यसैगरी हार्ट क्लब ललितपुरका अध्यक्ष विपिन राईले जीवित चम्कीला तारा कुमाले नेपालमा मात्रै नभएर विदेशका विभिन्न देशमा समेत प्रख्यात भएका बताउँदै सो तवरका व्यक्तिका लागि प्रतिष्ठान खडा गर्नुपर्ने र क्रोधकलाको विषयमा पाठ्यक्रममा समेत समावेश गर्नुपर्ने विचार व्यक्त गरे । हार्ट फाउण्डेसनका सभापति बालकृष्ण तुलाधरले कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्व भएको...
घुससहित कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद पक्राउ

घुससहित कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद पक्राउ

अर्थतन्त्र, कानुन, ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं ।३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय,चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन्। जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो। अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ।उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।    ...

निजामति सेवा पुरस्कारका लागि कर्मचारी सिफारिस माग

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति सेवा पुरस्कारका लागि सम्बन्धित सरकारी निकायहरुलाई कर्मचारी सिफारिस गरी नाम पठाउन आग्रह गरेको छ। शुक्रबार मन्त्रालयको कर्मचारी कल्याण शाखाले यसका लागि राष्ट्रपति कार्यालय लगायतका विभिन्न निकायलाई पत्रचार गरेको छ। पत्र हेर्न यहाँ क्लिक गर्नुहोस् : nn n पत्रमा २०८१ को अवसरमा प्रदान गरिने निजामति सेवा पुरस्कारका लागि निजामति सेवा २०५० को अनुसूची १७ क. बमोजिमको कार्यविधि अनुसार कार्यालयहरुबाट संलग्न बमोजिमको ढाँचामा कर्मचारी सिफारिस गर्न अनुरोध गरिएको व्यहोरा उल्लेख गरिएको छ ।...

राष्ट्रसङ्घीय कमिटी सिडको सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घीय समिति ‘महिलाविरुद्धको विभेद उन्मूलन कमिटी’ (सिड( को सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित भएकी छन्। शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले नयाँ समतिको तीन वर्षे कार्यकालमा रहेर आगामी सन् २०२५ देखि सन् २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि सो समितिमा नेपालको तर्फबाट विजयी भएपछि निर्वाचित राणाले सबैप्रति आभार प्रकट गर्दै धन्यवाद दिएकि छन् । साथै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले पनि सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिएका छन्। जेनेभामा केन्द्रिय कार्यालय रहेको उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या,राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयन लगायत महिलाविरुद्ध हुने हर...

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं।हाल देशमा स्थानीय तथा पश्चिमि वायुको प्रभाव रहेको छ।जसको प्रभावले मौसम बदली भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। आज बागमती,गण्डकी र कोशी प्रदेशका केही स्थानहरु तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने,हावाहावाहुरीको सम्भावना रहेको महाशाखाको भनाइ छ। भोलि आइतबार पनि आज शनिबारको जस्तै मौसम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। ...
पहिरोले पुरिँदा चालकको मृत्यु

पहिरोले पुरिँदा चालकको मृत्यु

ताजा अपडेट, समाचार
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईँले बताए । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईँले बताए । गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ ।...