समाचार

काँग्रेसद्वारा कोशी प्रदेश सभा बैठक स्थगित गर्न सभामुखलाई पत्र

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोशी प्रदेशसभा स्थगित गर्न सभामुख अम्बरबहादुर विष्टलाई प्रदेश सभाको बैठक स्थगित गर्न माग गर्दै पत्र लेखेको छ । सर्वाेच्च अदालतमा प्रदेश प्रमुख हिक्मत कार्कीविरुद्ध परेको रिटको सुनुवाई भइनसकेको भन्दै प्रदेश सभा बैठक स्थगित गर्न काँग्रेले माग गरेको हो । मुद्दा टुंगो नलागेसम्म बैठक सञ्चालन गर्न नदिने काँग्रेसको अडान छ । सभामुखका अनुसार बैठक नरोकिए कांग्रेस अनुपस्थित हुने जानकारी सहितको पत्र काँग्रेसले पेश गरेको छ । कोशी प्रदेश सभाको बर्खे अधिवेशन वैशाख ३१ मा सुरू भएको थियो । अधिवेशनको पहिलो दिन नै मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिएका थिए। अदालतमा सरकारबारे विवाद कायमै रहेको बेला मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिएको भन्दै कां‌ग्रेस पहिलो बैठकमा अनुपस्थित भएको थियो ।...
आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर

अर्थतन्त्र, समाचार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो साता लगातार घटेको सुनको मूल्य आइतबार यथावत रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल प्रतितोला सुन एक हजार आठ सयले घटेर एक लाख ३६ हजार नौ सय रुपैंयामा कारोबार भएको थियो । आज पनि छापावाल सुन सोही मूल्यमा नै कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसै, आजर चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।...

प्रधानमन्त्रीसँगको छलफलपछि काँग्रेस आन्तरिक छलफलमा

राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नेपाली काँग्रेसले आन्तरिक छलफल थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा काँग्रेसका नेताहरुबीच छलफल सुरु भएको हो । काँग्रेस र शीर्ष नेताहरुबीच पटकपटक छलफल भएपनि हालसम्म सहमति जुट्न नसकेपछि आज प्रधानमन्त्रीले प्रतिपक्ष नेताहरुसँग छलफल गरेका थिए । सभापति देउवा र प्रचण्डसँगको छलफलपछि काँग्रेस नेताहरुबीच छलफल सुरु भएको हो । छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी छन् ।...
कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै

कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ। सहकारी ठगी प्रकरण र सहकारी पीडितहरुको मागलाई राज्यले नसुनेको भन्दै कांग्रेसले पीडितको समस्या समाधान गर्न माग राखेर आज काठमाठौंका विभिन्न ठाउँबाट बिहान १२ बजे एकैचोटी विरोध ¥याली निकाल्न लागेको नेपाली कांग्रेस काठमाडौं जिल्लाका अध्यक्ष सबुज बानियाँले बताए । सरकारले अलोकतान्त्रिक र असंवैधानिक रवैया देखाएको र सहकारी ठगी प्रकरणलाई यसै दबाउन खोजेको भन्दै उनले भने, ‘अहिले सरकारले अराजकता प्रर्दशन गरिरेको छ,यसका विरुद्धमा हामीले सदनमा पटक पटक आवाज उठाउँदा पनि  बेवास्ता गरेर यसलाई दबाउन खोजिएको छ ।’  ‘अब संसदीय सदनबाट भन्दा पनि जनताको समर्थनमा सडकबाटै खबरदारी गर्नु पर्ने आवश्यक्ता महसुर गरेर हामीले त्यस  विरुद्धको बृहत प्रदर्शन गर्न लागेका हौं।’ उनले भने। अध्यक्ष  बानियाँका अनु...
१४ लाखभन्दा बढी बालिबालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ खोप लगाइने

१४ लाखभन्दा बढी बालिबालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ खोप लगाइने

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । देशभरका १४ लाखभन्दा बढी बालकालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ लगाइने भएको छ । आइपिभी खोप अभियानअन्तर्गत देशभरका कुल १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने भएको हो । केन्द्रीय खोप अभियानका अनुसार यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई सो खोप लगाइने छ । विसं २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिएपनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभावका कारण देशभरका बालबालिका खोपबाट वञ्चित भएका थिए । नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको अभियानले बताएको छ । जिल्ला खोप समन्वय समितिले जिल्लाका नौमध्ये चार स्थानीय तहमा आजद...
चुरे संरक्षण अभियान्ताले राष्ट्रपति चुरे संरक्षण समितिको कार्यालय घेराउ गर्ने

चुरे संरक्षण अभियान्ताले राष्ट्रपति चुरे संरक्षण समितिको कार्यालय घेराउ गर्ने

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । आफूहरुको माग सुनुवाई नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियान्ताले आज राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने भएका छन् । मधेशका विभिन्न जिल्लाबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं आइपुगेका २३ जना अभियान्ताहरुले चुरे पहाड दोहन, उत्खनन् र वन जंगल फडानीका कारण आफूहरु समस्यामा परेको र आफूहरुले उठाउँदै आएको माग पुरा नभएको भन्दै सो कार्यालय घेराउ गर्न लागेका हुन् । उनीहरु विगत ३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहे पनि हालसम्म उनीहरुको माग सम्बोधन हुन सकेको छैन । उनीहरु गत बिहीबार काठमाडौं आइपुगेका थिए । टोलीले राष्ट्रपति चुरे संरक्षण समितिको कार्यालयबाट हालसम्मको प्रगति विवरणसमेत माग गर्ने एक अभियान्ताले बताए । समितिको कार्यालयमा ज्ञापनपत्र बुझाइसकेपछि आजै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा पनि ज्ञापनपत्र बुझाउने उनीहरुको ...

प्रधानमन्त्री र देउवाबीच भेटर्वार्ता

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवाबीच भेटर्वार्ता भएको छ । सभापति देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बुढानिलकण्ठ पुगेका हुन् । प्रचण्डको सचिवालयका अनुसार संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको हुन् । छलफलका लागि कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छन् । प्रमुख प्रतिपक्षी दलसँगको छलफलपछि प्रधानमन्त्रलीले दलका शीर्ष नेताहरुको बैठक आह्वान गरेका छन् ।...

महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
एजेन्सी । साबिक विजेता बार्सिलोनाले आठ पटकको विजेता लियोनलाई हराउँदै महिला च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । शनिबार भएको खेलमा बार्सिलोना २–० गोलले विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६३ औँ मिनेटमा ऐटाना बोनमाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाइन् । इन्जुरी समयमा एलेक्सिया पुटेलासले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरेकी थिइन् । बार्साले लियोनलाई हराएको यो पहिलो अवसर हो । योसँगै टोलीले सन् २०२२ को फाइनलमा बेहोरेको हारको बदला पनि लिन सफल भएको छ । महिला च्याम्प्यिन्स लिग तीन पटक जित्ने बार्सिलोना मात्र तेस्रो टोली हो । यो सिजन टोली ऐतिहासिक चारवटा उपाधि पनि हात पार्न सफल बनेको छ ।...

राष्ट्रिय आविष्कार केन्द्रद्वारा दश किसिमका कृषि औजारको उत्पादन

अर्थतन्त्र, ब्यानर-२, समाचार
वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको केन्द्रले दश किसिमका साना साना कृषि औजार तथा उपकरण तयार पारेको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले जानकारी दिए । उनका अनुसार हालसम्म धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका छन् । यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गर्न बाँकी रहेको उनले बताए । इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने ...

सम्झनामा कृष्ण सेन ‘इच्छुक’ : २२ औं स्मृति दिवसका अवसरमा प्रभातफेरी

ताजा अपडेट, ब्यानर-२, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।पत्रकार तथा सांस्कृतिकर्मी सहिद कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइँदै आएको प्रेस सेन्टरका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले बताए । अध्यक्ष सुवेदीले भने, ‘तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेका सेन जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आउनु भएको थियो ।सोही क्रममा उहाँलाई पुलिसले गिरफ्तार गरी एक हप्तासम्म चरम यातना दिएर हत्या गरेको थियो ।’   ‘उहाँलाई २०५२ सालबाट शुरु भएको १० वर्षे जनयुद्धको समयमा २०५८ जेठ ६ गते  काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट गिरफ्तार गरी महे...