समाचार

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनु भएको छ। २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना र जनकल्याणका लागि गरिएको मार्गदर्शनको परिपालन गर्न आग्रहसमेत गर्नुभएको छ । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ, “सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ”।साथै उहाँले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख,शान्ति र समृद्धिको कामनासमेत गर्नुभएके छ । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजय...

एमाले परिषद् बैठकले पारित ग¥यो सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण कार्ययोजना

जीवनशैली, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ। ललितपुरको गोदावारीस्थित सनराइजहलमा आइतबार सम्पन्न भएको उक्त बैठकले वि.सं.२०८१ साललाई पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण अभियान वर्षका रुपमा मनाउने प्रस्ताव पारित गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। गौतमका अनुसार शनिवार केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन,महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल भएको थियो । भने, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल,केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल,केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा १३ वटा समसामयिक राजनीत...

तातो हावाले तराईको जनजीवन प्रभावित बन्दै

जीवनशैली, ब्यानर-२, समाचार, स्वास्थ्य
सर्लाही ।सर्लाहीसहित तराई क्षेत्रमा तातो हावा‘लू’ ले जनजीविका प्रभावित भएको छ। सर्लाहीमा एक सातादेखि दिनभरि चर्को घाम र तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित भएको ईश्वरपुर नगर अस्पतालले जनाएको छ।चिकित्सकले अहिले चलेको तातो हावा असाध्यै खराब रहेकाले मजदुर र खेतबारीमा काम गर्नुपर्ने किसानलाई सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन्। नगर अस्पताल ईश्वरपुरका अनुसार धुलोसहित तीव्र वेगमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण बढ्ने जोखिम हुने बताएका छन्।तसर्थ उनिहरुले यस्तोमा सकेसम्म घरभित्रै बस्न,प्रशस्त पानी पिउन,जे पायो त्यही खानेकुरा नखान सुझाव दिएका छन्। तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम रहेकाले चुह्लोमा खाना तथा कुँडो पकाएपछि राम्रोसँग आगो निभाउन,बालबालिकालाई आगो लाग्ने र बाल्ने कुरा नदिन,चुरोट तथा बिँडी पिएर जथाभावी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले ...

राजतन्त्रलाई फर्काउन कुनै सम्भावना छैन : ओली

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल हुने सम्भावना नरहेको बताउनु भएको छ। शनिबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा उहाँले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता,असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनर्स्थापना नहुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नु भएको एमाले स्रोतले बताएको छ। लोकतान्त्रिक गणतन्त्रको विकल्पमा निरङ्कुश सामन्ती व्यवस्थाको पुनर्स्थापना हुनै नसक्ने जिकिर गर्दै ओलीले भन्नुभयो,‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन । यसमा हामी ढुक्क भए हुन्छ। यो इतिहा...

अभियन्ता केसीले दिए सरकारलाई चेतावनी,माग पूरा गर्न ३ हप्ताको अल्टिमेटम(विज्ञप्तिसहित)

ताजा अपडेट, विचार, समाचार, स्वास्थ्य
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन्। उनले सरकारलाई हप्ता भित्र पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही गर्न र सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी आफूले उठाउँदै आएका माग सम्बोधन गर्न भनेका छन् ।६ वर्षअघि कार्की नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन गत २८ चैतमा सार्वजनिक भएको थियो । यस्तै उनले नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने, गेटामा तुरुन्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने,गण्डकी,मधेश प्रदेश र इलाम, उदयपुरसँगै डडेल्धुरामा पनि मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्नुपर्ने लगायतका माग राखेका छन् । ...

चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटना हुँदा ६ जना घाइते

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं ।चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताए । घटनामा परेका तीन जना सशस्त्र र तीन नगर प्रहरी गरि ६ जना घाइते हुनुभएको हो । घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको र उहाँहरुको अवश्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।...

गुल्मीमा एक दिने उखु महोत्सव ,किसान उत्साहित

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) गुल्मी।गुल्मीको छत्रकोट गाउँपालिका,४ मा एकदिने उखु महोत्सव गरिएको छ । उखुको उत्पादन बढाउने र उखु व्यवसायको विकास र प्रवद्र्धन गरि उखु किसानलाई प्रोत्साहित गर्न पालिकाको वडा नम्बर ४ को दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । उखु खेतीका माध्यमबाट आर्थिक उपार्जन गरी समृद्धि हासिल गर्दै किसानलाई आत्मनिर्भर बनाउनका लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलेले बताउनु भएको छ । महोत्सवमा गोरुको प्रयोग गरी पराम्परागत शैलीमा उखु पेल्ने, खुदो, गुँड बनाउने र उखुको रसबाट उत्पादित सामग्रीलाई प्रदर्शनीमा राखिएको थियो ।भने,उखु महत्व र त्यसको उपयोगिताका बारेमा विभिन्न गीत तथा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । स्थानीय जातको सेतो, रातो कोसेर, कालो र जीतपुर कोसेर तथा पुरा...

बालाजु बाइसधारा मेलाको व्यवस्थापनको जिम्मा स्थानीयलाई,ऐतिहासिक मेलाका रुपमा मनाउने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल (अर्चना) काठमाडौं । काठमाडौको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको व्यवस्थापनको जिम्मेवारी स्थानीयले नै प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकाको वडा नं १६,बालाजुमा अवस्थित बालाजु बाइसधारा उद्यान परिसरमा हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने सो मेलाको विगतका वर्षहरुमा काठमाडौं महानगरको माताहतबाटै व्यवस्थापन हुँदै आएको थियो ।प्राचीन धार्मिक तीर्थस्थलसँगै सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिदै आएको उक्त मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न स्थानीयहरुले स्वतःस्फूर्त रुपमा वा स्वयंसेवकको भूमिकामा रहेर मेला सञ्चालन तथा व्यवस्थापनमा महानगरलाई सहयोग गर्दै आएको स्थानीय शंकर डंगोलले बताउनुभयो।तर यस वर्षबाट भने स्थानीयहरुले  मेला सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त गरेको हुनाले यो मेला ऐतिहासिक हुने स्थानीयको दावी छ । ...

रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटानका पूर्व गभर्नर रोटरीयन शाक्यको निधन

बिशेष, समाचार, स्वास्थ्य
काठमाडौं। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल —भुटानका पूर्व गभर्नर तथा नेपाल सरकारका पूर्व मुख्य सचिव रोटरीयन तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्ष समेत रहनु भएका रोटरीयन शाक्यको क्यान्सर रोगको उपचारका क्रममा हिजो बुधबार निधन भएको हो । शाक्यको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगका पूर्व अध्यक्ष समेत रहनुभएका शाक्य ८१ वर्षको हुुनुहुन्थ्यो । डेढ महिना अघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किनु भएका शाक्यकी श्रीमतीको पनि करिब तीन महिनाअघि  निधन भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल —भुटानका वर्तमान गभर्नर राजेन्द्र प्रसाद ध्वजुले जानकारी दिनुभएको छ । रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट आरसिसि सल्लाहकार रोटरीयन उत्तम खडका अनुसार नेपालको कानुनको मस्यौदा निर्म...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जीवनशैली, समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई आज र भोलि दुई दिनसम्म भिटामिन ए खुवाइँदै छ । भिटामिन ए सँगै जुकाको औषधी पनि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएका्े छ । मन्त्रालयका अनुसार यस पटक करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ए र २९ लाख भन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको तयारी छ।...