समाचार

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

राजनीति, समाचार
जनकपुर । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईले बताए । सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको हो । उनले दोहोरो नागरिकता लिएको आरोपमा परेको उजुरीमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।...
सार्वजनिक सेवामा महिलाको उपस्थिति २८ प्रतिशत

सार्वजनिक सेवामा महिलाको उपस्थिति २८ प्रतिशत

ब्यानर-२, समाचार
काठमाडौं । नेपालको सार्वजनिक सेवाका क्षेत्रमा महिलाको उपस्थिति २८ प्रतिशत पुगेको देखिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) बेइजिङ प्लस रिभ्यूको तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँगको छलफलमा विज्ञ कपिल अर्यालले सो तथ्य पेश गरेका हुन् । प्रस्तुतीकरण दिँदै उनले न्यायाधीश हुने महिलाहरूको सङ्ख्या ११ प्रतिशत पुगेको तथ्य पेश गरे । हरेक क्षेत्रमा महिलाको उपस्थिति वृद्धि हुँदै जाँदा केही क्षेत्रमा भने महिलाको संख्या बढ्न नसकेको उनको निष्कर्ष छ । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बालविवाहको समस्या अहिले पनि रहेको बताइन् । उनले खास समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको समेत औंल्याइन् । प्रेम विवाह गरिसकेपछि जात, आर्थिक अवस्था लगायतका कुरा नमिल्दा पनि बालविवाहको मुद्दा पर्ने गरेको कतिपय घटना सार्वजनिक भएको दृष्टान्...

बागमती प्रदेशको बजेट ३६ प्रतिशतले बढ्ने अनुमान

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब बढी पुग्ने अनुमान गरेको छ। प्रदेश अनुसार चालु वर्षको लेखा अनुमान सार्वजनिक गर्दै बागमती प्रदेशले मात्रै नेपालको कुल अर्थतन्त्रमा ३६ प्रतिशत बढी योगदान गर्ने कार्यालयले अनुमान गरेको हो । चालु आर्थिक वर्ष २०८०र८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशको १५.८ प्रतिशत योगदान रहने देखिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान रहेको छ। चालु वर्षमा प्रदेशअनुसार सुदूरपश्‍चिमको चार खर्ब चार अर्ब, कर्णालीको दुई खर्ब ४...
सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता

सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता

ताजा अपडेट, समाचार
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए । चुचुरोमा पुगेर फर्कने क्रममा आठ हजार ७५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उनले बताए । दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।...
काँग्रेसले सहकारी छानवीन प्रकरणको मुद्दा नछाड्ने

काँग्रेसले सहकारी छानवीन प्रकरणको मुद्दा नछाड्ने

राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवी लामिछाने बारेको मुद्दा नछोड्ने भएको छ । सानेपामा आज बसेको केन्द्रीय कमिटीको बैठकले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्ने विषयमा छलफल गरेको हो । बैठकले गृहमन्त्रीको राजीनामा माग गर्ने र छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको एक नेताले जानकारी दिए ।संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रुपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेस केन्द्रीय बैठकमा छलफल भएको उनले बताए । बैठकले सहकारी पीडितको बचत फिर्ता गर्न माग गर्ने निर्णयसमेत गरेको छ ।...
पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्डमा

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्डमा

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।पारालिम्पीक वल्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाईल्याण्ड गएका छन्। भोली मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन्।उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउँछन्।नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव थापा एकमात्र विश्व बरियताका खेलाडी हुन्। पारालिम्पीक वल्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाएको सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरिएतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन।उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट र सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पारालिम्पीकमा सिधै छनोट हुनेछन...
अदानीले एकैदिनमा कमाए २६ खर्ब ४० अर्ब भारु

अदानीले एकैदिनमा कमाए २६ खर्ब ४० अर्ब भारु

अर्थतन्त्र, बिशेष, समाचार
एजेन्सी । भारतीय खर्बपति व्यापारी गौतम अदानीले २४ घण्टामा २६ खर्ब ४० अर्ब भारु कमाएका छन् । मंगलबार भारतीय शेयर बजारमा कमी देखिएपनि अदानीको व्यापारिक समूह अदानी ग्रुपका कम्पनीको शेयर मूल्य भने तीब्र रुपमा बढेको थियो । शेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाएका हुन् । मंगलबार भएको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउने व्यवसायी बनेका थिए । २४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ ।...

सिरोहियाको पक्राउमा रास्वपाको समर्थन

राजनीति, समाचार
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पक्षमा उभिएको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरे । उनले भने, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।’ सिरोहियालाई जिल्ला अदालत धनुषाको अनुमति लिएर नागरिकता कीर्तेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको आफूहरुको जानकारीमा आएको रास्वपाले जनाएको छ ।...

कैलाश सिरोहिया प्रकरणः ५ दिनको म्याद थप्न सरकारी वकिलको सिफारिस

राजनीति, समाचार
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ । अध्यक्ष सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा मंगलबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियालाई आज अदालतमा उपस्थित गराएको थियो । अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो । म्याद थपको सिफारिसपछि उनलाई पुनः अदालत पुर्‍याइएको छ ‌।...
जेठ ३० गतेका लागि तोकियो जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन

जेठ ३० गतेका लागि तोकियो जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन

राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ । यही जेठ ३० गतेका लागि केन्द्रिय समितिको निर्वाचन हुन लागेको हो । केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। उनका अनुसार केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने छ । त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ ।...