समाचार

भारतीय लोकसभा चुनावः पर्सा नाका बन्द

भारतीय लोकसभा चुनावः पर्सा नाका बन्द

राजनीति, समाचार, स्थानीय
वीरगन्ज । भारतमा लोकसभा निर्वाचनका लागि पर्सा तर्फको भारतीय सीमा बन्द गरिएको छ । भारत विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते लोकसभा निर्वाचनका कारण वीरगञ्ज भन्साल कार्यालय सहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि जेठ १२ गते अपराह्न ६ बजेसम्म नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए । दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नाका बन्द गरिएको कार्यालयले जनाएको छ । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।...

आइपीएलः बेंगुलुरलाई पराजित गर्दै राजस्थान रोयल्स क्वालिफायरमा

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बेंगुलुरलाई पराजित गर्दै राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ । अहमदाबादमा बुधबार राति सम्पन्न खेलमा तेस्रो हुँदै राजस्थान प्लेअफमा पुगेको थियो । इलिमिनेटर खेलमा पुगेको राजस्थानले दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको छ । लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग पराजित भएको थियो । इलिमिनेटर खेलमा बेंगलुरले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा १९ ओभरमै भेटाएको छ । राजस्थानका यशस्वी जैसवालले ४०, रियान परागले ३६, सिमरन हेटमायरले २६ र टम कोहलर-क्याडमोरले २० रनको योगदान गरे । बेंगलुरका मोहम्मद सिराजले २, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान एकरएक विकेट दिलाए । पहिले ब्याटिङ गरेको बेंगलुरले ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । रजत पतिदरले ३४, विराट कोहलीले ३३, महिपाल लोम्रोरले ...

नेपाली चलचित्र शुक्रबार नै प्रदर्शन हुने परम्परा तोडियो, दुई चलचित्र आजदेखि हलमा

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली चलचित्रका क्षेत्रमा शुक्रबार नै रिलिज गर्नुपर्ने परम्परा रहँदै आएको थियो । तर यो साता भने बिहीबारबाट नै प्रदर्शन सुरु भएको छ । बुद्ध जयन्तीको अवसरमा आज दुई नेपाली चलचित्रहरु हलमा रिलिज भएका छन् । आजबाट चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ प्रदर्शन हुन लागेका हुन् । केही दिन अघिबाट अग्रिम टिकट बुकिङ सुरु गरेका दुई चलचित्रहरुले बराबरी रुपमा शोहरु पाएका छन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुती रहेको चलचित्र ‘फर्की फर्की’ मा अनमोल केशी, जसिता गुरुङ, समृद्धि अर्याल, रवी काफ्ने लगायतको मुख्य भूमिका छ । यो चलचित्रलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका छन् । यसैगरी चलचित्र ‘पुजार सार्की’मा आर्यन सिक्देल, प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बू, अन्जना बराईली लगायतको प्रमुख भूमिका छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुवास भुसाल निर्माताका रुपमा छन् । य...

आज बुद्ध जयन्ती,बुद्धका उपदेशलाई मनन गरौं र जीवन धन्य बनाऔं

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतार सिद्धार्थ गौतमको पूजा अर्चना र आराधाना गरी मनाइँदै छ। इसापूर्व ५४३ मा सुन्दर भूमि नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको रुपमा उनको जन्म भएको थियो।राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेर २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए। विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरुप यो पर्व मनाउने गरिन्छ ।बुद्ध भन्नाले अन्तिम सत्यको साक्षात्कार गरेको माहामानव बुझिन्छ।संस्कृत शब्दमा बुद्ध शब्दको अर्थ बुध अर्थात जाग्नु भन्ने हुन्छ। बुद्धको जन्म,ज्ञान प्राप्ति र समाधि यहि वैशा...

काठमाडौं महानगरकी उपप्रमुख डंगोल बेलायत प्रस्थान

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
काठमाडौं । ब्रिटिश काउन्सिलको निमन्त्रणामा ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी हुन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बुधबार बेलायत प्रस्थान गरेकी छिन्। भ्रमणमा उनीसँग कामपा वडा नम्बर,२७ की वडा सदस्य श्रृष्टि कंसाकार,सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि बेलायत गएका छन्। बेलायतको म्यानचेस्टर सहरको अभोभा स्टुडियोमा यहि जेठ ११, १२ र १३ गते हुने उक्त महोत्सवमा उनीहरुलाई भ्रमणको अवधि १० दिनको तोकिएको उपप्रमुख डंगोलको सचिवालयले जनाएको छ।टोली जेठ २० गते नेपाल फर्कने सचिवालयले जनाएको छ। हरेक वर्ष गरिने महोत्सवमा स्थानीय,राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरुका बीच अन्तर्क्रिया र अनुभव आदान हुन्छ । सो अन्तर्क्रियामा विभिन्न देशका विश्व प्रख्यात महिलाहरु वक्ताका रुपमा रहेको बताइएको छ ।...
शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्छ : एल पी शर्मा

शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्छ : एल पी शर्मा

जीवनशैली, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एल पी भानु शर्माले शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्ने बताएका छन्। बुधवार राष्ट्रिय अभिभावक संघका पदाधिकारीहरुसँगको छलफलमा उनले शिक्षाले मानिसलाई आफ्ना क्षमतासँग परिचित गराउन सके मात्रैव्यक्तिको जीवनमा सिर्जनशीलता र उत्पादकत्व बढ्ने बताए।यसका लागि उनले अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुनु पर्ने आवश्यकता औंल्याएका छन् । उक्त छलफल कार्यक्रममा जीवन विज्ञानका गुरु शर्माले विद्यार्थीलाई व्यवहारिक र अध्यात्मको ज्ञान दिन सके मात्रै भावी पुस्तालाई असल र कुशल बन्न सहयोग पुग्ने स्पष्ट पारे । छलफलमा संघका पदाधिकारीहरु लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य समभागिता रहेको जनाइएको छ । स्रोत–: जीवन विज्ञानको फेसबुक पेज...
अमेरिकाद्वारा सन्दीपको भिसा अस्वीकृत

अमेरिकाद्वारा सन्दीपको भिसा अस्वीकृत

खेलकुद, ब्यानर-२, समाचार
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी दिएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। लामिछानेले फेसबुकमा लेखेका छन्, 'नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो, दुर्भाग्य ! अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ।नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।' सन्दिपको आजै अमेरिका जाने तयारी थियो।यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो।त्यसपछि अमेरिकाले यस अघिको सबै भिसा रद्द ...
महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने

महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने

कानुन, ब्यानर-१, समाचार
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ । गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा ‘क्लिनचिट’ दिने गरी कार्यालयले लेखेको पत्रविरुद्ध रिट दायर हुने भएको हो । अधिवक्ता अनुपम भट्टराईलाई रिट दर्ता गर्ने बाटो खुलेको हो । यसअघि सर्वोच्चले उक्त पत्र विरुद्ध भट्टराईले नै पेश गरेको रिट दरपिठ हुने आदेश गरेको थियो । उक्त आदेशविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बुधबार सर्वोच्च प्रशासनलाई रिट निवेदन दर्ता गर्न आदेश गरेको हो । न्यायाधीश ढुङ्गानाको एकल इजलासले यसअघि दरपिठ गर्ने निर्णय मिलेको नदेखिएको भन्दै दर्ताका लागि आदेश दिएपछि उक्त पत्रको न्यायिक परीक्षण हुने भएको छ। महान्यायाधिवक्ता कार्यालयले वैशाख २४ गते गृहमन्त्री लामिछानेको सहकारी ठगी सम्बन्धमा कुनै पनि कार्यालयमा अनुसन्धान÷अभियोजन र...
दाङमा पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने

दाङमा पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने

समाचार, स्वास्थ्य
दाङ । दाङमा बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार ३७ हजार सात सय ५५ जनालाई आइपीभी खोप लगाउन लागिएको हो । पत्रकारसँग अन्तरक्रियामा कार्यालयले आज यही जेठ १३ देखि २६ गतेसम्म खोप अभियान सञ्चालन हुने जानकारी दिएको हो । खोप अभियानमा विसं २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी रहेको कार्यालयले बताएको छ । खोप संयोजक झग्गुप्रसाद आचार्यले पहिलो चरणमा यही जेठ १३ गतेदेखि १७ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका र दोस्रो चरणमा २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप सञ्चालन हुने आचार्यले जानकारी दिए । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले सकेसम्म लक्षित उमेरका बालबालिका रहेका सबै ...
सुरक्षण मुद्रणका तत्कालिन निर्देशक विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रणका तत्कालिन निर्देशक विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा

कानुन, समाचार
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ । आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको अख्तियारको दावी छ । अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग पनि लगाएको छ । सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो । विकल पौडेल विरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । अख्तियारले उनीमाथि झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको र सुरक्...