समाचार

कालीकोटमा जीप दुर्घटनाः सात जना घाइते, अवस्था गम्भीर

कालीकोटमा जीप दुर्घटनाः सात जना घाइते, अवस्था गम्भीर

समाचार, स्थानीय
कालिकोट । कालिकोटमा जिप दुर्घटना सात जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको प्रहरीले बताएको छ । घाइते हुनेहरू सबै शुभकालिकाकै स्थानीय रहेको बताइएको छ । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको सो जिपमा सडकबाट तल खोलामा खसेको छ । घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...
तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ । बैंकले जेठ ११ गते निक्षेप सङ्कलन बोलकबोल मार्फत ७ दिनका लागि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहे पनि कर्जा भने माग हुन सकेको छैन । जसका कारण तरलता थुप्रिरहेको अवस्था छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार जेठ ७ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ९४ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब १३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा ८०.३२ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैङ्कहरूसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैङ्कहरूसँग पर्याप्त तरलता रहेकैले अन्तर बैङ्क ब्याजदर २।९२ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ ।...
सहकारी पीडतद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

सहकारी पीडतद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । सहकारी पीडितहरुले आफूहरुको साढे दुई खर्ब बचत फिर्ता गर्न माग गर्दै आएका छन् । पीडितहरुले रकम फिर्ता गर्न माग गर्दै आज तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । यसअघि भएका सम्झौताहरूको कार्यान्वयन नभएको भन्दै पीडितहरूले भोलिबाट रिले अनसन लगायतका कार्यक्रम सहित आन्दोलनको तयारी गरेका छन् । शुक्रबार काठमाडौं माइतिघर मण्डलाबाट प्रर्दशन गर्ने र साँझदेखि माग पुरा नहुन्जेलसम्म रिले अनसन बस्ने उनीहरुले बताएका छन्। सोही दिन चितवन, विराटनगर, इटहरी र धरान लगायतका मुलुकका विभिन्न स्थानबाट समेत आन्दोलनको समर्थनमा पीडितहरूले र्‍याली निकाल्ने उनीहरुको तयारी छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले समर्थन गर्दै यसअघिदेखि आन्दोलनमा सहभागिता जनाउँदै आएका छन्। महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब...

महिला एसिया कपः २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

खेलकुद, समाचार
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला एसिया कपका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि २८ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीको कप्तानमा इन्दु बर्मा रहेकी छन् । अन्य खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो र डली भट्ट रहेका छन् । अन्य खेलाडीमा बिन्दू रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोद्दार, खुशी डंगोल, लक्ष्मी साउद, एलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, सङ्गीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ रहेका छन् ।...
बोटलर्स नेपालका दुई कम्पनीको नाफामा भारी गिरावट

बोटलर्स नेपालका दुई कम्पनीको नाफामा भारी गिरावट

अर्थतन्त्र, समाचार
काठमाडौँ । बोटलर्स नेपालको दुई कम्पनीको नाफामा भारी गिरावट आएको छ । काठमाडौंस्थित बालाजु र चितवनको भरतपुरमा बोटलर्सका दुई कम्पनीहरु सञ्चालित छन् । दुवै कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बालाजुले चालु आवको तेस्रो त्रैमासमा ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षभन्दा निकै कम हो । गत आवको यसै अवधिमा बालाजुमा सञ्चालित कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो । मुख्यतः कम्पनीको (बालाजु) बिक्री आम्दानी घट्नुले नाफामा असर पारेको देखिन्छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा कुल ७ अर्ब १८ करोड रुपैयाँको उत्पादन बिक्री गरेको छ । पहिले यसै अवधिमा ८ अर्ब २१ करोड रुपैयाँको बिक्री गरेको थियो । कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले २७५ रुपैयाँ रहेकोमा अहिले २४ रुपैयाँमा झरेको छ । बुधबार बजार बन्द हुँदा कम्प...
एकैदिन १८ सयले घट्यो सुनको मूल्य

एकैदिन १८ सयले घट्यो सुनको मूल्य

अर्थतन्त्र, समाचार
काठमाडौँ । नेपाली बजारमा एकैदिन सुनको मूल्यमा एक हजार आठ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायिक महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख चालिस हजार भएको थियो आज एक लाख ३८ हजार सात सयमा कारोबार भइरहेको महासंघले बताएको छ । काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेर करोबार भएको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९००...
त्रिविद्वारा उच्च शिक्षाको मान्यता र समकक्षता कार्यविधि २०७८ को सुझाव माग

त्रिविद्वारा उच्च शिक्षाको मान्यता र समकक्षता कार्यविधि २०७८ को सुझाव माग

ब्यानर-१, शिक्षा, समाचार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको समकक्षता र मान्यता कार्यविधि २०७८ का लागि अध्ययन गर्न सुझाव माग गरेको छ । उच्च शिक्षाको समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न गठित सुझाव समितिले सुझाव माग गरेको हो । त्रिविले उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ मा आवश्यक संशोधन गर्न समिति गठन गरेको थियो । उच्च शिक्षा उपाधिको मान्यता र समकक्षतालाई सरलीकरण गरी सहज बनाई छिटोछरितो कार्य सम्पादन गर्न एवं कार्यविधि २०७८ लाई समयानुकूल संशोधन गर्न समितिले कार्य गर्दै आएको छ । उक्त कार्यविधि अनुसार समकक्षता तथा मान्यता दिँदा विभिन्न खालका समस्या देखिँदै आएका छन् । एक सुचना प्रकाशित गर्दै त्रिविले ती समस्या समाधान र सुधारको लागि खुल्ला रूपमा राय सुझाव लिन समितिले सुझाव माग गरेको हो ।...

२५ प्रतिशत घट्यो शेयर बजारबाट संकलित पुँजीगत लाभकर

अर्थतन्त्र, समाचार
काठमाडौँ । शेयर बजारबाट संकलित पुँजिगत लाभकर २५ प्रतिशतले घटेको छ । धितोपत्र बोर्डका अनुसार बैशाख महिनामा पुँजिगत लाभकरमा गिरावट आएको हो । बोर्डका अनुसार दोस्रो बजारबाट वैशाख महिनामा कुल ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार वैशाख महिनामा संकलित पुँजीगत लाभकर चैतको तुलनामा २४.९ प्रतिशत कम हो । चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । वैशाख महिनामा कुल ५४ अर्ब ९१ करोड रुपैयाँ बराबरको धितोपत्र दोस्रो बजारबाट कारोबार भएको छ । सो कारोबारका क्रममा लगानीकर्ताले नाफा लिएर बेचेको धितोपत्रबाट ३६ करोड २७ लाख कर संकलन भएको हो । बजारमा हुने धितोपत्र कारोबारमा नाफाबाट दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ । १ वर्षभन्दा कम समय सेयर होल्ड गरेर बेच्दा ना...

बेलायतमा आगामी निर्वाचनको मिति घोषणा

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । बेलायतमा हुने आगामी निर्वाचनको मिति घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ का लागि आम निर्वाचनको घोषणा गरेका हुन् । नियमित तालिकाअनुसार बेलायतमा सन् २०२५ मा निर्वाचन हुनुपर्ने थियो । त्यसको ७ महिना अगाडि नै प्रधानमन्त्री सुनकले चुनावको मिति घोषणा गरिदिएका हुन् । उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए । राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ वर्तमान संसद भंग गरिने छ । त्यसपछि चुनावी प्रक्रिया सुरु हुने छ । सम्भवतः शुक्रबारदेखि चुनावी प्रक्रिया सुरु हुने बीबीसीले जनाएको छ । उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । बेलायतमा जनवरी २०२५ मा आम चुनाव हुने सम्भावना ...

नेपाली कांग्रेसको कार्यसम्पादन सदस्यमा रमेश लेखक मनोनीत

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनीत भएका छन्। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक लेखक पार्टीको विधान २०१७ को धारा २३ को उपधारा २ अनुसार कार्यसम्पादन समिति सदस्य पदमा मनोनीत भएको गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले लेखकलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेकोमा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदनसमेत गरेको छ। विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनीत गर्न पाउने व्यवस्था छ। कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता पदेन सदस्य रहन्छन्। कार्यसम्पादन समिति बैठक कम्तीमा महिनामा एक पटक बस्नेछ। केन्द्रीय समिति बैठक तत्काल बस्न सक्ने सम्भावना नभएका बेला कार...