समाचार

आज नीति तथा कार्यक्रम पारित हुँदै,यस्तो छ सम्भावित कार्यसूची

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको नीति तथा कार्यक्रम पारित गरिदैं छ ।सभाले आज शुक्रबार पारित गर्ने सम्भावित कार्यसूची हिजै सभामुख देवराज घिमिरेसँगको समन्वयमा सो कार्यसुचि तय गरेको हो । संसद् सचिवालयले आज बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसुचि छ। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ ।प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ । संसद् सचिवालयका अनुसार  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव र...
गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्दै कांग्रेस

गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्दै कांग्रेस

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेपाली कांग्रेस​ले गण्डकीमा आज शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ। बजेटका सन्दर्भमा छलफल गर्नका लागि दिउँसो ३ बजेका लागि बोलाइएको उक्त बैठकको कांग्रेसले बहिस्कार गर्ने निर्णय गरेको हो । संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । त्यसको टुंगो नलागेसम्म कांग्रेस आजको संसद बैठकमा सहभागी नहुने भएको छ । प्रमुख सचेतक न्यौपानेद्धारा जारी विज्ञप्तिमा अदालतको आदेश विपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने उल्लेख छ। गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ।जसमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको ...

सिरोहियाको बयान आजदेखि

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आज शुक्रबार शुरु हुँदै छ। सामान्य सोधपुछ भइरहेको भए तापनि आधिकारिक बयान भने बल्ल आजबाट हुन लागेको धनुषा प्रहरीले जानकारी दिएको छ।मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियाको म्याद आजसम्म मात्रै छ। यदि बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ।...
चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौँ । चलचित्र ‘गाउँ आएको बाटो’  को ट्रेलर सार्वजनिक बिहीबार सार्वजनिक भएको छ । नवीन सुब्बाद्वारा निर्देशित सो चलचित्र’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको हो । चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसन राई सहितका कलाकार प्रमुख भूमिकामा छन् । चलचित्रलाई आमोद राईले निर्माण गरेका हुन् । चलचित्रलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा तयार पारिएको छ । चलचित्र जेठ २५ गते विश्वभर रिलिजको तयारीमा छ ।...
संसदीय समितिको कार्यदलको बैठक सिंहदरबारमा जारी

संसदीय समितिको कार्यदलको बैठक सिंहदरबारमा जारी

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी छानबिन गर्न बनेको संसदीय समितिको क्षेत्राधिकार तयका लागि गर्न कार्यदलको बैठक सिंहदरबारमा चलिरहेको छ। केही समयअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठकसुरू भएको हो। बैठकमा कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहित नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसद जीवन परियार, कांग्रेसकै सांसद ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल बैठकमा सहभागी भएका छन्। यसअघि बसेको तीनवटै बैठक निष्कर्षमा पुग्न नसकेपछि कांग्रेसले सत्तापक्षलाई मूर्त प्रस्तावसहित आउन आह्वान गरेको छ। प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने अडान लिँदै आएको छ।...
घुस लिइरहेको अवस्थामा एकजना पक्राउ

घुस लिइरहेको अवस्थामा एकजना पक्राउ

कानुन, समाचार
काठमाडौँ । चन्द्रागिरीबाट चार लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनालाई पक्राउ गरेको छ । घुस लिइरहेको अवस्थामा सो नगरपालिका वडा नंवर २ मा बस्ने ध्रुबबहादुर बस्नेत रहेको अख्तियारले जनाएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्षका भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा पाइएको बताइएको छ । आरोपीले सेवाग्राहीबाट लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् । चेक कडायतकै नाममा काटेको भेटिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेर अनु...

चोभार सुख्खा बन्दरगाहः निर्यात शून्य, आयात मात्र

अर्थतन्त्र, समाचार
काठमाडौँ । काठमाडौंको सुख्खा बन्दरगाहबाट नियमित आयात भएपनि निर्यात भने शून्य देखिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को १० महिनाको अवधिमा सो सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार नेपालको कुल आयातमध्ये ०.०६ प्रतिशत वस्तु आयात भएको छ । चोभारबाट साउन–वैशाखमा ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ । १० महिनामा देशभर कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको भएको छ । नेपालमा कुल २९ भन्सार विन्दु र सुक्खा बन्दरगाहरुबाट अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । यो भन्सारबाट ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ३४.३२ प्रतिशत हो । यस भन्स...
यस्तो छ सुनचाँदीको उकालो यात्रा

यस्तो छ सुनचाँदीको उकालो यात्रा

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौँ । पछिल्लो समय नेपालमा सुनको मूल्य बढेको बढ्यै छ । पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा सुनको मूल्य ४६ हजारभन्दा बढीले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७८ सालको जेठदेखि २०८१ सालको जेठसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ४६ हजार दुई सय रुपैंयाँले बढेको छ । २०७८ जेठ पहिलो साता छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ रहेको महासंघको तथ्यांकले देखाएको छ । त्यसयता निरन्तररुपमा बढ्न थालेको सुनको मूल्यले यतिबेला दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । २०७९ जेठ पहिलो सातासम्म सुनको मूल्य बढेर प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो । सो अवधिमा तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा यो ४ हजार रुपैयाँको मूल्यवृद्धि थियो । यसैगरी २०८० सालको जेठसम्म आइपुग्दा ...

सिरोहिया प्रकरणमा ओलीको अभिव्यक्ति–कानून सबैलाई बराबर हुन्छ

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा व्यक्त गरेका छन् । आज झापामा आयोजित एक कार्यक्रममा ओलीले सञ्चारकर्मीहरुको प्रश्नमा धारणा राख्दै सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ नगरिएको बुझिएको बताएका छन् । उनले भने, ‘कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’ यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने पनि उनको तर्क छ । ‘उनलाई पक्राउ गर्दैमा डमोक्रेसी नै खतरामा परिहाल्यो त रु के सञ्चारका हकहरू खोसिएकै हुन् त ?’,उनले प्रश्न गरे । कानुन सबैका लागि बराबर हुने बत...

राष्ट्रिय वाणिज्य बैंकको सिईयोमा खनाल नियुक्त

अर्थतन्त्र, समाचार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकिएसँगै सो पद रिक्त थियो । सीईयो बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो । खनालको कार्यकाल चार वर्षको हुनेछ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।...