समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द

ताजा अपडेट, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य सबै खालका उडान बन्द गरिएको छ । विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार एक घण्टाका लागि विमानस्थल एक घण्टाका लागि बन्द गरिएको हो । विमानस्थलमा सानो खाल्डो परेको उनले बताए ।...

सिरोहियाको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताको टोली धनुषामा

ताजा अपडेट, ब्यानर-१, समाचार
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताको टोली धनुषा आइपुगेका छन् । नागरिकता किर्ते अभियोगमा पक्राउ परेका सिरोहियाको थप अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज प्रहरीले पुनः म्याद थप्न सिरोहियालाई अदालत ल्याएपछि उनको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताहरू धनुषा आएका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सिताराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी, रमण कर्ण सिरोहियाको पक्षमा वकालत गर्दैछन् ।...

राप्रपा केन्दीय कार्यसमितिको बैठक १२ : १५ देखि सुरू

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक १२ : १५ देखि सुरू भएको छ। बैठक धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा मध्याह्न १२ः१५ बजेदेखि बैठक भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा महामन्त्री धवलशमशेर राणाले सांगठानिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरूङले सचिवालयसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको बताइएको छ । केन्द्रीय समिति बैठक जेठ १३ गतेसम्म चल्नेछ। उल्लिखित प्रतिवेदनहरूमाथि केन्द्रीय समितिमा छलफल हुनेछ ।...

विपक्षी दलको बैठक सुरु

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूबीच बैठक सुरु भएको हो । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकको रणनीति बनाउन विपक्ष दलको बैठक बसिहरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।...
सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक हजार आठ सयले घटेको हो । आज छापावाल सुन एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । बिहीबार पनि सुनको मूल्यमा एक हजार आठ सयले नै गिरावट आएको थियो । बिहीबार छापावाल सुन एक लाख ३८ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले नै घट्दै १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।...
डँडेलोबाट बागलुङका ६८ वटा सामुदायिक वनमा क्षति

डँडेलोबाट बागलुङका ६८ वटा सामुदायिक वनमा क्षति

ताजा अपडेट, समाचार
बागलुङ । डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार हेक्टरभन्दा बढी वनमा क्षति पुगेको छ । डिभिजन वन कार्यालय बागलुङका अनुसार फागुन ११ गतेदेखि बैशाख १९ गतेसम्ममा ६८ वटा सामुदायिक वनको दुई हजार एक सय ७४ हेक्टर क्षेत्रफलमा क्षति पुगेको हो । राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीका कारण ठूलो क्षति भएको कार्यालयले जनाएको छ । डढेलोले अप्रत्यक्ष रूपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति पुगेको छ । तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा वैशाख १३ गते लागेको डढेलोबाट एकजनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । बागलुङ नगरपालिका–१२ अमलाचौर हिलेजुके सामुदायिक वनमा वैशाखको १९ गतेको डढेलोबाट एक घर, तीन गोठ जलेको थियो । जसबाट दुई भैँसी, तीन गाई, पाँच बाख्रा मरेका थिए । ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय वनमा लागेको डढेलोबाट तीन घर, पाँच गोठ, छ बाख्रा, दुई भैँसी, एक राँगा मरेका थ...
पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु, तीनजना सकुशल

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु, तीनजना सकुशल

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौँ । इलामको माई नगरपालिकामा पौडी खेल्न गएका दुई जना बालकको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बे छन् । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उनले बताए । दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको ढकालले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।...
फुञ्जोद्वारा छिटो सगरमाथा आरोहणको किर्तिमान कायम

फुञ्जोद्वारा छिटो सगरमाथा आरोहणको किर्तिमान कायम

पर्यटन, समाचार
काठमाडौं । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले कम समयमा नै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन्। वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी हुन् । बिहीबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेकी थिइन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण सुरु गरी बिहीबार बिहान ६ः२३ बजे सगरमाथाको टुप्पोमा पुगेकी थिइन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरेको कार्यालयले जनाएको छ । यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन्। पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी थिइन् । ...
मिटरब्याज पीडितलाई २१ दिनभित्र निवेदन बुझाउन आग्रह

मिटरब्याज पीडितलाई २१ दिनभित्र निवेदन बुझाउन आग्रह

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ ।अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम २१ दिनभित्र बुझाउन आग्रह गरेको छ । आयोगले आज एक सुचना जारी गर्दै कारोबारका क्रममा ऋण लिने व्यक्ति र ऋण र कर्जा दिने व्यक्तिबिच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी फारम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो । अनुचित लेनदेन कारोबारसम्बन्धि लिखत,भरपाई,टिपोट,शर्तनामा वा सम्झौता लगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी निवेदन फारम दर्ता गर्न आयोगले सूचनामार्फत आग्रह गरेको छ ।...
कैलाश सिरोहिया प्रकरणः म्याद थपका लागि अदालत लैजाने तयारी

कैलाश सिरोहिया प्रकरणः म्याद थपका लागि अदालत लैजाने तयारी

ताजा अपडेट, समाचार
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । नागरिकता किर्ते सम्बन्धि कसुरमा पक्राउ परेका उनलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत धनुषा लैजाने तयारी गरिएको हो । बिहीबार नै उनको म्याद सकिएको भएपनि सार्वजनिक बिदा परेकाले शुुक्रबार लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई सोही राति स्थलमार्गबाट जनकपुरधाम ल्याएर अदालतमा पेश गरिएको थियो ।...