समाचार

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पेस

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पेस

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८ असोज, काठमाडौं ।सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । अदालतमा मंगलबार ५ वटा रिट पेस भएको हो । वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिएका छन् ।  जेनजी आन्दोलनपछि  प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।...
भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु

भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु

अर्थतन्त्र, ब्यानर-१, वातावरण, समाचार
२८ असोज,काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा भएको उक्त एक्स्पोकोपुष्प विकास केन्द्र र वनस्पति विभाग प्रवर्द्धक रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ । आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् ।मेलामा ३५ हजारको संख्याले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ। मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।  ...
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी,जेनजीका सपना पुरा गर्न होला त यो निर्वाचन उपयोगी ?

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी,जेनजीका सपना पुरा गर्न होला त यो निर्वाचन उपयोगी ?

ताजा अपडेट, बिशेष, समाचार
२७ असोज,काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ । आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच नै छलफल भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको तयारीको विषयमा छलफल भएको थियो । जहाँ अध्यक्ष दाहालले निर्वाचन आयोगका आयुक्तसँगको भेटबारे पनि जानकारी गराएका थिए । निर्वाचन आयोगले आगामी माघ ११ गते निर्वाचन गर्ने भनेको छ । उनीहरुले आफ्नो कार्यतालिका भित्र राखिसके । अब सरकारसँग समन्वय गरेर, तपाईंसँग समन्वय गरेर अघि बढ्ने भन्नेसम्मको कुरा भएको छ’ अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष राखेका छन् ।आगामी फागुन २० गते कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । कार्यकाल सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसकारण माघ दोस्रो साताभित्र निर्वाचन ...
श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२७ असोज,काठमाडौं ।श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(७, गौरीघाट मिलनचोकमा डेरा गरी बस्ने ३५ वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरेको हो। उनले ४० वर्षीया श्रीमतिलाई हत्या गरेको अभियोग लागेको छ। ती महिला आइतबार दिउँसो आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले हत्यामा संलग्नको आरोपमा उनलाईलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच वादविवाद भई झगडा हुँदा कुटपिट तथा ढुङ्गा प्रहार गरी श्रीमतिको हत्या गरेको खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।...
खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२७ असोज,काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘माइ प्रोफाइल’मा ट्याप गरी चेन्ज इमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्ने जनाइएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।...
नेवानीको बेथिति छानबिनको मागसहित जेनजीको ५ बुँदे ज्ञापनपत्र

नेवानीको बेथिति छानबिनको मागसहित जेनजीको ५ बुँदे ज्ञापनपत्र

ताजा अपडेट, समाचार
२६ असोज,काठमाडौं । नेपाल वायु सेवा निगममा भएको बेथितिविरुद्ध जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई ज्ञापनपत्र बुझाएको छ ।  जेनजीका  अर्जुन शाही, मिराज ढुंगानालगायतको टिमले नेपाल नागरिक उड्डयन प्राधिकरण प्रदिप अधिकारी प्रदिप अधिकारी, नेपाल बायुसेवा निगम युवराज अधिकारी, महान्यायाधिवक्ता, महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लगायतका सम्बन्धित निकायहरूमा नेवानीमा भएको बेथिति अन्त्य गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले नेवानीको भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ५ बुँदे माग गरेका छन् । एनएसीका सबै निर्णयहरूमा जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनु पर्ने, दुर्गम क्षेत्रका जनताका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने र माथि...
सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२६ असोज,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौँको सञ्चारग्रामस्थित न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै उनले सबै सञ्चारकर्मीहरूलाई पनि सो कोषको दायरामा ल्याउर्नै प्रयास भइरहेको पनि बताए ।...
सेयर बजारमा भारी गिरावट

सेयर बजारमा भारी गिरावट

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२६ असोज,काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ । सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १ः०८ बजे नेप्से परिसूचक २४९३ अंकसम्म झर्‍यो, जुन कारोबार अवधिको न्यूनतम अंक रह्यो ।तर कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो । ९ कम्पनीको मूल्य बढ्दा २४२ को घटेको छ । सबै सेक्टरका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशत घटेको छ । यस्तैगरि अन्य समूह ४.७९ प्रतिशत घटेको छ । बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २.३२ र व्यापार २.८५ प्रतिशत घटेको छ  । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६...
प्रेस काउन्सिललाई मन्त्रालयले हस्तक्षेप गर्दैन : मन्त्री खरेल

प्रेस काउन्सिललाई मन्त्रालयले हस्तक्षेप गर्दैन : मन्त्री खरेल

ताजा अपडेट, ब्यानर-२, विचार, समाचार
२६ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा मन्त्री खरेलको सम्मानमा  आइतबार आयोजित स्वागत कार्यक्रममा उनले काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरे । मन्त्री खरेलले नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्ने पनि बताए । उनले भने, ‘प्रेस काउन्सिल स्वायत्त निकाय हो, यसलाई मन्त्रालयले हस्तक्षेप गर्दैन । नीतिगत निर्णय र सहयोग गर्न मन्त्रालय तत्पर छ ।’  मन्त्री खरेलले मुलुकमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत हुने सञ्चार माध्यमको जिम्मा राज्यले लिनुपर्ने आवश्यकता औँल्याए । सामाजिक सञ्जालमा जे–जस्ता मिथ्या, गल...
सबै मिलेर देशको संकट टार्नु पर्छ : प्रधानमन्त्री कार्की

सबै मिलेर देशको संकट टार्नु पर्छ : प्रधानमन्त्री कार्की

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२६ असोज, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्ने बताएकी छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा उनले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्ने बताएकी हुन्। भेटमा राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचन, सभाको बैठक बोलाउने लगायतका विषयमा छलफल भएको थियो। छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचन र बैठक बोलाउने विषयमा पनि परामर्श हुनुका साथै राष्ट्रिय सभामा रहेका विधेयकहरूका विषयमा पनि छलफल भएको बताए।...