समाचार

निर्वाचन ऐन संशोधनका लागि अध्यादेशको गृहकार्यमा गृह मन्त्रालय

निर्वाचन ऐन संशोधनका लागि अध्यादेशको गृहकार्यमा गृह मन्त्रालय

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
७ असोज, काठमाडौं । गृह मन्त्रालयले निर्वाचन ऐन संशोधनका लागि अध्यादेशको गृहकार्यमा थालेको छ । यसअघि नै निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने अवस्थाका लागि प्रचलित व्यवस्थामा सुधारका लागि प्रस्ताव पठाएको छ ।त्यसआधारमा गृह मन्त्रालयले निर्वाचन ऐनमा संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी अगाडि बढाएको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई निर्वाचन आयोगले प्रस्ताव पठाएपछि त्यसमा छलफलगरेर सरकारले नै अगाडि बढाउन सक्दछ । ‘आयोगको प्रस्तावबारे केही जवाफ वा यसो गर्ने भयौं भन्ने जवाफ आएको छ’ भन्ने प्रश्नमा आयोगका प्रवक्ता भट्टराई भन्छन्, ‘आयोगले प्रस्ताव पठाएपछि सरकारले नै अगाडि बढाउने हो ।’ गृह मन्त्रालय स्रोतका अनुसार यसअघि बसेको मन्त्रिपरिषद्को बैठकमै निर्वाचन सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याउने तयारी थियो ।तर, विदेशमा रहेका नेपालीलाई सम...
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

अर्थतन्त्र, ब्यानर-१, समाचार
७ असोज, काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको भाउ करिब २६ हजार रुपैयाँ बढेको छ । भदौ ६ गते सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै अघिल्लो दिन २६५० रुपैयाँ रहेको चाँदी आज २६८० मा पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।...
धादिङको जवाङ खोलामा रोकिएन सुक्खा पहिरो,मुग्लिन–काठमाडौं बन्द सडक आज खुल्ने सम्भावना न्युन

धादिङको जवाङ खोलामा रोकिएन सुक्खा पहिरो,मुग्लिन–काठमाडौं बन्द सडक आज खुल्ने सम्भावना न्युन

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
७ असोज,काठमाडौं ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो ।तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाई भएको छ । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ । मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए ।यसले दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ । नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो...
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
७ असोज,काठमाडौं ।आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।कतिपयले आज  शुक्ल द्वितीया तिथीमा साँझ जमरा राख्ने चलन पनि छ ।...
मनसुनी वायु थप कमजोर,केही स्थानमा बाहेक अन्य स्थानमा छैन भारी वर्षा

मनसुनी वायु थप कमजोर,केही स्थानमा बाहेक अन्य स्थानमा छैन भारी वर्षा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
७ असोज, काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव थप कमजोर रहेको छ । तर, स्थानीय वायुको भने आंशिक प्रभाव रहेको छ ।आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया मौसम बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका तथा तराईका भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।तर कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागको एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा ...
सञ्चारमन्त्रीको पहिलो निर्णय : १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

ताजा अपडेट, ब्यानर-१, समाचार
६ असोज,काठमाडौं ।सूचना,सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए । निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।...
प्रश्न सोध्ने सञ्चारकर्मी अब सञ्चार सम्बन्धकै जवाफ दिने ठाउँमा

प्रश्न सोध्ने सञ्चारकर्मी अब सञ्चार सम्बन्धकै जवाफ दिने ठाउँमा

ताजा अपडेट, ब्यानर-२, समाचार
६ असोज,काठमाडौं । साढे २ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका जगदीश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आएका पत्रकार हुन् । सञ्चारमन्त्री बनेका उनले इमेज च्यानल टेलिभिजनमा समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित टक शो ‘हटसिट’ सञ्चालन र्दै अएका थिए । अब भने उनी त्यहाँबाट  सञ्चारमन्त्रीको सिटमा आइपुगेका छन् । उनी टेलिभिजन स्क्रिनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासकदेखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा र चोटिला प्रश्न गर्थे ।सामाजिक सञ्जालहरूमा अन्तर्वार्ता दिने व्यक्तिका विचारभन्दा उनले सोधेका प्रश्नका क्लिपहरू समेत भाइरल हुने गरेका थिए । शासकीय जिम्मेवारीमा रहेकाहरूलाई प्रश्न गर्ने खरेल अब वास्तविक रुपमा ती प्रश्नहरूको जवाफ आफैं दिनुपर्ने ठाउँमा आइपुगेका छन् । ‘मैले आफ्नो सञ्चारकर्ममा वर्षौंदेखि अनेकौं प्रश्न गर्दै आएको थिएँ । आज मलाई एउटा ऐतिहासिक जिम्मेवारी आएको छ...
दसैँघरमा जमरा राखियो

दसैँघरमा जमरा राखियो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
६ असोज,काठमाडौँ ।सोमबारबाट सुरु भएको नवरात्रको पहिलो दिन,घटस्थापनाको अवसरमा आज काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ।बिहान ९ः१३को शुभ साइतमा जमरा राखिएको थियो। यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ पनि गरिएको थियो।दसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा रहेको छ। सोमबार बिहानै नित्यकर्म सकेर नजिकको नदी वा चोखो ठाउँबाट ल्याइएको बालुवा वा माटोलाई गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा राखेर जमरा छर्ने गरिन्छ।घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा दीप,कलश र गणेशको स्थापना गरी शक्तिस्वरूपा दुर्गाको आह्वान गरी पूजा गरिन्छ। नवरात्रको नौ दिनमा क्रमशः शैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा,कुष्माण्डा,स्कन्दमाता,कात्यायनी,कालरात्रि,महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजाअर्चना गरिन्छ। &n...
नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

ताजा अपडेट, ब्यानर-१, समाचार
 मनिषा गुरुङ ६ असोज,काठमाडौं ।नवनियुक्त चार मन्त्रीहरुले शपथग्रहण गरेका छन् । आज सोमबार राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन,पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग,कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो ।तर, विवादित रहेको जनगुनासो आएपछि मिश्राको नियुक्ति भने  ‘होल्ड’ गरिएको जनाइएको छ । अन्तरिम सरकारका  प्रधानमन्त्री कार्कीसहित ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ । सो शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अ...
डा. नवराज लम्सालको ‘कल्प’को कतारमा चर्चा

डा. नवराज लम्सालको ‘कल्प’को कतारमा चर्चा

कला, मनोरन्जन, शिक्षा, समाचार, साहित्य
६असोज,महाकाव्य ‘कल्प’को कतारमा समेत चर्चा गरिएको छ । लम्सालको कल्प छलफलमा साक्षी बनेर पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति उनले कतारमा स्वयं उपस्तित भई एक समारोहमार्फत आभार व्यक्त गरे। उनले हस्ताक्षर भएको प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्ने बताएका छन्। नेपाली महाकाव्य लेखनमा आफ्नो विशेष पहिचान बनाएका डा. लम्साल ‘अग्नि’ महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन्। रेडियो नेपालको जागिर छोडेर लेखनमा सक्रिय लम्सालले ‘कल्प’लाई आफ्नो मस्तिष्क निचोरिएको कृति भनेका छन्। यो महाकाव्यलाई उनको वैश्विक चेतनाले भरिएको एक उच्चस्तरको कृति मानिएको छ।शिखा बुक्सले प्रकाशन गरेको यस महाकाव्यसहित डा। लम्सालका हालसम्म चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रह गरी जम्मा नौ पुस्तक प्रकाशित छन्।...