अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो
६ असोज,म्याग्दी । शरद याम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटकहरूको चहलपहल बढेको छ। मौरिस हर्गोज पदमार्ग हुँदै जाने पर्यटकहरूका कारण सो ठाउँमा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ।
अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाका अनुसार हाल दैनिक १५ देखि ४० जना पदयात्रीहरू आधार शिविरको यात्रा गरिरहेका छन्। दसैं-तिहारको बिदामा यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। छोटो समयमा नै पुग्न सकिने र मनमोहक प्राकृतिक सौन्दर्यका कारण यो पदमार्ग पर्यटकहरूको रोजाइमा परेको छ।
यहाँको पदयात्रामा मिस्त्रीखोलाको किनारै किनार यात्रा, अग्ला झरना, मनमोहक हिमश्रृंखला, अनौठो भूगोल, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्न पाइन्छ। नारच्याङबाट दुई घण्टा गाडीमा हुमखोला पुगेपछि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिनमा फर्कन सकिन्छ।
सहरको कोलाहलबाट टाढा शान्त...









