समाचार

दलहरू सुध्रिने संकेत नदेखिएको भन्दै युवाले टिकटकमा थाले ‘एक्स्पोज झोले’ ट्रेन्ड

दलहरू सुध्रिने संकेत नदेखिएको भन्दै युवाले टिकटकमा थाले ‘एक्स्पोज झोले’ ट्रेन्ड

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
८ असोज, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु भएको छ । टिकटक प्रयोगकर्ताले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेतानिकट व्यक्तिहरूको फोटो राख्दै यो ट्रेन्ड सुरु गरेका हुन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनअघि टिकटक प्रयोगकर्ताले ‘नेपोबेबी ट्रेन्ड’ चलाएका थिए ।  यसैको पृष्ठभूमिमा जेनजी आन्दोलन एको थियो । आन्दोलनले तत्कालीन एमाले कांग्रेस गठबन्धन सरकार ढालिदियो । अझै पनि नेताहरूले नचेतेको र पुरानै प्रवृत्ति दोहोर्‍याएको भन्दै युवाले असन्तुष्टि व्यक्त गरेका छन् । यही कारण अब पार्टीनिकट व्यक्तिहरू ९उनीहरूको भाषामा झोले० एक्पोज गरिनुपर्ने भन्दै नयाँ ट्रेन्ड सुरु भएको हो ।...
प्रदेश संरचना खारेज हुँदैन :अर्थमन्त्री खनाल

प्रदेश संरचना खारेज हुँदैन :अर्थमन्त्री खनाल

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
८ असोज, मोरङ। अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको बताएका थिए । साथै मन्त्री खनालले अहिलेको अवस्थामा रु एक हजार र रु ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको पनि जानकारी दिएका थिए ।  भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए ।...
मतदाता नामावली संकलन : जेन–जीहरूलाई डेढ महिनाको अवसर

मतदाता नामावली संकलन : जेन–जीहरूलाई डेढ महिनाको अवसर

ताजा अपडेट, समाचार
८ असोज, काठमाडौं । नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन करिब डेढ महिनाजतिको समय पाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघिसम्म मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको हो ।सामान्यतः मतदानको १२० दिन अर्थात चार महिना अघिदेखि निर्वाचन कार्यक्रम सुरु हुन्छ । ‘करिब(करिब २१ कार्तिकसम्म मतदाता नामावली संकलन गर्न सकिन्छ कि भनेर आयोगमा छलफल चलिरहेको छ, त्यही सेरोफेरोको मिति राखेर सूचना निकाल्ने तयारी छ,’ आयोगका एक कर्मचारीले भने, ‘सम्भवतः बिहीबारदेखि नै मतदाता नामावली संकलन खुला गर्न सकिन्छ ।’अधिकतम (कट अफ)मिति तोक्ने अधिकार आयोगलाई दिनेगरी अध्यादेश जारी भएको बताए । ‘अहिलेको कानुनले निर्वाचनको घोषणा भएपछि मतदाता नामावली संकलनको परिकल्पना गरेको थिएन,’ उनले भने, ‘अब त्यो बन्देज हट्ने गरी कानुनी सम्बोधन भएको छ ।’ आयोगले प्रतिनिधिसभा उपनिर्वाचनला...
प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
८ असोज, काठमाडौं । अन्तरिम सरकार प्रमुख, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । उनले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको स्रोतले बताएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सम्बोधनको समन्वय गर्ने  छ ।  जेनजीहरूको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दका्े विरोधमा गत २३ र २४ भदौमा गरेको आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी थालेको छ । तर जेनजीको मताधिकार सुनिश्चित गर्न नयाँ मतदाता नामावली संकलन गनु पर्ने भए पनि सरकारले यसबारे ठोस निर्णय सार्वजनिक गरेको छैन। यसले निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ले पुरानो नियमलाई अगाडि सारेरै टार्ने आशंका उब्जीएको छ ।    ...
गोल्छा ग्रुपद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल प्रदान

गोल्छा ग्रुपद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल प्रदान

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
८ असोज, काठमाडौं ।गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ। वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै गोल्छा ग्रुपले मंगलबारकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २० थान (पल्सर १५० सिसी) मोटरसाइकल प्रदान गरेको ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। उनले भने, “गोल्छा ग्रुपले मोटरसाइकलहरू काठमाडौै उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमार्फत हामीलाई हस्तान्तरण गरिएको छ।” सो कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ग्रुपका पदाधिकारीहरू,काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।...
सञ्चारमाध्यममा भएको आक्रमणलाई गम्भीरताका साथ लिइएको छ : मन्त्री जगदिश खरेल

सञ्चारमाध्यममा भएको आक्रमणलाई गम्भीरताका साथ लिइएको छ : मन्त्री जगदिश खरेल

ताजा अपडेट, समाचार
८ भदौं । काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सञ्चारमाध्यममा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। मंगलबार क्षति पु¥याइएका अन्नपूर्ण पोस्ट,कान्तिपुर लगायतका सञ्चारमाध्यमका कार्यालयको निरीक्षण गर्दै उनले प्रेस स्वतन्त्रता विपरीत भएको आक्रमणलाई सरकारले गम्भीरताका साथ लिएको बताए। उनले सञ्चारमाध्यममा जेनजीले आक्रमण नगरेको बताए।  उनले स्वार्थ बोकेका व्यक्तिहरूले सञ्चारमाध्यममा तोडफोड र आगजनी गरेको जिकिर गरे।   निरीक्षणका क्रममा उनले भने, ‘ जेनजीहरूको माग स्वार्थरहित छ।  स्वार्थ बोकेका व्यक्तिहरूले सञ्चार माध्यममा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनका क्रममा पत्रकार साथीहरू घाइते पनि हुनुभएको छ। यसप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। ’ साथै उनले संकटका बेला पनि आक्रमणमा परेका सञ्चारमाध्यमले व्यवसाय...
आज नवरात्रको तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजा गरिँदै

आज नवरात्रको तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजा गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
८ असोज, काठमाडौं । यस वर्षको बडादशैंको नवरात्रको तेस्रो दिन आज दुर्गामाताको अर्काे स्वरुप चन्द्रघण्टा देवीको पूजा अर्चना गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी,सातौं दिन कालरात्री,आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ । चन्द्रघण्टा देवी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ । बडादशैं सुरु भएदेखि न...
अमेरिकी डलर,युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

अमेरिकी डलर,युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।   यसैगरी आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा छ । युके पाउण्ड स्ट्रलिङको मूल्य पनि आज बढेको छ । आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा  छ ।  यसैगरी आज स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा छ । यसैगरी सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ४३ प...
शिक्षामन्त्री पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग लिए ‘ब्रिफिङ’

शिक्षामन्त्री पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग लिए ‘ब्रिफिङ’

ताजा अपडेट, ब्यानर-२, समाचार
७ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा ‘ब्रिफिङ’ लिएका छन् ।  मन्त्री पुनले आज मंगलबार सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनी लगायत महाशाखा प्रमुख र मातहत निकायका कामबारे जानकारी लिएका हुन् । मन्त्री पुनले विज्ञान र प्रविधि क्षेत्रमा स्रोतसाधन वृद्धि गरी विद्यालयस्तरदेखि कम्प्युटर शिक्षालाई महत्त्व दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।मन्त्री पुनले पद बहालीका क्रममा विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चारवटा सल्लाहकार समिति गठनको कार्यदिशा समावेश गरिएको प्रस्तावलाई स्वीकृत गरेका थिए । यसैबीच मन्त्री पुनको इच्छा अनुसार मन्त्रालयमै आवासको व्यवस्था गर्न मन्त्रालय प्रशासनले आवश्यक तयारी गरेको जनाएको छ । मन्त्री प...
मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
७ असोज,काठमाडौं ।तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । एसपी गोविन्द पुरीका अनृसार चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको छ। तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना नरहेको उनको भनाइ छ। पहिरो निरन्तर खसिरहेको हुँदा पहिरो छिटो पन्छाउन सक्ने सम्भावना नरहेको र सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै आँकलन गर्न नसकिएको पनि उनको भनाइ छ।  ...