राजनीति

निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ गर्न ७७ जिल्लामा गृहको पत्राचार

निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ गर्न ७७ जिल्लामा गृहको पत्राचार

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५ माघ,काठमाडौं ।निर्वाचन पूर्व निर्वाचनको समय र निर्वाचनपश्चात आचारसंहिता उल्लङ्घनका घटना रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ।  १३ माघमा निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो । आचारसंहिता कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएपछि गृहले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरी प्राप्त जिम्मेवारी अनुरुप नियमित अनुगमन गरी प्रभावकारी रुपमा आचारसंहिता पालना गर्ने कार्य गर्न गराउनु निर्देशन जारी गरेको हो । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आचारसंहिता लागू भएको १० दिन नबित्दै केही राजनीतिक दलबाट उम्मेदवार बनेकाहरूलाई आचारसंहिता उल्लघंनको कसुरमा निर्वाचन आयोगले स्पष्टीकरण पनि सोधिर...
निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१५ माघ, काठमाडौं ।निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी,पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्। उनका अनुसार केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक) लाई पुनः प्रयोगमा ल्याइएको उनले बताए ।    ...
प्रतिनिधिसभा सदस्य निर्वाचन : सबै जिल्लामा पुग्यो नमुना मतपत्र

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबै जिल्लामा पुग्यो नमुना मतपत्र

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको छ।यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ। समानुपातिकतर्फको करिब दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ ।...
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ माघ, काठमाडौं । यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन पेस गरेका हुन् । आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ।...
जुम्लामा ७१ हजार ६३९ मतदाता,नयाँ ३१०१ जना

जुम्लामा ७१ हजार ६३९ मतदाता,नयाँ ३१०१ जना

ताजा अपडेट, ब्यानर-१, राजनीति, स्थानीय
१३ माघ, काठमाडौं । जुम्लामा तीन हजारभन्दा बढी मतदाता थपिएका छन् । नयाँ मतदाता थपिएसँगै जुम्लाको जम्मा मतदाता संख्या ७१ हजार ६३९ जना पुगेको छ । आगामी निर्वाचनलाई मध्यनजर गरेर जुम्लमा मतदाताको संख्या र मतदान केन्द्रको विवरण सार्वजनिक गरिएको छ।जिल्ला निर्वाचन कार्यालय जुम्लाले वि.स. २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको संख्या ७१ हजार ६३९ पुगेको बताएको छ । जम्मा मतदातामध्ये पुरुषको संख्या ३७ हजार ४५९ र महिलाको संख्या ३४ हजार २८० रहेको छ । वि.स. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता रहेका थिए । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ३ हजार १०१ नयाँ मतदाता थपिएका हुन् । थपिनेमा पुरुष १ हजार ७५९ र महिला १ हजार ३४२ जना रहेका छन् । जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार जुम्लामा ८५ वटा मतदानस्थल र ११० वटा मतदान केन्द्र रहेका छन्  जिल्लाका आठ स्...
निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस्: महानिरीक्षक अर्याल

निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस्: महानिरीक्षक अर्याल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ माघ,काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए । महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देश पनि गरे । कमजोर कमान्ड र गल्ती गर्ने कमान्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उहाँले उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरेका छन् । कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी ...
समानुपातिकतर्फको २ करोड ८ लाख बढी मतपत्र छापियो : निर्देशक यदुनाथ पौडेल

समानुपातिकतर्फको २ करोड ८ लाख बढी मतपत्र छापियो : निर्देशक यदुनाथ पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२ माघ काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज सोमबार समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए । केन्द्रले अब प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने पनि उनले बताए । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको उनले जानकारी दिए ।...
राष्ट्रिय सभामा चुनिए १८ नयाँ सांसद

राष्ट्रिय सभामा चुनिए १८ नयाँ सांसद

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११ माघ,काठमाडौं । राष्ट्रिय सभा सदस्यमा १८ जना नयाँ अनुहार आएका छन्।जसमा नयाँ र अनुभवी तथा युवासहित समावेशी अनुहार रहेका छन् । आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आज आइतबार निर्वाचन भएको हो । निर्वाचनमा नेपाली कांग्रेस,नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन्। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन्। ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन्। कहाँ को भए निर्वाचित ? कोशी प्रदेश १) सुनिलबहादुर थापा निर्विरोध निर्वाचित,नेपाली कांग्रेस २) रोशनी मे...
काठमाडौं–ल्हासा पुनः बस सञ्चालन सहमति

काठमाडौं–ल्हासा पुनः बस सञ्चालन सहमति

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, राजनीति, वातावरण, समाचार
१० माघ,काठमाडौं । नेपाल–चीन वाणिज्य सचिव स्तरीय बैठकले काठमाडौं–ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने सहमित गरेको छ । बैठकले पूर्वाधार निर्माणलाई गति दिने सहमति पनि गरेको छ ।हालै चीनको ल्हासामा सम्पन्न तेस्रो वाणिज्य सचिव स्तरीय बैठकमा द्विपक्षीय व्यापार,लगानी,पारवहन,भन्सार सहजीकरण,प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकास सम्बन्धी विविध विषयमा बृहत छलफल भएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले गरेका थिए ।चीनियाँ प्रतिनिधिमण्डलको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंक, ल्हासास्थित नेपाली महावाणिज्यदूतावास, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी थिए । चिनियाँ प्रतिनिधिमण्डलमा सिजाङ स...
पद बहालपश्चात सभापति थापाको स्पष्टोक्ति : कांग्रेस बदल्यौं,अब देश बदल्छौं

पद बहालपश्चात सभापति थापाको स्पष्टोक्ति : कांग्रेस बदल्यौं,अब देश बदल्छौं

ताजा अपडेट, राजनीति, समाचार
९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको एकमात्र ध्येय देशको समुन्नति रहेको बताएका छन् । केन्द्रीय कार्यालयमा पद बहाल गरेपछि माइन्युटमा प्रतिबद्धता जनाउँदै उनले आफ्नो एकमात्र ध्यये देशको समुन्नति रहेको बताएका हुन् । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश,’ सभापति थापाले उल्लेख गरेका छन्, । ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’ सभापति थापाले थपेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले आज शुक्रबार केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाएका थिए । शुक्रबारको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा समेत गरिसकेको छ । विभिन्न ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उप–सभापति विश्वप्रकाश शर्माले बताएका छन्। उप–सभाप...