५ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
जेष्ठ १, २०८३, १४:१९ मा प्रकाशितजेष्ठ १, २०८३, १४:१९ मा प्रकाशितजेष्ठ १, २०८३, १४:१९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह( बालेन) र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो ।
भेटका क्रममा सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रम मार्फत सरकारले कृषि एवं लघु,साना तथा मझौला उद्योगको प्रवर्द्धन तथा प्रायोगिक र रोजगारमूलक शिक्षा उपलब्ध गराई सीपयुक्त जनशक्तिको विकास गर्ने घोषणा गरेको छ।
नवप्रवर्तन,उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन र रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गर्ने पनि उल्लेख गरेको छ ।
शिक्षा प्रणालीलाई उत्पादन,उद्यमशीलता, नवप्रवर्तन र श्रम बजारसँग आबद्ध गर्ने ,प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाई रोजगार–केन्द्रित शिक्षामा जोड द...
बैशाख २३, २०८३, ०९:०९ मा प्रकाशितबैशाख २३, २०८३, ०९:०९ मा प्रकाशितबैशाख २३, २०८३, ०९:०९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२३ बैशाख,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय,विभाग,आयोग र निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयले परिपत्र जारी गर्दै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएकाले सो निर्णय गरिएको जनाएको छ।...
बैशाख २३, २०८३, ०८:५७ मा प्रकाशितबैशाख २३, २०८३, ०८:५७ मा प्रकाशितबैशाख २३, २०८३, ०८:५७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२३ वैशाख,काठमाडौं । बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ ।
बागमतीमा हाल मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट ल्याएपछि मात्रै मन्त्रालयको संख्यामा हेरफेर गर्ने भन्ने विषयमा रहेको मतभेदलाई स्पष्ट पार्दै सरकारले ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो ।
यसमा वन तथा वातावरणलाई कृषि मन्त्रालयमा,सहकारीलाई कानुन मन्त्रालयमा र यातायातलाई उद्योग मन्त्रालयमा गाभिएको छ ।
सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय,आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय कायम गर्ने निर्णयसमेत गरेको छ ।
...
चैत्र ३०, २०८२, १४:२२ मा प्रकाशितचैत्र ३०, २०८२, १४:२२ मा प्रकाशितचैत्र ३०, २०८२, १४:२२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३० चैत,काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
शाहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा (घरसहित) रहेको छ। त्यस्तै महोत्तरीमा ९ बिघा जमिन रहेको जनाइएको छ।
सो जग्गा बुवा रामनारायण साहको नाममा रहेको पनि विवरणमा उल्लेख छ।त्यस्तै पैतृक सम्पत्तिबाट प्राप्त भएको भनि पत्नी सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी भएको जनाइएको छ।साथै बैंकमा प्रधानमन्त्री शाहको १ करोड ४६ लाख रुपैयाँ बचत रहेको उल्लेख छ।
उक्त आम्दानीको स्रोत भने सामाजिक सञ्जालहरू फेसबुक,युट्युब, टिकटक,स्पटीफाईलगायत बताइएको छ। शाहको फेसबुकमा ४० लाख,युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि उल्लेख गरिएको छ ।...
चैत्र २९, २०८२, १३:५३ मा प्रकाशितचैत्र २९, २०८२, १३:५३ मा प्रकाशितचैत्र २९, २०८२, १३:५३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२९ चैत, काठमाडौं । चार पार्टीका प्रमुख एउटै संसदीय समितिमा बसेका छन् ।गत शुक्रबार प्रतिनिधिसभाले १० वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा रहने सदस्यहरू तय गरेको थियो ।त्यसक्रममा प्रमुख पार्टीका नै प्रमुखहरू राज्य व्यवस्था तथा सुशासन समितिमा बसेका हुन् ।
यसको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड छन् ।
यसबाहेक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही पनि राज्य व्यवस्था तथा सुशासनमा छन् ।
यसबाहेक समितिमा अफ्साना बानु, अमरेश कुमार सिंह,अर्जुननरसिंह केसी,कमल सुबेदी,करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी,गजाला शमीम मिकरानी,गणेश कार्की,निश्कल राई,पद्माकुमारी अर्याल,पुरुषोत्तम शुप्रभात यादव सदस्य रहेका छन् ।
यस्तै सांसदहरू बिश्...
चैत्र २६, २०८२, १२:५६ मा प्रकाशितचैत्र २६, २०८२, १२:५६ मा प्रकाशितचैत्र २६, २०८२, १२:५६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२६ चैत, काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले थप आठ सहिद परिवारलाई रोजगार दिने निर्णय गरेको हो ।
प्राधिकरणले यसअघि २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ । आज थप भएका आठ सहिद परिवारमध्ये रोजित श्रेष्ठ (काठमाडौँ), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल (काठमाडौँ), मौसम कुलुङ (सङ्खुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) छन् ।
जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, क...
चैत्र २६, २०८२, १२:४६ मा प्रकाशितचैत्र २६, २०८२, १२:४६ मा प्रकाशितचैत्र २६, २०८२, १२:४६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२६ चैत, काठमाडौं ।पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले रिहा गरेको छ।
हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले बताए।
उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो। जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।
सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो।
सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा...
चैत्र २५, २०८२, ०८:१२ मा प्रकाशितचैत्र २५, २०८२, ०८:१२ मा प्रकाशितचैत्र २५, २०८२, ०८:१२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् । बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो ।
आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ ।
कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने तयारी छ । त्यसबाहेक अन्य औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले ब...
चैत्र २३, २०८२, १६:२५ मा प्रकाशितचैत्र २३, २०८२, १६:२५ मा प्रकाशितचैत्र २३, २०८२, १६:२५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२३ चैत,काठमाडौं ।प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ ।
आज सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव पेश गरेका थिए ।जसलाई सभाले स्वीकृत गर्यो । संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो ।
समितिको सभापतिमा गणेश पराजुली रहेका छन् ।
१. गणेश पराजुली– सभापति
सदस्यहरू :
२) ओजस्वी शेरचन
४) खगेन्द्र सुनार
५) खुस्बु ओली
६) गजला समिम मिकरानी
७) तपेश्वर यादव
८) ध्रुवराज राई
९) निशा डाँगी
१०) निश्कल राई
११) वलावती शर्मा
१२) मधु चौलागाईँ
१३) यज्ञमणि न्यौपाने
१४) रेखा कुमारी यदाव
१५) सुलभ खरेल
...