राजनीति

एमाले लुम्बिनी प्रदेश संयोजनको जिम्मेवारी पद्मा अर्याललाई

एमाले लुम्बिनी प्रदेश संयोजनको जिम्मेवारी पद्मा अर्याललाई

ताजा अपडेट, राजनीति, समाचार
२२ पुस, काठमाडौं । नेकपा एमालेले लुम्बिनीको संयोजकमा सचिव पद्मा अर्याललाई जिम्मा दिएको छ । अर्याल यसअघि पनि लुम्बिनी इन्चार्जको जिम्मेवारीमा थिइन् ।आगामी निर्वाचनसम्मका लागि प्रदेश संयोजन गर्ने जिम्मेवारी पनि उनलाई नै दिइएको एमालेले जनाएको छ । यसअघि इन्चार्ज रहेका नेता केन्द्रीय सदस्य नभएको ठाउँमा नयाँलाई जिम्मा दिएर केन्द्रीय सदस्यहरुको कार्य विभाजन भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । साबिककै जिल्ला इन्चार्जहरू निर्वाचित भएको ठाउँमा चुनावसम्म उनीहरूले नै संयोजन गर्ने एमालेले जनाएको छ ।...
एमालेमा जिम्मेवारी बाँडफाँट : कुन नेतालाई कुन प्रदेश ?

एमालेमा जिम्मेवारी बाँडफाँट : कुन नेतालाई कुन प्रदेश ?

ताजा अपडेट, राजनीति, समाचार
२२ पुस, काठमाडौं ।नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज मंगलबार बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचन संयोजनका लागि नेताहरूलाई जिम्मेवारी दिएको उप–महासचिव लेखराज भट्टले जानकारी दिए । यस्तो छ जिम्मेवारी बाँडफाँट –ः १. कोशी — शेरधन राई २. मधेश — लीलानाथ श्रेष्ठ ३. बागमती — महेश बस्नेत ४. राजधानी — डा. राजन भट्टराई ५.गण्डकी — खगराज अधिकारी ६. कर्णाली—यामलाल कँडेल ७. सुदूरपश्चिम—गणेश ठगुन्ना ८. संगठन विभाग—भानुभक्त ढकाल...
एमालेको प्रचार विभाग प्रमुखमा  शाही

एमालेको प्रचार विभाग प्रमुखमा शाही

ताजा अपडेट, राजनीति, समाचार
२२ पुस,काठमाडौं ।नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन् । आज मंगलबार बसेको पार्टीको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् । शाही सामुदायिक सुचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्ष भएका थिए । एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका शाही सामुदायिक रेडियो विश्व संगठनको सह–अध्यक्ष हुन् ।...
राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय

राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय

ताजा अपडेट, राजनीति, समाचार
२२ पुस, काठमाडौं ।नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ। आज मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। कांग्रेस र एमालेले ७÷७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भइसकेको र क्लस्टर मिलाउन बाँकी भएको उनको भनाइ छ। उम्मेदवार टुंगो लगाउन  नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। कार्यसम्पादन समितिको बैठक भोलि फेरी बिहान ९ बजे बस्ने गरी बोलाइएको कंग्रेसले जनाएको छ।...
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

अन्तर्राष्ट्रिय, अपराध, कानुन, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२ कार्तिक,काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ। कतारको दोहामा दुई देशका प्रतिनिधिबीच भएको लामो छलफलपछि आइतबार युद्धविराम गर्ने सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ। कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम गर्ने र स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले संयन्त्र गठन गर्ने सहमति भएको पनि कतारी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। झन्डै १३ घन्टासम्म चलेको वार्तमा पाकिस्तानबाट रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल असीम मलिकले नेतृत्व गरेका थिए भने अफगानिस्तानबाट रक्षामन्त्री मौलवी मुहम्मद याकुब र राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख सहभागी थिए। अक्टोबर ११ देखि १५ सम्म स्पिन बोल्डक, चमन, कुर्म, पक्तिया, पक्तिका, कुनर, खोस्ट, कन्दाहार र हेलमन्दमा पाकिस्तान र अफगानिस्तानको सेनाबीच भिडन्त भएको थियो।...
ट्रम्पविरुद्ध अमेरिकामा  प्रदर्शन

ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२ कार्तिक,काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध अमेरिकाभर विशाल प्रदर्शन भएको छ। “नो किङ्स” नाम दिइएको आन्दोलन न्युयोर्क, वासिङ्टन डीसी, शिकागो, मियामी र लस एन्जलससहितका ठूला शहरमा एकैसाथ सुरु भएको बीबीसीले उल्लेख गरेको छ । न्युयोर्कको प्रसिद्ध टाइम्स स्क्वायरमा स्थानीय समय अनुसार बिहानैदेखि हजारौँ प्रदर्शनकारी भेला भएको र राजतन्त्र नभइ लोकतन्त्र चाहिने भावसहितका नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरूले सडक र सबवे प्रवेशद्वार भरिएको जनाइएको छ । ट्रम्प प्रशासनले कार्यकारी आदेशमार्फत् संसदले पास गरेको बजेट रोक्ने, संघीय निकाय विघटन गर्ने र राज्यहरूको विरोध हुँदाहुँदै नेशनल गार्ड परिचालन गर्ने जस्ता कदम संविधानविपरीत भएको प्रदर्शनकारीले आरोप लगाएका छन्। ट्रम्पका पछिल्ला नीतिहरुले उनलाई संचारमाध्यमहरुले राजाको संज्ञा दिन थालेका छन्। बीबीसीका अनुसार ट्रम्पले फक्स न्यु...
निर्वाचनको तयारी तीव्र, यसरी बन्दै छ निर्वाचन सुरक्षा रणनीति

निर्वाचनको तयारी तीव्र, यसरी बन्दै छ निर्वाचन सुरक्षा रणनीति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२ कात्तिक, काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ । शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल गरिएको सरकारको भनाई छ । निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा छलफल केन्द्रित भएको गृहमन्त्रालयले जनाएको छ । आज आइतबारलाई गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् ।भने,बैठकले एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने बताइएको छ । गृहमन्त्री अर्यालले गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अप...
दल घोषणा गर्दै मिरज ढुंगाना,एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्ने

दल घोषणा गर्दै मिरज ढुंगाना,एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ असोज, काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् । ‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् । ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवा मध्येका एक हुन् ।शुरुमा धेरैले उनलाई २३ गतेको जेनजी प्रदर्शन कार्यक्रमका संयोजक भनेर चिन्थे ।  ...
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक(सूचीसहित)

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक(सूचीसहित)

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने र न्याय सेवाका दुई सचिवको सरुवा गर्ने लगायतका निर्णय भएको छ। मन्त्रिपरिषद्ले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ।  ...
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

अन्तर्राष्ट्रिय, कानुन, बिशेष, राजनीति, समाचार
३१ असोज,इस्लामाबाद । बङ्गलादेशका अभियोजकहरूले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेका छन् । गएको वर्ष विद्यार्थीको नेतृत्वमा भएको सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा भएको प्रदर्शनलाई दबाएकोमा उनीमाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको जनाइएको छ ।  बङ्गलादेशमा विद्यार्थी प्रदर्शनहरू हिंसात्मक भएका थिए । प्रदर्शन दबाउनलाई सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरू मारिएका थिए । अभियोजकहरूका अनुसार सो हिंसाले शेख हसिनालाई सत्ताबाट हटाएको र ज्यान जोगाउन हशिना देश छाडेर भाग्न बध्य भएकी थिइन् । हसिना अहिले भारतकै शरणमा छिन् । हसिनाले भने आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १ हजार ४०० मानिस मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बङ्गलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ । एजेन्सी समाचारहरुमा उल्लेख भए अनुसार ‘हसिनाले १ हजारर ४०० ...