राजनीति

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ असोज, काठमाडौं ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन्। सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख भएनुसार उनीसहित राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।...
गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्रीद्वारा उजुरी आह्वान

गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्रीद्वारा उजुरी आह्वान

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८ असोज,काठमाडौंं। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टी–स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्नका लागि उजुरी दिन आह्वान गरेका छन्। सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले नागरिकहरूले उठाउँदै आएका यस्ता प्रकरणका फाइल खोल्नका लागि पीडितहरूले उजुरी दिनुपर्ने बताएका हुन्। मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र लिखित रूपमा राज्य संयन्त्रमा उजुरी आए मात्र प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। उनले भने,‘पहिले आदेशले हुन्थ्यो,अहिले कानुनले हुन्छ। जे छ, कानुनबमोजिम हुन्छ।भइरहेको कानुन कार्यान्वयन हुन्छ। हस्तक्षेप कतै पनि हुँदैन। कानुनले आफ्नो कार्य लिन्छ। अब बडो अर्ग्यानिक वेमा हुन्छ। कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानुन हेरिन्छ, उजुरी हेरिन्छ। हाम्रा संयन्त्रहरूले त्यही हेरेर काम गर्दछन्। जहाँ प्रमाण छ, जहाँ कानुनले ठाउँ...
अन्तत: देउवाले तोके कार्यवाहक

अन्तत: देउवाले तोके कार्यवाहक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८ असोज,काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्यका कारण देखाएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरे ।  उनले विषम परिस्थितिमा पार्टीभित्र सम्पूर्ण मतभेद बिर्सेर एकताबद्ध हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे । बैठकमा सम्बोधन गर्दै देउवाले सरकारले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सार्थक संवादको वातावरण नबनाएको पनि बताए । देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी मंसिर मसान्तमा सकिँदैछ । पार्टीमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा...
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पेस

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पेस

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८ असोज, काठमाडौं ।सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । अदालतमा मंगलबार ५ वटा रिट पेस भएको हो । वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिएका छन् ।  जेनजी आन्दोलनपछि  प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।...
सबै मिलेर देशको संकट टार्नु पर्छ : प्रधानमन्त्री कार्की

सबै मिलेर देशको संकट टार्नु पर्छ : प्रधानमन्त्री कार्की

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२६ असोज, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्ने बताएकी छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा उनले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्ने बताएकी हुन्। भेटमा राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचन, सभाको बैठक बोलाउने लगायतका विषयमा छलफल भएको थियो। छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचन र बैठक बोलाउने विषयमा पनि परामर्श हुनुका साथै राष्ट्रिय सभामा रहेका विधेयकहरूका विषयमा पनि छलफल भएको बताए।...
शीतलनिवासमा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक सुरू,को को छन् सहभागी ?

शीतलनिवासमा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक सुरू,को को छन् सहभागी ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४ असोज ,काठमाडौं ।शीतलनिवासमा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक सुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सो बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरुको सहभागिता रहेको छ । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल,नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी छन्। भने,राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन्। जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट सिके राउत र डा जय कुमार राउत, ...
जेनजीको अर्थपूर्ण सहभागीताका लागि नयाँ संयन्त्र स्थापना गर्छौं : प्रधानमन्त्री

जेनजीको अर्थपूर्ण सहभागीताका लागि नयाँ संयन्त्र स्थापना गर्छौं : प्रधानमन्त्री

ब्यानर-१, राजनीति, समाचार
२४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाएकी छिन् । बिहीबार जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न पनि अपिल गरेकी छिन् ।‘भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौं । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘यो दुःखद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।’ उनले आफू नेतृत्वको सरकार युवाहरूले चाहेको परिवर्तनबारे जानकार रहेको र प्रतिबद्ध पनि रहेको बताएकी छिन् ।‘हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्...
चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले पठायो पत्र

चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले पठायो पत्र

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३ असोज,काठमाडौं ।निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ। आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरका अनुसार आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको हो। आयोगले कांग्रेस,एमाले,माओवादी,रास्वपा,राप्रपालगायतका दललाई पत्राचार गरेको उनले जानकारी दिइन्। आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएको र सोही अनुसार काम गरिरेको पनि उनले बताइन्।...
‘अख्तियार प्रमुखले राजीनामा नदिए जनताको तहबाट बहिष्कार हुन्छ’ : जेनजी अभियन्ता

‘अख्तियार प्रमुखले राजीनामा नदिए जनताको तहबाट बहिष्कार हुन्छ’ : जेनजी अभियन्ता

बिशेष, राजनीति, समाचार
२१ असोाज, काठमाडौं ।  जेनजी अभियन्ताहरूले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर उजुरी दर्ता गरेका छन् । जहाँ अख्तियार प्रमुख प्रेमकुमार राई लगायतको राजीनामा माग गरिएको छ । यसअघि उनीहरूले प्रधानमन्त्री कार्यालय,कानुन मन्त्रालय लगायत सरोकारवाला निकायहरूलाई बोधार्थसहित इमेल पनि पठाइसकिएको बताएका छन् । मा राजीनामा माग्नुको मुख्य कारण आन्दोलनका प्रमुख मुद्दाहरु – भ्रष्टाचार र दण्डहीनताको अन्त्य रहेको र सोही बमोजिम भ्रष्टाचार अन्त्य गर्नु रहेको उल्लेख गरेका छन् । विभिन्न किसिमले प्रश्न उठिरहेका व्यक्तिहरू, निष्पक्ष नभएका आयुक्त अथवा प्रमुख आयुक्तहरू आयोगमा रहँदासम्म देशले अपेक्षा गरेअनुसारको भ्रष्टाचार र दण्डहीनताको अन्त्य नहुने भन्दै उनीहरुले राजीनामा माग गरेको बताएका छन् । नैतिकताको आधारमा राजीनामा आउने आशा गरेको जनाएका उनिहरुले राजीनामा नआए ह्वाट इफ भन्ने योजना त्यसपछि बल्ल...
‘रास्वपाले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्ने

‘रास्वपाले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्ने

ब्यानर-१, राजनीति, समाचार
२१ असोज,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(‘रास्वपा)ले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्ने भएको छ ।आन्दोलनका शहीदहरूको स्मृतिमा बिहीबार साँझ ६ बजे श्रद्धा सुमन सभा गर्न लागेको प्रवक्ता मनिष झाले बताए । साथै उनले काठमाडौंको माइतीघर, पार्टीको केन्द्रीय कार्यालयसहित वडास्तरमा समेत स्मृति सभा हुने पनि बताए । गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गरेको थियो ।...