राजनीति

निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे जेनजी अगुवा, भएन दर्ता

निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे जेनजी अगुवा, भएन दर्ता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ असोज,काठमाडौं ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेका छन्। जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार दिउँसो जिल्ला प्रहरी परिसर,काठमाडौंमा जाहेरी दिन भन्दै पुगेको प्रहरी स्रोतले बताएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार,उनीहरूको जाहेरी भने दर्ता भएको छैन। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति बनिसकेको र समितिले काम गर्दागर्दै जाहेरी लिन नमिल्नै भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको छ । जेनजीहरूले सोमबारबाट ‘केपी ओली एरेस्ट’ भन्दै अभियान नै चलाएका छन् ।...
दलहरू सुध्रिने संकेत नदेखिएको भन्दै युवाले टिकटकमा थाले ‘एक्स्पोज झोले’ ट्रेन्ड

दलहरू सुध्रिने संकेत नदेखिएको भन्दै युवाले टिकटकमा थाले ‘एक्स्पोज झोले’ ट्रेन्ड

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
८ असोज, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु भएको छ । टिकटक प्रयोगकर्ताले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेतानिकट व्यक्तिहरूको फोटो राख्दै यो ट्रेन्ड सुरु गरेका हुन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनअघि टिकटक प्रयोगकर्ताले ‘नेपोबेबी ट्रेन्ड’ चलाएका थिए ।  यसैको पृष्ठभूमिमा जेनजी आन्दोलन एको थियो । आन्दोलनले तत्कालीन एमाले कांग्रेस गठबन्धन सरकार ढालिदियो । अझै पनि नेताहरूले नचेतेको र पुरानै प्रवृत्ति दोहोर्‍याएको भन्दै युवाले असन्तुष्टि व्यक्त गरेका छन् । यही कारण अब पार्टीनिकट व्यक्तिहरू ९उनीहरूको भाषामा झोले० एक्पोज गरिनुपर्ने भन्दै नयाँ ट्रेन्ड सुरु भएको हो ।...
जेनजी आन्दोलन लोकतान्त्रिक मान्यतामा पार्टीहरु खरो उत्रन नसक्नुको परिणाम : प्रधानमन्त्री कार्की ,सम्बोधन (पूर्णपाठ )

जेनजी आन्दोलन लोकतान्त्रिक मान्यतामा पार्टीहरु खरो उत्रन नसक्नुको परिणाम : प्रधानमन्त्री कार्की ,सम्बोधन (पूर्णपाठ )

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३ असोज ,काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस केबल उत्सव मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको बतएकी छन् । टुँडिखेलमा आयोजित संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै कार्कीले आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बाचा गरेकी छन् । साथै उनले जेनजी आन्दोलन लोकतान्त्रिक मान्यतामा पार्टीहरु खरो उत्रन नसक्नुको परिणाम भएको जिकिर सकेत गरेकी छन् । यस्तो छ सम्बोधन ः सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, आदरणीय दिदी...
काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यूकाे नयाँ तालिका सार्वजनिक (नियम सहित)

काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यूकाे नयाँ तालिका सार्वजनिक (नियम सहित)

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, राजनीति, वातावरण, समाचार
२६भदौ, काठमाडौं ।नेपाली सेनाले काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको छ । सेनाले यी तीन जिल्लामा अत्यावश्यक कार्यको लागि आवागमन गर्न सकिने समय पनि निर्धारण गरेको छ । हेर्नुहोस् ः नियम
आन्दोलनरत जेनजीलाई वार्तामा आउन प्रधानसेनापतिको आह्वान,कुतत्वहरु घुसेर गरेको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने  जेनजीको स्पष्टोक्ति,बर्ताको तयारी

आन्दोलनरत जेनजीलाई वार्तामा आउन प्रधानसेनापतिको आह्वान,कुतत्वहरु घुसेर गरेको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने जेनजीको स्पष्टोक्ति,बर्ताको तयारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५ भदौ,काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत जेनजी पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। सिग्देलले आज सम्बोधन गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। यस्तै उनले दिवंगत आत्माको चीर शान्तिको कामना पनि गरेका छन् । प्रधानसेनापतिले शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताए। उनले वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन अनुरोध गरेका हुन्।  जेनजीले जारी गरिएको एक विज्ञप्तिअनुसार  आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको हो । विज्ञप्तिमा भनिएको छ,'हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त...
सेनाले सम्हाल्यो देशको सुरक्षा कमाण्ड

सेनाले सम्हाल्यो देशको सुरक्षा कमाण्ड

कानुन, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५ भदौ,काठमाडौँ नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न हिजो मैगलबार राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ। सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने,लुटपाट एवं आगजनी गर्ने कार्य गरिरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो । सेनाले यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी रहने जनाएको छ । साथै सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल गर्दै तत्पश्चात,सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि विज्ञप्तिमा उल्लेख गरेको छ।...
संसदीय प्रक्रियामा एआईको उपयोगबारे अध्ययन भइरहेको छ : सभामुख घिमिरे

संसदीय प्रक्रियामा एआईको उपयोगबारे अध्ययन भइरहेको छ : सभामुख घिमिरे

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार
२१ भदौ,काठमाडौं ।सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा एआईको उपयोगबारे अध्ययन भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने,अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास व्यक्त गरे।यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्ने उनको भनाइ थियो। नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुई मत नरहेको पनि उनले जिकिर गरे । जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई एआईबाट सरल बनाउन सकिने उनको विश्वास छ । तर गलत सूचना, ह्याकिङ र डाटा सुरक्षा...
गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१ भदौ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए । उनले तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने समेत स्पष्ट पारे । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे । नेपाली कांग्रेसको आसन्न महाधिवेशन छिट्टै गरिने प्रतिक्रिया दिए।...
कालीकोट रास्कोटका वडाध्यक्ष ३ दिनदेखि बेपत्ता

कालीकोट रास्कोटका वडाध्यक्ष ३ दिनदेखि बेपत्ता

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
२१ भदौ,सुर्खेत ।कालीकोट रास्कोट नगरपालिका,८ का वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि बेपत्ता भएका छन्। बुधवार बेलुकी वडा कार्यालयको काम सकेर ससुराली जाने भन्दै घरबाट निस्किएका बराल अहिलेसम्म सम्पर्कविहीन रहेको जनाइएको छ । फुकोट स्वास्थ्य चौकीका  एक कर्मचारीका अनुसार वडाध्यक्ष दिउँसो नगरपालिका पुगेका र त्यहाँबाट ससुरालीतर्फ हिँडेका थिए। हिजो शुक्रवार कर्णाली नदी किनारमा बरालले लगाएको कोट फेला परेको उनले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय,नगर प्रहरी र नेपाल प्रहरीले खोजी कार्यलाई तीव्र पारेका छन्। जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार प्रहरी चौकी रास्कोटको समन्वयमा सान्निगाड, मेहलमुडीलगायतका क्षेत्रमा पनि खोजी कार्य जारी छ। बरालका  पत्नी,एक छोरा र दुई छोरी छन्।...
एमाले विधान महाधिवेशनमा शनिबार प्रतिवेदनमाथि समूहगत छलफल सुरु

एमाले विधान महाधिवेशनमा शनिबार प्रतिवेदनमाथि समूहगत छलफल सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ भदौ,काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशन आज शनिबार पनि जारी छ ।ललितपुर,गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन बाँकी प्रतिवेदनको प्रस्तुतीकरण भइरहेको छ।बिहान ८ : ३० बजेदेखि महाधिवेशन सुरु भएको छ । आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल,केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको एमाले प्रभार विभागले जनाएको छ। समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुदैछ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ। विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीकाे सदस्यता राेक्न नहुने मागसहित प्रस्तुत भएकाे फरक प्रस्तावमाथि पनि छलफल हुनेछ। महाधिवेशनको...