रवि लामिछानेको अन्य दलहरुलाई चुनौती : देश अन्तिम सुनामीको तयारीमा छ,जो जो मिल्नु छ मिल
२१ माघ,काठमाडौं ।रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेखेका छन् ।
देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै उनले अन्य राजनीतिक शक्तिहरुलाई मनपरी नगर्न र देशलाई थप भडखालोमा नपार्न भन्दै दलहरुलाई व्याँग्यात्मक तवरले चुनौति दिएका हुन् ।
फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने रविको भनाइ छ । सामान्य ठानेको चोटले सताएर केही दिन आराम गर्नुपरेको र आजबाटै सार्वजनिक जीवनमा फर्किन लागेको उनले बताएका छन् ।
रविले लेखेका छन्, ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ ।मेरो खुला आग्रह छ( अझै पनि जो–जो मिल्नु छ, मिल।खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो,गर।अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखे...









