राजनीति

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ फागुन, काठमाडौं ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आज बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता,सवारी चालक अनुमति पत्र,राहदानी,राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको जनाएको छ ।...
फागुन २१ : निर्वाचनको उत्सवमा नेपाल

फागुन २१ : निर्वाचनको उत्सवमा नेपाल

बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१ फागुन, काठमाडौं । आज फागुन २१  गते। आज प्रतिनिधिसभा सदस्य छनौट गर्ने दिन हो ।आकस्मिक रुपमा हुन लागेको यो निर्वाचनलाई पहिलापहिलाका निर्वाचनभन्दा विशेष मानिएको छ । आज बिहिबार नागरिकहरू यसलाई उत्सवको रुपमा लिएर मतदानमा सहभागी हुँदैछन् । जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको सो निर्वाचन सत्ता परिवर्तनसँग जोडिएको छ। पुरानो सत्ताबाट नयाँ सत्ताले सरकार गठन गर्ने अवसरका रुपमा यो निर्वाचनलाई हेरिएको छ । गत भदौको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारेर २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । बिहीबारको निर्वाचनपछि जनताले चयन गरेको सरकार बन्ने छ । गत २७ भदौमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेका हुन् । यसलाई निर्वाचन आयोगले ‘संवैधानिक दायित्...
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५ फागुन,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन् । मंगलबार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसारको शुभकामना दिँदै उनले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गदै राष्ट्रपति पौडलले भने, ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आह्वान गर्दछु ।’  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।  ...
निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

ताजा अपडेट, राजनीति, समाचार
१ फागुन,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लामा फागुन २१ गते नै निर्वाचन हुने स्पष्ट पारेकी  छन्। हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आइपुगेकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरिने स्पष्ट पारेकी हुन्। प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन्। उनले भनिन्, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन। हिमाली भेगका चुनौतीलाई मद्देनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ।” प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन्। सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वा...
बंगलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१ फागुन,काठमाडौं ।बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा निर्वाचन भएकोमा २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको ढाका ट्रिब्युनले जनाएको छ ।अध्यक्ष  रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् । जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ । करीब दुई दशकदेखि सत्ताबाहिर उक्त पार्टी सत्ता बाहिर थियो ।  बिहीबार मतदानपछि बीएनपी अध्यक्ष तारिक रहमानले आफू निर्वाचित भएमा देशको कानून–व्यवस्था सुधार आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए ।बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भने यस निर्वाचनलाई फर्जी र असं...
यी ७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने

यी ७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२९ माघ, काठमाडौं । निर्वाचन आयोगका अनुसार, सात प्रकारका संस्था र व्यक्तिसँग राजनीतिक दल वा उम्मेदवारले चन्दा लिन नपाउने भएका छन् । पहिलो : नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था, दोस्रो : सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी तेस्रो : कुनै सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था   चौथो : नेपाल सरकार,प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय पाचौं : राष्ट्रिय तथा अन्तर गैरसरकारी संस्था छैठौं : नाम नखुलेको व्यक्ति वा संस्था सातौं : विदेशी सरकार,संस्था वा व्यक्ति निर्वाचन आचारसंहिता २०८२ को बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरण उल्लेख छन् । जसमा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता ख...
एमाले –कांग्रेस गठबन्धन सरकार :  नघटेको त्यो भ्रष्टाचार

एमाले –कांग्रेस गठबन्धन सरकार : नघटेको त्यो भ्रष्टाचार

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८ माघ,काठमाडौं ।अघिल्लो वर्षको तुलनामा नेपालको भ्रष्टाचार नियन्त्रण हुन नसकेको भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)–२०२५ ले देखाएको छ। नेपालभन्दा पछाडि रहेका कतिपय मुलुकहरूले गरेको सुधारका कारण नेपालको वरीयता दुई स्थानले खस्केर झन १०७ बाट १०९ पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार गत भदौको जेनजी आन्दोलनअघिको सर्वेक्षणका बेलामा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।भने,एमाले–कांग्रेसको गठबन्धन सरकार थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न १३ वटा संस्थाहरुले गर्ने सर्भे नतिजाहरुलाई एकमुष्ट विश्लेषण गरेर भ्रष्टाचार अवधारणा सूचकांक निकाल्ने गर्छ ।नेपालका लागि भने ६ वटा संस्थाहरुले गरेको सर्वेक्षणलाई आधार मानिएको थियो ।समग्रमा नेपालले गतवर्ष झै यसपाली पनि १०० मा...
फागुन ३ गतेदेखि ६७४३ वडामा मतदाता शिक्षा सञ्चालन हुँदै

फागुन ३ गतेदेखि ६७४३ वडामा मतदाता शिक्षा सञ्चालन हुँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुदै छ । यसले मतदान प्रक्रियालाई सहज, सरल बनाउनुका साथै मत बदर हुनबाट जोगाउँछ । आयोगले आगामी फागुन १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगले जानकारी दिएको छ । स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  ...
निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता,प्रथम पुरस्कार ५० हजार,अन्य कति ?

निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता,प्रथम पुरस्कार ५० हजार,अन्य कति ?

जीवनशैली, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२७ माघ,काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ। निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ।प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ ।पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगको भनाइ छ।भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ। भिडियोमा निर्वाचन प्रचारप्रसार,आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ।एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ।त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल मा पठाउनु पर्ने आयोगले स्पष्ट पारेको छ।  ...
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ,चुनाव सर्दैन : प्रधानमन्त्री

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ,चुनाव सर्दैन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१ माघ,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको बताएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा यसबारे जानकारी दिएकी हुन् । पूर्वनिर्धारित समयमै निर्वाचन सम्पन्न गराउन सरकार क्रियाशील रहेको भन्दै उनले चुनाव सर्ने हल्लाबारेको भ्रममा नपर्न पनि सबै मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्न पनि सबैलाई आग्रह गरेकी छन् । कहीँ कतै केही कारणले निर्वाचन रोकिएमा दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने तथा हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भए पनि निर्वाचन गराउने प्रधानमन्त्री कार्कीको स्पष्टोक्ती छ । प्रधानमन्त्री...