राजनीति

एमालेले छान्यो समानुपातिक सांसद

एमालेले छान्यो समानुपातिक सांसद

राजनीति, समाचार
१ चैत,काठमाडौं। नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ।शनिबार बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : • रामबहादुर थापा मगर • कुलभक्त शाक्य खस आर्य (५ जना) महिला : • पद्मा अर्याल • टुकाभद्रा हमाल • एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) पुरुष : • गुरु प्रसाद बराल • पुष्पराज कंडेल थारु (१ जना) • कृपाराम राणा (पुरुष) दलित (२ जना) महिला : • विष्णुमाया वी.के. • नीता घटानी मधेसी (३ जना) महिला महिला : • रिङ्ला यादव • यशोधा कुमारी यादव पुरुष : • चन्द्रेश्वर मण्डल (पुरुष) मुस्लिम र महिला : • साजिदा सिद्दीकी ...
समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

ब्यानर-२, राजनीति, समाचार
१ चैत,काठमाडौं ।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक आज आइतबार उक्त बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपमा बस्ने छ ।...
रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्दैछ । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् ।उनले सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालय बैठक  बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् । वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।    ...
कास्की-३ मा पनि रास्वपा उम्मेदवार नै अगाडि

कास्की-३ मा पनि रास्वपा उम्मेदवार नै अगाडि

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२२ फागुन,काठमाडौं ।कास्की क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको मतगणना अनुसार ४८२ मत पाएर रास्वपाकी बिना गुरुङ अग्रस्थानमा रहेकी हुन् । नेपाली कांग्रेसका मनोज गुरूङले २८० मत ल्याएका  छन् । एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मत पाएका छन् । एक लाख सात हजार ५६० मतदाता भएको यो निर्वाचन क्षेत्रमा ५२ हजार ५४३ पुरुष, ५५ हजार १५ महिला र २ जना अन्य मतदाता छन् ।...
दाङ–१ मा रास्वपाका देवराज पाठक फराकिलो मतले अगाडि

दाङ–१ मा रास्वपाका देवराज पाठक फराकिलो मतले अगाडि

ताजा अपडेट, राजनीति, समाचार
२२ फागुन, काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकले फराकिलो मतका साथ अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार पाठकले २ हजार ३८१ मत ल्याएका छन् । पाठकपछि नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याएका छन् । एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० मत र नेकपाका मेटमणि चौधरीले २३९ मत ल्याएका छन् ।...
काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीको फराकिलो अग्रता

काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीको फराकिलो अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२ फागुन,काठमाडौं ।काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पछि पारेका हुन्। सार्वजनिक विवरण अनुसार,पराजुलीले ७२१ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदहरि गुरागाईँले १६६ मत प्राप्त गरेका छन्। त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठले १३४ मत पाएका छन् ।...
रास्वपाको उत्साहप्रद अग्रता

रास्वपाको उत्साहप्रद अग्रता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२ फागुन, काठमाडौं ।बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । केही निर्वाचन क्षेत्रमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ । पछिल्लो विवरण अनुसार ५३ निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले उत्साहजनक अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना जारी रहेका ५३ मध्ये ४२ क्षेत्रमा अग्रता बनाइरहेको छ । काठमाडौं – १ मा रञ्जु न्‍यौपाने, काठमाडौं – ८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही – २ मा सुलभ खरेल, काठमाडौं – १० मा प्रदीप विष्‍ट,धनुषा – ३ मा मनिष झा,काठमाडौं – ७ मा गणेश पराजुली,काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम,मोरङ – ४ मा सन्तोष राजवंशी,काठमाडौं – ५ मा सस्मित पोखरेल,महोत्तरी – १ मा प्रमोदकुमार महतो,भक्तपुर – १ मा रुकेश रञ्जित,चितवन – २ मा रवि लामिछाने,काठमाडौं – ६ मा शिशिर खनाल, कास्की –२ मा उत्तमप्रसाद पौडेल,भ...
निर्वाचन सुरक्षाका लागि झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाका लागि झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

राजनीति, समाचार
२१ फागुन, काठमाडौं ।निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ । ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना र निर्वाचन प्रहरीहरु एक लाख ४९ हजार ९० जना खटाइएको छ । यसपटकको निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ प...
गणना शुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

गणना शुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

ताजा अपडेट, राजनीति, समाचार
२१ फागुन, काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने ९(प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसका लागि भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी छ। प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने र त्यसको नतिजा पनि छिट्टै सार्वजनिक गरिने उनको भनाइ छ । आयोगले गरेको यो प्रतिवद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेका छन् । उनले भने, ‘हाम्रो पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटोभन्दा छिटो संकलन गर्ने प्रयासमा छौँ । अधिकांश छिटो आउन नसक्ने ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्ने तयारी ...
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी

ताजा अपडेट, राजनीति, समाचार
२१ फागुन,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा हिजो बुधबार भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । आज बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । गृहमन्त्रालयले पनि शान्ति सुरक्षाको बन्दोबस्ती चुस्त बनाइएको बताएको छ ।...